सरकारले सिंहदरबारमा जीमेल र याहु निषेध गर्दै, सरकारी मेल चलाउने तयारी
काठमाडौं । सरकारले जीमेल र याहुलाई निषेध गर्ने भएको छ । सिंहदरबारभित्र जीमेल र याहुको सट्टा सरकारी मेल चलाउने तयारी भएको हो । व्यवस्थापिका संसदको विकास समिति बैठकमा सुचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्र गुरुङले सुरक्षाको कारणले सरकारी मेल चलाउने जानकारी दिए । सरकारी कार्यालयमा अनिवार्य र अन्यलाई पनि प्रयोग नगर्ने आग्रह गरिने उनले बताए । हाल जीमेल र याहुले इमेल सेवा प्रदान गर्दै आएका छन् ।
पुनर्बीमा कम्पनीले आईपीओ निष्कासन गर्दै, १ अर्ब ६० करोडको आउने
काठमाठौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कास गर्न लागेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले क्रेडिट रेटिङ गर्न लागेको छ । क्रेडिट रेटिङका लागि पुनर्बीमाले प्रस्ताव मागेको छ । १५ दिनभित्र प्रस्ताव पेश गर्न कम्पनीले भनेको छ । रेटिङको काम सकेर यो वर्षभित्र आईपीओ निष्कासन गर्ने पुर्नबीमाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले बताए । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले नियुत्त गरिसकेको छ । पुनर्बीमामा सरकारको ४३.५५ प्रतिशत स्वामित्व रहेको छ । गत साउनमा सरकारले २ अर्ब ७५ करोड १७ लाख रुपैयाँ लगानी गरिसकेको छ । यस्तै बीमा कम्पनीहरुले १ अर्ब २६ करोड रुपैयाँ भुत्तानी गरिसकेका उनले जानकारी दिए । बाँकी १ अर्ब ६० करोड रुपैयाँ सर्वसाधारणमा आईपीओ निष्कासन गरेर जुटाउने भएको छ । कम्पनीको पुँजी १० अर्ब रुपैयाँ रहेको छ । पुनर्बीमामा सर्वसाधारणको १६ प्रतिशत स्वामित्व रहेने गरी संरचना तयार पारिएको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब रुपैयाँ नाफा गरेको छ । आईपीओ निष्कासनपछि मात्र कम्पनीले नाफा वितरण गर्ने छ ।
कार किन्न सस्तो कर्जा चाहियो ? जानुस राष्ट्रिय वाणिज्य बैंक, ९ प्रतिशत ब्याजमा पाइन्छ
काठमाडौं । नयाँ कार किन्ने तयारीमा हुनुहुन्छ ? बैंकको ब्याजदर महंगो भएर कार किन्न सक्नु भएको छैन ? अब चिन्ता लिनु पर्दैन, सस्तो ब्याजमा कार किन्न कर्जा पाइने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले तपाईको कार किन्ने योजनालाई साकार पार्ने भएको छ । बैंकले ९ प्रतिशत ब्याजमा कार किन्ने योजना ल्याएको छ । कुल रकमको ६५ प्रतिशतसम्म अर्थात ५० लाख रुपैयाँसम्म बैंकले लगानी गरिदिने भएको छ । ऋणको अवधि ७ वर्ष हुने बैंकले जनाएको छ । प्रशोधन शुल्क ०.५ प्रतिशत मात्र रहेको छ । निवेदन दिएको ७ दिनभित्र कार किन्नका लागि निर्णय हुने बैंकले जनाएको छ । बैंकहरुले गाडीको ब्याजदर घटाएका छन् । एभरेष्ट बैंकले ९.९९ प्रतिशत र स्ट्याण्डर्ड चाटर्ड बैंकले ९.४९ प्रतिशत ब्याजमा कार दिने योजना ल्याएका छन् ।
दशैंको मुखमा डलर मंहगिएर ११७.६५ रुपैयाँ पुग्यो, बजार भाउ वृद्धिमा चाप
काठमाडौं । नेपाली रुपैयाँ अमेरिकी डलरसंग फेरी कमजोर भइ नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ डलर बराबर ११७ रुपैयाँ ६५ पैसा बिक्री दर तोकेको छ । यो हालसम्मको उच्च दर हो । अमेरिकी डलरसंग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयामा परेको हो । भारु कमजोर भई १ डलर बराबर ७३ रुपैयाँ ३४ पैसा पुगेको पुगेको छ । स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुने गरेको छ । डलर मजवुत भएपछि यसको चाप मूल्यमा पर्नेगर्छ । बजार भाउ बढ्छ । यसको असर आउदो दशैमा पर्ने भएको छ । डलर लगातार बढी रहेकाले दशैका खरिद गर्ने वस्तुको भाउ आकासिने देखिएको छ । गत बैंशाखमा अमेरिकी डलर औसत १०६ रुपैयाँ ३८ पैसा थियो । ५ महिनाको बीचमा नेपाली रुपैयाँ झण्डै ११ रुपैयाँले कमजोर भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका नीतिका कारण अमेरिकी अर्थतन्त्र मजवुत हुदा डलर महंगिएको हो । पछिल्लो समयमा अन्य मुलुकमा भएको लगानी अमेरिकामा फिर्ता हुन थालेपछि डलर संचिती बढेको छ । भारतबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । भारतमा डलर संचितीमा गिरावट आउनुको छ । डलर महंगिएका कारण वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितीको चाप बढेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको छ । यसको असर आन्तरिक बजारमा पनि परेको छ । आउदो दशैं महंगो हुने देखिएको छ । डलर बलियो हुँदाका बेफाइदा डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ । यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । यस्तै जलविद्युत आयोजनाको लागत पनि बढ्ने छ । राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । डलरमा ऋण तिर्न सरकारले बढी रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।
बागदरबार नभत्काउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौ । सर्वोच्च अदातले ऐतिहासिक बागदरबार भत्काउने निर्णय तत्काल कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश दीपकराज जोशीको एकल इजलासले ऐतिहासिक बागदरबार भत्काउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई दरबारको मौलिकतामा परिर्वतन नहुने गरी पुनः निर्माण गर्न भने तापनि महानगरपालिकाले भत्काउने तयारी गरको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सर्वोच्च अदालतमा सोमबार रिट निवेदन दायर गरेका थिए । सर्वोच्च अदाललते मौलिकता परिर्वतन नहुने गरी पुनः निर्माण गर्नुेपर्ने भएकाले हुँदा तत्काल सो दरबार नभत्काउन र मुद्दाको अन्तिम किनारका नलाग्दासम्म संरक्षण गर्न आदेशमा भनेको छ । साथै, आदेश लिच्छवीकालीन, मल्लकालीन, राणाकालीन शाहकालीन सबै दरबार जोगाउन भनेको छ ।रासस
भक्तपुरको ख्वप कलेजमा सबैभन्दा कम शुल्कमा बिबिएम
काठमाडौं। भक्तपुरमै पहिलो पटक ख्वप कलेज देकोचा भक्तपुरले सवैभन्दा कम शुल्कमा बीबीएम (व्याचलर अफ विजनेश म्यानेजमेन्ट) को पढाई सुरु गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तगर्तका आंगिक (सरकारी) र सम्वन्धन प्राप्त (निजी तथा सामुदायिक) कलेजहरुमध्ये सवैभन्दा कम शुल्कमा बीबीएमको पढाई सुरु गर्न लागेको हो । कलेजले सार्वजनिक गरे अनुसार बीबीएम कार्यक्रमका लागि आठ सेमेष्टरमा कुल तीन लाख ४७ हजार शुल्क लाग्ने सार्वजनिक गरेको छ । कलेजका प्राचार्य रुपक जोशीले यो शुल्क काठमाडौं उपत्यकामै सवैभन्दा कम रहेको पाइएको जानकारी दिए । ‘हामीले बुझेअनुसार यो काठमाडौं उपत्यकामै सवैभन्दा कम शुल्क हो, प्राचार्य जोशीले भने, ‘हामीलाई लाग्छ, यो देशकै सवैभन्दा कम पनि हो ।’ नाफा नलिने उद्देश्यका साथ सञ्चालित भएकोले कम शुल्कमै पढाउन आफूहरु सक्षम रहेको प्राचार्य जोशीले जनाए । ‘हामीलाई सञ्चालन खर्च मात्रै उठे पुग्छ, नाफा चाहिंदैन, प्राचार्य जोशीले थपे, ‘फेरि हामीलाई बीबीएमको कार्यक्रम सञ्चालन गर्न थप भौतिक संरचना पनि आवश्यक भएन, कलेजको पहिलाकै भौतिक संरचनाबाट काम चलाउन सकिन्छ ।’ बीबीएम कार्यक्रमका लागि थप भौतिक संरचना बनाइराख्न नपरी लगानी नपर्ने भएकाले त्यसको मूल्य पनि विद्यार्थीले व्यहोर्नु नपर्ने भएको उनको भनाई छ । कलेज भक्तपुर नगरपालिकाबाट सञ्चालित छ । नगरपालिकाबाट सञ्चालित भएकोले सम्पूर्ण भौतिक संरचना नगरपालिका आफैंले नै गरिदिन्छ । कलेजले सञ्चालन खर्चका लागि मात्रै विद्यार्थीसँंग शुल्क उठाउँंछ । कम शुल्कमै गुणस्तरीय शिक्षा दिने नीति अनुसार आफूहरुले पढाई गरिरहेको कलेजले जनाएको छ । विभिन्न वर्षहरुमा कलेजका विद्यार्थी त्रिभुवन विश्वविद्यालय टपर तथा गोल्ड मेडलिष्ट पनि भइसकेका छन् । कलेजले बीएस्सी सीएसआइटीलाई पनि प्रस्तावित कार्यक्रमको सूचिमा छ । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेजले भक्तपुरमा जिल्लामै पहिलो पटक वीवीएमको पढाई सुरु गर्न लागेको हो । कक्षा भने दसैं पछाडिबाट मात्रै सुरु हुने कलेजले जनाएको छ । कक्षा सञ्चालनका लागि कलेजले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीन कार्यालयबाट सम्वन्धन (स्वीकृति) प्राप्त गसिरकेको छ । स्वीकृति प्राप्त गरसँंगै यो वर्षदेखि बीबीएमको पढाईका लागि भर्ना लिएको हो । यसअघि नै सम्वन्धन शुल्कका लागि आवश्यक १५ लाख रुपैयाँं कलेजले तिरिसककेको छ ।
लेगोको खरिदमा पुरै परिवारको लागि दुबई जाने अवसर
काठमाडौ। गोल्छा अर्गनाइजेसनको सह–कम्पनी तथा लेगोको आधिकारिक बिक्रेता म्याभरिक प्रा. लि. ले चाडपर्वको यस अवसरमा आफ्नो ग्राहकहरुको लागि नयाँ अफर लिएर आएको छ । यस अफर अन्तर्गत एक जना भाग्यशाली ग्राहकले आफ्नो परिवारका साथ लेगोल्याण्ड, दुबई जाने अवसर प्राप्त गर्न सक्नेछन्। यो अफर सबै भाटभटेनी स्टोरहरुका साथै सिभिलमल, लबिममल, नागपोखरी, एकान्तकुना र दरबारमार्ग अवस्थित फन स्टेशन आउटलेटहरुमा उपलब्ध छ । यस योजनामा सहभागी हुनको लागि ग्राहकहरुले रु. १,९९९ वा सो भन्दा बढीको लेगो प्रोडक्टहरु खरिद गर्नु पर्नेछ । यस अफरका भाग्यशाली विजेताले दुबईको ट्रिप प्याकेज प्राप्त गर्न सक्नुहुनेछ जस अन्तर्गत दुई तर्फि प्लेन टिकट, लापिता होटेलमा २ रात, लेगो ल्याण्ड दुबई, लेगोल्याण्ड वाटरपार्क, मोसनगेट, दुबई र बलिउड पार्क दुबईको तीनदिनका लागि टिकट र एयरपोर्टदेखि होटेलसम्मको यातायात र खानाको व्यवस्था आदि रहनेछ । यो अफर असोज १९ गतेदेखि कार्तिक २९ गते सम्म लागू हुनेछ । उक्त अफरको विजेताले पुष १६, २०७५ अघि नै यात्रा गरि सक्नु पर्नेछ ।
घुस लिने प्रहरी निरीक्षक गणेशसिंह महताविरुद्ध अदालतमा मुद्दा
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत प्रहरी निरीक्षक गणेशसिंह महताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार प्रहरी निरीक्षक महताले स्थानीय महिला सञ्जालकी अध्यक्ष मैया पौडेलसँग मिलेमतो गरी अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई छुट्याइदिने भन्दै ३० हजार रुपैयाँ घुस लिएको अभियोग लागेको छ । आयोगले प्रहरी निरीक्षक महत्ता र स्थानीय महिला सञ्जालकी अध्यक्ष पौडेल दुवैलाई जरिवाना र कैद सजाय माग गरी आज मुद्दा दायर गरेको हो । यस्तै आयोगले आजै विराटनगर महानगरपालिका घरजग्गा सम्पत्ति कर शाखामा कार्यरत खरिदार तीलकमणि पोखरेल र कार्यालय सहयोगी बुधलाल सरदारविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । घर बहाल कर र सम्पत्ति करवापत राजश्व मिलाएर काटिदिने भन्दै सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस मागेको अभियोग लागेको छ । रासस