पटके कर फिर्ता नगरे आन्दोलनमा उत्रिने पानी व्यवसायीको चेतावनी
काठामाडौं । पानी व्यवसायीहरुले पटके कर असुली बन्द नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । पानी उत्पादक तथा वितरक संयुक्त संघर्ष समितिले काठमाडौं उपत्यकाका स्थानीय तहहरुले पानी ट्यांकरहरुमा ठेकेदारमार्फत अव्यवहारिक तरिकारले पटके कर उठाएको भन्दै उक्त कर तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै खानेपानी उद्यमी तथा व्यवसायी संघका अध्यक्ष एवम् संघर्ष समितिका संयोजक उज्वल शाक्यले स्थानीय सरकारले मनोमानी ढंगले पानी ट्याङकरमा पटके कर लगाएको भन्दै बिरोध जनाए । उनले भने,‘स्थानीय सरकारले एकाङ्की रुपमा पानीजस्तो संवेदनशिल बस्तुमा कर लागाउने काम भएको छ । सरकारले जनताको हितमा काम गर्नुको साटो उल्टै दोहोरो कर लगाएर जनताको दैनिकीमा असहजता सिर्जना गर्ने काम गरेको छ । यो हामीलाई स्विकार्य छैन् । हाम्रो दुईवटा माग छन् । पहिलो माग प्रत्येक पानी ट्याङ्करमा बाटोमा अवैधानिक रुपमा प्रति ट्रिप शुल्क लिने काम बन्द हुुनुपर्छ, दोहोरो कर हटाईनुपर्छ ।’ त्यस्तै कार्यक्रममा पानी ट्याङ्कर तथा श्रोत व्यवसायी संघका अध्यक्ष उपेन्द्र पाठकले दैनिक उपभोग्य तथा संवेदनशिल बस्तुहरुमा सरकारले कर लगाएर गल्ती गरेको बताए । उनले भने,‘पानीजस्तो चिजमा स्थानीय सरकारले मनलाग्दी रुपमा कर लगाएको छ । गरिब जनताहरुको दैनिकी चल्नै गाह्रो हुनेगरि कर लगाएको छ । राज्यको लोक कल्याणकारी सिद्धान्तको खिलाफमा यो काम भैरहेको छ । हामी कल्याणकारी राज्यको पक्षमा छौं ।’ उनले अघि थपे,‘ठूला–ठूला पाँचतारे होटल र हाउजिङमा अत्यधिक भूमिगत पानी दोहोन भैरहेको छ । त्यसमा सरकारले कुनै किसिमका कर लगाएको छैन् । तर निम्न वर्गले उपभोग गर्ने पानीमा प्रत्येक टिपमा शुल्क लिदा त्यसको प्रत्यक्ष असर निम्न वर्गका मानिसमा पर्न जान्छ । हामी जनताको हितकारी व्यवसायी भएका कारण हिजोको दिनमा आपूर्ति गर्दै आएको मुल्यमा नै पानी वितरण गर्नुपर्छ भन्नेमा छौं ।’ त्यस्तै उपत्यका खानेपानी श्रोत तथा ट्याङ्कर व्यवसायी संघका अध्यक्ष विष्णु दाहालले आजदेखि गोकर्णेस्वर नगरपालिकामा लगाउने भनिएको (पटके कर) प्रत्येक ट्रिप शुल्क र चन्दागिरी नपा वडा नम्बर ८ का अध्यक्षले उक्त क्षेत्रका व्यवसायीमाथि गरेको ज्यादतिबिरुद्धमा आफुहरु आन्दोलित भएको जानकारी दिए । उनले भने,‘सरकार जनपक्षीय बन्न सकेको छैन्। पानीमा पनि कर लगाउन थालेको छ । सरकारले निःशुल्क रुपमा जनतालाई पानी दिुनपर्ने हो । तर, उल्टै विभिन्न संस्थाहरुले सहज र शुलभ रुपमा वितरण गर्दै आएको पानीमा चर्को कर लगाउने काम गरेको छ । आर्थिक वर्ष सूरु नहुनुभन्दा पहिले १२ हजार लि.को २ हजार ५ सयदेखि २ हजार ७ सयसम्म वितरण गर्दै आएका थियौं । तर, नयाँ आर्थिक वर्षपछि २ हजार ८ सयदेखि ३ हजारसम्म पर्नेछ यसको असर उपभोक्तालाई पर्नेछ ।’
एनआईसी एसिया निजी क्षेत्रको सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंक, कम सिभिल (सूचिसहित)
काठमाडौं । एनआईसी एसिया निजी क्षेत्रको सबैभन्दा बढी निक्षेप परिचालन गर्ने बैंक भएको छ । गत असारसम्म बैंकले १ खर्ब ५१ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरेको छ । एक वर्षको अवधिमा निक्षेप परिचालन झण्डै ७५ प्रतिशत बढेको छ । एक वर्षमा बैंकले करिब ६५ अर्ब रुपैयाँ निक्षेप वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार एनआईसी एसिया सबैभन्दा धेरै बढी निक्षेप संकलन गर्ने निजी क्षेत्रको बैंक भएको छ । एनआईसी भन्दा बढी निक्षेप संकलन गर्नेमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक हो । राष्ट्रिय वाणिज्यले गत असारसम्म १ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ । अघिल्लो वर्ष राष्ट्रिय वाणिज्यको १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । राष्ट्रिय वाणिज्यमा सरकारी कोषहरु रहेकाले बढी निक्षेप देखिएको हो । सिभिल बैंकको सबैभन्दा कम निक्षेप रहेको छ । गत असारसम्म सिभिलको निक्षेप ४० अर्ब रुपैयाँ हाराहारीमा रहेको छ । आक्रमक बजार विस्तारका कारण एनआईसी एसिया आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी निक्षेप संकलन गर्ने निजी क्षेत्रको वाणिज्य भएको हो । दुई वर्षयता लगातार बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव भएपनि बढी ब्याज दिएर एनआईसी एसियाले निक्षेप संकलनमा भारी वृद्धि गरेको हो । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब ४० अर्ब, नविल बैंकले १ खर्ब ३५ अर्ब, एभरेष्ट बैंकको १ खर्ब १४ अर्ब, ग्लोबल आईएमई बैंकले १ खर्ब ६ अर्ब र सिद्धार्थ बैंकले १ खर्ब १ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
राष्ट्रिय बीमा कम्पनी र कास्कीको अन्नपूर्ण गाँउपालिकाबीच बीमा सम्झौता
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड र कास्कीको अन्नपूर्ण गाँउपालिकाबीच बीमा सम्झौता भएको छ । उक्त सम्झौतामा राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीरबिक्रम रायमाझि र गाँउपालिकाका अध्यक्ष युवराज कुवँरले हस्ताक्षर गरेका छन् । सम्झौतामा गाँउपालिका भित्र रहेका विभिन्न किसान तथा पशुपालकहरुको बाली तथा पशुधनको सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाट सहजरुपमा गाँउपालिका मार्फत गर्ने व्यवस्था गरिएको छ । यस सम्झौता मार्फत गाँउपालिकाका गाँउबासीहरुको बाली तथा पशुधन बीमाको अतिरिक्त विभिन्न प्रकारका निर्जीवन बीमा लेखहरु समय समयमा गाँउपालिकाको कार्यालयबाटै पाउने छन् । साथै, आवश्यकता अनुसार गाँउबासीहरुलाई समय सापेक्ष बीमा ज्ञान र चेतना अभिवृद्धिका कार्यक्रम तथा सेमिनारहरु दुबै पक्षले गर्ने सहमति पत्रमा जनाइएको छ । राष्ट्रिय बीमा कम्पनीका बजार बिज्ञ सुकल्याण पराजुलीले बीमा शुल्कमा सरकारले उपलब्ध गराएको अनुदान एकातर्फ प्रयोग हुन नसकेको र अर्को तर्फ कृषकहरु कृषि र पशुपालन पेशाबाट विस्तापित हुने अवस्था सृजना भएकोले किसानहरुलाई सचेत गर्दै सरकारी अनुदानको उपयोग गर्दै आर्थिक रुपमा किसानलाई सुरक्षित गर्नु सम्झौताको मूल उद्धेश्य रहेको बताए । त्यस्तै, अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुँवरले गाँउबासीको हितको लागी विभिन्न कार्यक्रम लागु गर्ने क्रममा सरकारी स्वामित्वको बीमा कम्पनीलाई सहयात्री बनाएर गाँउबासीको जोखिम व्यवस्थापन गर्न लागेको बताए । साथै, उनले आवश्यक परे कृषि र पशुधन बीमामा थप अनुदान दिन गाँउपालिका तयार रहेको र आजैबाट गाँउपालिकामा पशु गणना गर्न थालिएको जानकारी दिएका छन् ।
अब एनआईसी एशिया बैंकबाटै प्राइम लाईफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । अब एनआईसी एशिया बैंकबाटै प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इन्स्योरेन्स सेवा पाइने भएको छ । सोमबार(आज) दुई कम्पनीबीच भएको बैंकास्योरेन्स सम्झौता पश्चात ग्राहकले उक्त सेवा पाउने भएका हुन् । बैंकास्योरेन्स सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट सहज रुपमा प्राइम लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । हाल बैंकले २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
सामसंङको आधिकारिक सेवा केन्द्र बालाजुको बिजीमलमा
काठमाडौं । आएमएस् केयरले आफ्नो १५ औं सेवा केन्द्र बालाजुको बिजीमलमा शुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन आएमएस् ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा र सामसंङका कार्यकारी निर्देशक युबियम वोनले गरेका छन् । कार्यक्रममा बोल्दै आएमएस् ग्रुपका अध्यक्ष दिपक मल्होत्राले भने, “ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसंङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो ।”
डिसहोमले रिजार्च गर्दा जडाउन उपकरण सित्तैमा दिने
काठमाडौं । डिसहोमले “डिस होम फ्रि अफर” नामक नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् । यो योजना गत भदौ १ गते शुरु भई सिमित अवधिको लागी लागु हुनेछ । नेपालमा सरकारले लागु गरेको अनिवार्य डिजिटलाइजेशनको निति नेपालभर लागु भइसकेको अवस्थामा ग्राहकहरुलाई सजिलै गुणस्तरिय डिसहोमको सेवा प्रदान गर्नका लागी र आम सर्वसाधारणलाई समेत यो सेवामा आकर्षित गर्न यो योजना लागु गरिएको कम्पनीले जनाएको छ । डिसहोमको जडान उपकरणहरु फ्रि मा पाउने भएपछि यो डिजिटल सेवा लिने ग्राहकहरु गुणात्मक रुपमा वृद्धि हुने देखिएको छ । सेट अप बक्स बिनाको एनालग सेवा हेरिरहेका ग्राहकहरुलाई यो योजना निकै आकर्षक हुने देखिएको छ । २००९ मा स्थापित डिसहोम नेपालको सबैभन्दा अग्रणी र गुणस्तरीय पे टिभी सर्भिस हो । २४ घण्टा ग्राहक सेवा, हरेक वडाहरुमा दक्ष प्राविधिक, आफ्नै लोकप्रिय च्यानलहरुका कारण डिसहोमको सेवा लाखौँ घरहरुमा जडान भइसकेको छ । डिसहोम केहि समय अगाडि पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको छ र छिट्टै सर्वसाधारणहरुका लागि सेयर जारी गर्ने तयारीमा छ ।
केएल मोबाइल मेलाको समय थपियो, ६ मोडलमा एउटा किन्दा अर्को सित्तैमा
काठमाडौं । चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हबले संचालन गरेको अफर भित्रको अफर सहितको मोबाइल मेलामा ग्राहकहरुको सहभागिता बढेपछि समय थप गरिएको छ । मेला अवधिभर सामासुङ ग्यालेक्सी नोट ९ प्रि बुकिङ गरी जुनसुकै स्मार्ट फोनसँग ग्यालेक्सी नोट ९ साट्न पाइने सुविधा समेत थप गरिएको छ । के एल मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसर पारेर अफर माथिको अफर सहित मोबाईल मेला संचालन गरेको हो । एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाइने योजनाले मेलाको आकर्षण बढेको आयोजकको भनाई छ । मोबाइल मेला भदौ १६ गतेसम्म संचालन हुनेछ । मेलामा ९ सय ९९ रुपैयाँदेखि एक लाख ५९ हजार ९ सय ९९ रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाईल उपलब्ध रहेका छन् । यसै गरी मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शुन्य प्रतिशत डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने छन् । केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा मोबाइल किन्न सकिन्छ । साथै जस्तो सुकै पुरानो मोबाइल साटेर नयाँ मोबाईल लिन सकिने पनि ग्लाइडरले बताए । त्यसै गरी मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छ । यसैगरी एउटा किन्दा अर्को सित्तैमा योजना अन्तर्गत लेनोभोको के फाइभ नोट २९ हजार ९ सय ९९ र २ वटा भिआर जेटिई एस सेभेन २० हजार ९ सय ९९ र २ वटा जेटीई आई फाइभ ९ हजार ९ सय ९९ मा बाई वान गेट वान फ्रिमा अरु थप मोबाईल हरु रहेका छन् । एमआई फाइभ एसमा ४० प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर पनि उपलब्ध छ । एमआई फोरमा ३५ प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर लागू हुने मोबाइल हबका निर्देशक संगम राईले बताए । साथै मोबाइल मेला अवधिमा मोबाइल खरिद गर्ने ग्राहकलाई एफ क्युब सिनेमाको टिकट निशुल्क प्रदान गर्ने पनि उनले बताए । त्यस्तै विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको जानकारी दिए । केएल मोबाइल हबले गत साउन १९ गतेदेखि चावहिल स्थित केएल मोबाइल हबमा मोबाईल मेला संचालन गरेको हो । केएल मोबाईल हब भिजीटर ले लक्की ड्र कुपन भरी लक्की ड्र मार्फत हरेक दिन एउटा स्मार्ट फोन जित्न सकने छन् । विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध रहेका छन् ।
एभरेष्ट बैंकले कर्मचारीहरुलाई वार्षिक ५० लाख रुपैयाँकाे तालिम दिने
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने भएको छ । एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) बीच उक्त तालिम कार्यक्रम संचालन गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृतसंजिब सुब्बाबीच हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले एभरेष्ट बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।