स्प्राइट योजनाकाे विजेता संख्या दिनमै १८००० जना भन्दा बढी
काठमाडौं । स्प्राइट रिफ्रेश बनायो रिर्चाज गरायो योजनामा प्रत्येक दिन १० हजार भन्दा बढी उपोभोक्तहरुको सहभागी हुँदै आईरहेका छन् । यस योजना अन्तर्गत गत हप्तामा एक दिनमै विजेताहरुको संख्या १८००० जना भन्दा बढी पुगेको छ । साथै गएको हप्तासम्म यो योजनामा १ लाख ८० हजार भन्दा बढी भाग्यमानी बिजेताहरुले २३ लाख बराबरको रिचार्ज जितिसकेका छन् । रिफ्रेश एण्ड रिर्चाज क्याम्पेनमा अन्र्तगत ग्राहकहरुले १० रुपैयाँ देखि ५ हजार रुपैयाँ सम्मको टक टाइम जित्न सक्नेछन् । यो हप्ताको ५ हजार जित्ने भाग्यशाली बिजेताहरु तनहुका अभिषेक पन्त, बनेपाका रोशन मान्नधर तथा चाबहिलकी श्रृजना तामाङ, रहेका छन् । बिजेता मध्येका अभिषेक पन्तले आफ्नो अनुभब सुनाउँदै भन्नुभयो, ῝यो मेरो पहिलो जित हो । यस्तै खाले योजनामा भाग लिएर आजसम्म कहिल केहि जितेको थिईन, यो योजनामा जितेको ५ हजार सानो जित होइन । मैले महिना मा रिचार्जमा ४०० रुपैयाँ जति खर्च गर्ने गरेको छु, र यो जितेको ५०००ले त मेरो १ बर्षको रिचार्ज खर्च धान्नेछ । मेरो जितको यात्रा शुरु भएको छ, मलाइ बिश्वास जागेको छ कि म पनि लक्कि छु । धन्यबाद स्प्राइटलाई मलाई यो लक्कि मौका दिएकोमा ।῝ यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गरि बोटलमा भएको लेबलको पछाडी रहेको युनिक कोड टाइप गरि ३६७६८ मा एसएमएस गरेर सहभागी हुन सक्नेछन् । यो योजना भाद्र १५ गतेसम्म लागु हुनेछ । यो योजना ५०० एमएल, १लिटर, १.५लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुनेछ ।
भेनेजुएलामा अर्थतन्त्र जोगाउन शुन्य कटौती अभियान
काराकास । रासस/एएफपी । सङ्घर्षरत भेनेजुएलाबासीहरु राष्ट्रपति निकोलास मदुरोले देशभित्रको उच्च मुद्रास्फिती नियन्त्रण गर्न सार्वजनिक गरेको क्रान्तिकारी नयाँ योजनाबाट किंकर्तव्यबिमुढ भएका छन् । तेलको धनी तर नगदको कमी रहेको भेनेजुएला अहिले उच्च मुद्रास्फितीबाट बेचैन अवस्थामा छ । यही परिस्थितिमा राष्ट्रपति मदुरोले नयाँ बैंक नोट जारी गरेका छन । यी नोटमा पछिल्ला पाँचवटा शून्य हटाइएको छ । मुलुकभित्रको व्यापार व्यवसाय तथा उपभोक्ताहरु नोटमा गरिएको यो नयाँ व्यवस्थाबाट सन्देहमा परेका छन् । “उपभोक्ता र निजी क्षेत्रमा केही दिन ठूलै भ्रम सिर्जना हुने देखियो,” इकोएनालिटीकाका परामर्शदाता एस्ड्रुबाल ओलिभेरोसले बताए । “यहाँ अहिले अराजक परिदृश्य छ ।” गत शुक्रबार मदुरोले गरेको राष्ट्रव्यापी सम्बोधनमा उद्घाटित अरु उपायहरुमा न्यूनतम पारिश्रमिकमा ठूलै वृद्धि गरिने उल्लेख छ । यो वृद्धि यसै वर्षको पाँचौं हो । अहिलेकै अवस्थामा, महिनाको न्यूनतम ज्यालाले एक किलो मासु किन्न पनि पुग्दैछ । यसको मुख्य कारण नै बोलिभार (भेनेजुएलाको मुद्रा) मा गरिएको व्यापक अवमूल्यन र उच्चदरको मुद्रास्फिती हो । पूर्व बस ड्राइभर एवं युनियन नेता राष्ट्रपति मदुरोले मुलुकमा “वित्तीय अनुशासन” कायम राख्न आवश्यक रहेको तथा पछिल्ला वर्षमा अति बढी गरिएको मुद्रा छपाईको कार्यलाई तत्काल रोक्नुपर्ने बताए । तर अर्थशास्त्रीहरुको भनाईमा यी क्रान्तिकारी कदमले परिस्थितिलाई अझ खराब बनाउनेछ । राजधानी काराकासमा स्थानीयबासीहरु नयाँ उपायका बारेमा संदेहमा परेका छन् । “सबै तौरतरिका पुरानै छ, मूल्य वृद्धि निरन्तर हुनेछ,” सडकमा खाद्यपदार्थ बिक्री गर्ने ३९ वर्षीय ब्रुनो चोयले बताए । अर्का ६७ वर्षीय एन्जेल एरिआसले नयाँ नोटलाई “झुठको खेती” को संज्ञा दिए । मुलुकका तीनवटा मुख्य विपक्षी समूहहरु प्राइमेरो जस्टिसिया, भोलुन्टाड पपुलर र कउसा आरले सुधारको योजनालाई अस्वीकार गरेका छन् र यसका विरुद्ध मङ्गलबार प्रदर्शनमा उत्रन आह्वान गरेका छन् । भेनेजुएलाको नयाँ मुद्रा चलनचल्तीमा रहेको संदेहात्मक र बदनामी कमाएको मुद्रा (क्रिप्टोकरेन्सी) पेट्रोभन्दा सशक्त हुने सरकारको दाबी छ । एक पेट्रोको मूल्य बजारमा करिब ६० डलर छ, र यो भेनेजुएलाको एक ब्यारेल तेलको मूल्य बराबर हो । नयाँ मुद्रामा गणना गर्दा यो ३,६०० बोलिभार हुन्छ, र यसले पनि बोलिभारको अवमूल्यन व्यापक हुने देखिन्छ । तर, न्यूनतम ज्याला भने आधा पेट्रो (१८०० बोलिभार) तोकिएको छ । यो करिब २८ डलर हो । मदुरोका पूर्ववर्ती ह्युगो चाभेजले पनि सन् २००८ मा बोलिभार नोटबाट तीनवटा शून्य झिकेका थिए तर त्यसले पनि उच्च मुद्रास्फितीलाई रोक्न सकेको थिएन ।
बार्सिलाेनाको २९४ मिलियन युरोको खेलाडी बेन्चमै, बन्यो यस्तो रेकर्ड
काठमाडौं । स्पेनिस पावर हाउस बार्सिलोनाले आइतबार एलभेससँग भएको खेलमा एक रेर्कड बनाएको छ । क्लब इतिहासमै बार्सिलोनाका मुख्य प्रशिक्षक इर्नेस्टो भाल्डभारेले २९४ मिलियन युरो बराबरको खेलाडीलाई बेन्चमा राखेर ११ खेलाडी मैदान उतारेका हुन् । बार्सिलोनाको इतिहासमा यो पहिलो पटक भएको हो । भाल्डभारेले १५५ मिलियनका फिलिपे कौटिन्हो, ४१ मिलियनका मक्लम, ३५ मिलियनका क्लिमेन्ट, ३१ मिलियनका आर्थर, १९ मिलियनका अटुरो भिडाल र १३ मिलियनका जासेफ सेलिसन लगायतका खेलाडीलाई बेन्चमै राखेर ११ जना खेलाडी छनोट गरेका हुन् । विगतका वर्षसम्ममा बार्सिलोनाले १३१ मिलियन युरो बराबरको खेलाडी बेन्चमा राख्ने गरेको थियो । हालसम्म युराेपका कुनै पनि क्लबले यति धेरै रकमका खेलाडीलाई बेन्चमा नराखेको स्पेनिस अनलाईन मार्काले जनाएको छ । नेइमार जुनियरले बार्सिलोना छोडेपछि आक्रामक रुपमा खेलाडी किनिरहेको छ । मिडफिल्डलाई अझै बलियो बनाउन बार्साले म्यान्चेस्टर युनाइटेडका पाउल पोग्बालाई किन्ने तयारी समेत गरिरहेको छ । आइतबारको खेलमा एलभेसलाई ३-० ले हराएपनि भाल्डभारेले टोलीले उत्कृष्ट खेल खेल्न नसकेको टिप्पणी गरका छन् । उनले बार्सिलोनाको ४-४-२ खेल शैलिलाई परिवर्तन गर्दै ४-३-३ को शैलिमा खेल खेलाइरहेका छन् ।
स्टार अस्पतालले नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट दिने
काठमाडौं । स्टार अस्पतालले नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई उपचार सेवामा १० देखि १५ प्रतिशतसम्म छुट दिने भएको छ । सोमबार दुई कम्पनीबीच अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र स्टार अस्पतालका प्रमुख सञ्चालन अधिकृत सन्देश जिसिले हस्ताक्षर गरेका छन् । सम्झौतामा स्टार अस्पतालले नेपाल बङ्गलादेश बैंकको डेविट/क्रेडिट कार्ड प्रयोगकर्तालाई सो मात्राको छुट दिने जनाइएको छ ।उक्त सम्झौंताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।
गण्डकी विकास बैंकका ग्राहकले नेपाल मेडिसिटी हस्पिटलमा छुट पाउने
काठमाडौं । गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलको उपचार खर्चमा छुट पाउने भएका छन् । सोमबार गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र नेपाल मेडिसिटी हस्पिटलको तर्फबाट जनरल म्यानेजर विजय रिमालले सो सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एटीएम होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र तिनिहरुको परिवारको उपचार खर्चमा छुट पाउने भएका छन् । बैंकका एटीएम होल्डर ग्राहकहरुले भ्यालिड एटीएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट पाउने छन् ।
युएस बंगला बिमान दुर्घटनामा दोषी राडार कर्मचारीलाई कारवाही गर्न माग
काठमाडौं । पब्लिक ईनोभेटर ईञ्जिनियर दिपेन्द्र कंडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका राडार कर्मचारीलाई कारबाही गर्न माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । पर्यटन मन्त्रालयमा पुगी कंडेलले मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । त्रिभुवन विमानस्थलको राडारमा कार्यरत कर्मचारीले गलत सूचना दिएकाले युएस बंगला बिमान दुर्घटना भएको आरोप लगाउँदै उनले ती कर्मचारीलाई कारवाही गर्न माग गरेका हुन् । युएस बंगला बिमान दुर्घटनामा बिमानस्थलका राडार कर्मचारी दोषी रहेको दावी उनले गरेका छन् । सो दुर्घटनामा ४९ जनाको ज्यान गएको थियो । राडार कर्मचारीको गतल सूचनाका कारण नै सो बिमान दुर्घटनामा परेको उनको निष्कर्ष छ । त्रिभुवन विमानस्थलको धावन मार्गलाई तत्काल अन्र्तराष्ट्रियस्तरको बनाउनुपर्ने पनि कंडेलले ज्ञापनपत्र मार्फत माग पनि गरेका छन् । कंडेलले बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘यदि उक्त धावन मार्गलाई अन्र्तराष्ट्रिय स्तरको नबनाएसम्म त्रिभुवन विमानस्थलबाट कुनै पनि यात्रा नगर्न मेरो विनम्र अनुरोध छ ।’ जवाफमा मन्त्री अधिकारीले कंडेलले उठाएका मागहरु जायज रहेको बताउँदै आफूले अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गलाई आवश्यक सुधार गर्न टेण्डरसमेत प्रकाशित गरिसकेको जानकारी दिए । उनले विमास्थलमा कार्यरत राडार कर्मचारीको लापारवाहीका कारण हालै घटेको उक्त घट्नाबारे आफूलाई पनि जानकारी भएको बताउँदै सरकारको ध्यानाकर्षण गराएकोमा कंडेललाई धन्यवाद समेत दिए । त्यस्तै हालै त्रिभुवन विमानस्थलमा भएको युएस बंगला विमान दुर्घट्नाको प्रतिवेदनपनि विलम्ब नगरी बाहिर ल्याउनको लागि कंडेलले मन्त्री अधिकारीसँग आग्रह गरेका छन् ।
वैदेशिक पुँजी ल्याउन बोर्डले तयार पार्यो लगानी कोष नियमावली, प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमार्फत आउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटल जस्ता वित्तीय औजारमार्फत् स्वदेशी तथा गैरआवासीय नेपाली सहित वैदेशिक लगानी ल्याउन खुला गर्ने भएको छ । बोर्डले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल परिचालन गर्न वैकल्पिक लगानी कोष नियमावली तयार पारेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा विदेशी लगानी भित्राउन वित्तीय औजार प्रयोगमा ल्याउने व्यवस्था गरेपछि बोर्डले यसलाई कार्यन्वयनका लागि नियमावली बनाएको हो । नयाँ नियमावली कार्यन्वयनमा ल्याउन बोर्डले सोमबार सरोकारवालासंग छलफल पनि गरेको छ । वोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले विकासोन्मुख र दक्षिण एशियाका केही देशहरुमा मात्र अभ्यासमा ल्याइएको प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटलमार्फत् स्वदेशी तथा विदेशी पूँजीलाई परिचालन गर्ने अवधारणालाई नेपालमा पनि कार्यान्वयनमा ल्याउन नियमावली तयार गरिएको बताए । उनले मुख्य रुपमा लगानीकर्ताको हकहितमा ध्यान, संस्थागत सुशासन अभिवृद्धि जस्ता पक्षहरुमा ध्यान दिन आवश्यक भएको बताए । कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले कोष नियमावली, २०७५ कार्यान्वयनमा आएपछि नेपालको वित्तीय बजारमा नयाँ आयाम थपिने बताए । सो अवसरमा लगानीको क्षेत्र, कोष व्यवस्थापनको शुल्क, लगानीमा अपेक्षित न्यूनतम प्रतिफल दर (हर्डल रेट) सम्बन्धी व्यवस्थाहरुलाई कोष व्यवस्थापक तथा लगानीकर्ताहरुले नै निर्धारण गरी लगानी सम्झौता गर्न दिनुपर्ने सरोकारवालाले सुझाएका थिए । उनीहरुले ऋण लिएर लगानी गर्न नपाइने भन्ने व्यवस्था हटाउनु पर्ने सुझाव दिएका थिए ।
फ्याक्टसले सेजनलाई वार्षिक ५० हजार रुपैयाँ दिने, प्रत्येक वर्ष १० प्रतिशत बढ्दै जाने
काठमाडौं । फ्याक्टस रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनीले फेलोसीपका लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन)लाई वार्षिक ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । सोमबार दुई संस्थाबीच भएको ‘स्व. सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप’ सम्झौता पश्चात फ्याक्टसले सो मात्राको रकम दिने भएको हो । उक्त सम्झौतामा प्रत्येक वर्ष १० प्रतिशत रकम वृद्धि गरिने उल्लेख गरिएको छ । आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवद्र्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौता गरिएको हो । स्वर्गीय सञ्जय न्यौपानेको सम्झनामा स्थापना भएको फेलोसीप सम्झौतामा सोमबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच सेजनका अध्यक्ष पुष्पराज आचार्य र कम्पनीका महाप्रवन्धक मनिष झाले हस्ताक्षर गरेका छन् । कम्पनीका महाप्रवन्धक मनिष झाले पत्रकार न्यौपानेले अनुसन्धानमा देखाउने चासोलाई कदर गर्दै फेलोसीप दिन थालिएको बताए । ‘तथ्यमा आधारित पत्रकारीतालाई प्रवर्द्धन गर्न लागि हरेक वर्ष सेजन सदस्यमध्ये एक जनलाई फेलोसीप दिइने छ’ झाले भने । यो फेलोसीप हरेक वर्ष सेजन स्थापना दिवसको अवसर पारेर वितरण गरिनेछ । फेलोसीपका लागि सेजनका पूर्व अध्यक्ष, कम्पनीका महाप्रबन्धक तथा सेजनका अध्यक्ष अथवा कार्य समितिबाट अध्यक्षले तोकेका व्यक्ति रहने गरी एक मूल्यांकन समिति गठन गर्ने व्यवस्था गरिएको छ ।