
काठमाडौं । सरकारले जीमेल र याहुलाई निषेध गर्ने भएको छ । सिंहदरबारभित्र जीमेल र याहुको सट्टा सरकारी मेल चलाउने तयारी भएको हो । व्यवस्थापिका संसदको विकास समिति बैठकमा सुचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्र गुरुङले सुरक्षाको कारणले सरकारी मेल चलाउने जानकारी दिए ।
सरकारी कार्यालयमा अनिवार्य र अन्यलाई पनि प्रयोग नगर्ने आग्रह गरिने उनले बताए । हाल जीमेल र याहुले इमेल सेवा प्रदान गर्दै आएका छन् ।