फ्याक्टसले सेजनलाई वार्षिक ५० हजार रुपैयाँ दिने, प्रत्येक वर्ष १० प्रतिशत बढ्दै जाने

<p>काठमाडौं । फ्याक्टस रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनीले फेलोसीपका लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन)लाई वार्षिक ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । सोमबार दुई संस्थाबीच भएको ‘स्व. सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप’ सम्झौता पश्चात फ्याक्टसले सो मात्राको रकम दिने भएको हो । उक्त सम्झौतामा प्रत्येक वर्ष १० प्रतिशत रकम वृद्धि गरिने उल्लेख गरिएको [&hellip;]</p>

काठमाडौं । फ्याक्टस रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनीले फेलोसीपका लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन)लाई वार्षिक ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । सोमबार दुई संस्थाबीच भएको ‘स्व. सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप’ सम्झौता पश्चात फ्याक्टसले सो मात्राको रकम दिने भएको हो ।

उक्त सम्झौतामा प्रत्येक वर्ष १० प्रतिशत रकम वृद्धि गरिने उल्लेख गरिएको छ । आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवद्र्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौता गरिएको हो । स्वर्गीय सञ्जय न्यौपानेको सम्झनामा स्थापना भएको फेलोसीप सम्झौतामा सोमबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच सेजनका अध्यक्ष पुष्पराज आचार्य र कम्पनीका महाप्रवन्धक मनिष झाले हस्ताक्षर गरेका छन् ।

कम्पनीका महाप्रवन्धक मनिष झाले पत्रकार न्यौपानेले अनुसन्धानमा देखाउने चासोलाई कदर गर्दै फेलोसीप दिन थालिएको बताए । ‘तथ्यमा आधारित पत्रकारीतालाई प्रवर्द्धन गर्न लागि हरेक वर्ष सेजन सदस्यमध्ये एक जनलाई फेलोसीप दिइने छ’ झाले भने ।

यो फेलोसीप हरेक वर्ष सेजन स्थापना दिवसको अवसर पारेर वितरण गरिनेछ । फेलोसीपका लागि सेजनका पूर्व अध्यक्ष, कम्पनीका महाप्रबन्धक तथा सेजनका अध्यक्ष अथवा कार्य समितिबाट अध्यक्षले तोकेका व्यक्ति रहने गरी एक मूल्यांकन समिति गठन गर्ने व्यवस्था गरिएको छ ।

Share News