नक्कली आरोहण अनुमति पत्र बनाउने सेभेन समिट ट्रेक प्रालीका निभेस कार्की सहित ३ जना पक्राउ
काठमाडौं । नक्कली आरोहण अनुमति पत्र बनाउने सेभेन समिट ट्रेक प्राइभेट लिमिटेडका ३ जना कर्मचारी पक्राउ परेका छन् । नक्कली आरोहण पत्र निर्माण गरेको आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले प्रालीको ३ जनालाई प्रक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा प्रालीका लिगल डिपार्टमेन्ट हेड, निभेस कार्की, मार्केटिङ म्यानेजर फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल रहेका छन् । उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको सीआइबीका प्रवक्ता सानुराम भट्टराईले जानकारी दिए । उनीहरुले सगरमाथा आरोहणका लागि १२ जनाको अनुमति लिएकोमा किर्ते गरि १४ जना पुर्याएको सीआइबीले जनाएको छ । उनीहरुले सक्कली अनुमति पत्रमा भएको १२ जनाको नाममा १ जना चाईनिज नागरिक र १ जना अष्ट्रेलियन नागरिकको नाम थप गरी १४ जनाको नाम भएको अर्को कीर्ते आरोहण अनुमति पत्र तयार गरी सोलुखुम्बुमा बुझाएका थिए । सोलुखुम्बु र पर्यटन विभाग काठमाडौंबाट पठाएको विवरणमा फरक भएपछि सीआइबीले अनुसन्धान सुरु गरेको थियो । यस्ता छन् अनसन्धानबाट खुल्न आएको कुराहरु १.सगरमाथा आरोहणमा जाने अन्तिम दलमा सक्कली आरोहण पत्रानुसार चाईनिज नागरिक ८ जना, ईन्डियन २ जना, स्पेन १ जना र ब्रिटेन १ जना रहेकोमा नक्कली आरोहण पत्रमा थप भएका २ जना मध्ये १ जना चाइनिज र १ जना अष्ट्रेलियन नागरिक रहेको २ं. २०७४ चैत्र ३० गते निभेश कार्कीले पर्यटन विभागबाट सक्कली आरोहण पत्र लिनु भन्दा केही दिन अगाडी १४ जनाकै लागि पर्यटन विभागमा पेश गरेको । ३. तत्पश्चात लिगल डिपार्मेन्ट प्रमुख निभेश कार्की , लेखापाल विजयश्वर अर्याल र फुर्तेन्जी शेर्पाले १४ जनाको सट्टा पर्यटन विभागबाट १२ जनाको मात्र परमीट निकाल्ने र बाँकी २ जनाको परमीट शुल्क वापतको २२,००० र ३ जनाले बाँडी लिने योजना तय गरेको ४. योजना अनुसार निभेश कार्कीले पर्यटन विभागबाट सक्कली छाप लगाएको लेटर प्याड ल्याई सक्कल जस्तै परमिट बनाउने जिम्मा, विजयश्वर अर्यालले लेखा मिलाउने जिम्मा र फुर्तेन्जी शेर्पाले राखि चाहिएको ठाउँमा सोही नक्कली डकुमेन्टलाई वितरण गर्ने जिम्मा लिएको ५. विजयश्वर अर्यालले ७,३५,००० र फुर्तेन्जी शेर्पाले ७२ सय अमेरीकी डलर र बाँकी रकम निभेश कार्कीले लिएको । ६. निजहरु उपर सरकारी दस्तखत छाप किर्ते र ठगी अनुसार अनुसन्धान भैरहेको ।
प्रभु लाइफ इन्स्योरेन्सका पाँच नयाँ शाखाहरुको एकैसाथ शुभारम्भ
प्रभु लाइफ इन्स्योरेन्सले २०७५ असोज १८गते विहिवारदेखि आफ्ना नयाँ पाँच शाखा तथा उप–शाखाहरु महेन्द्रनगर शाखा कार्यालय, बेलौरी उप–शाखा कार्यालय, लम्की उप–शाखा कार्यालय, फिदिम उप–शाखा कार्यालय तथा ईलाम उप–शाखा कार्यालयहरुको एकैसाथ शुभारम्भ गरी कारोबार सुरु गरेको छ । प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक तथा मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमाबजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ। कंचनपुर जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले एक कार्यक्रमकाबीच महेन्द्रनगर शाखा कार्यालय, लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले लम्की उप–शाखाकार्यालय, ७ नं. प्रदेशका सभासद कुलवीर चौधरीले बेलौरी उप–शाखाकार्यालय,फिदिमजिल्ला समन्वय समितिका प्रमुख बिष्णु प्रसाद सापकोटाले फिदिम उप–शाखाकार्यालय तथा प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने तथा ईलामजिल्ला समन्वय समितिका संयोजक गणेश बरालले संयूक्त रुपमा ईलाम उप–शाखा कार्यालयको उद्घाटन, एकै दिन गरी सेवा शुभारम्भ गरेका छन्। दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन्। कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ।
ग्लोबल आइएमई बैंकद्धारा रसुवा जिल्लाको विद्यालयलाई कम्प्यूटर सहयोग
काठमाडौ। ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रसुवा जिल्लाको नवकुण्ड गाउँपालिका ६ स्थित गोसाँईकुण्ड माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । रसुवाजिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्धेश्यले मिति २०७५/०६/१८ गते ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले गोसाँईकुण्ड माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणराज पौडेललाई ५ थान कम्प्युटर हस्तान्तरण गरेका थिए। शैक्षिक स्तरोन्नतिका साथै विद्यार्थीहरुमा कम्प्युटरको पहुँच पुगोस भन्ने उद्धेश्यका साथ बैंकले कम्प्युटरहरु सहयोग स्वरुप हस्तान्तरण गरेको हो । ग्लोबल आइएमई बैंकले स्थापना काल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भुँईचालो लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहँदै आएको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले १३२ शाखा, ५ एक्सटेन्सन काउण्टर, १३८ एटिएम, १०३ वटा शाखारहित बैंकिङ्ग सेवा३ प्रतिनिधि/सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
२५ मेगावाटको माथिल्लो दोर्दी आयोजनाको सुरुङ ब्रेक थ्रु, ८० प्रतिशत काम सकियो
काठमाडौ। लिबर्टी इनर्जी कम्पनी लिमिटेडले लमजुङको ढोडेनी फलेनीमा निर्माण गरिरहेको २५ मेगावाटको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको सुरुङ छेडिएको छ । कुल २ हजार ६२३ मिटर सुरुङ बिहीबार छेडिएको हो। कम्पनीका अध्यक्ष कुशकुमार जोशी र प्रबन्धक संचालक आत्माराम घिमिरेले स्चीच अन गरी अन्तिम ब्रेक थ्रु को ब्लास्ट गरेका थिए। सो कार्यक्रममा गण्डकी प्रदेश लम्जुङका संसद धनन्जय दवाडी, नेकपा जिल्ला संयोजक कृष्ण अधिकारी, नेपाली काँग्रेस जिल्ला सदस्य हरि बराल, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा, श्री जंग गणका गणपति शिखर जबराको उपस्थिति थियो । कार्यक्रममा कम्पनीका अध्यक्ष जोशीले लक्षित समयभित्रै विद्युत उत्पादन गर्ने प्रतिबद्धता जनाए। उत्पादित विद्युत खेर नजाने कुरा कम्पनी विश्वस्त रहेको पनि बताए। यस्तै, साँसद दवाडीले लमजुङ लगानीमैत्री जिल्ला भएको भन्दै ढुक्कसँग लगानी गर्न आग्रह गरे । उनले निर्माण क्रममा देखिने समस्या समाधान गर्न राजनीतिक दल र स्थानीयको पूर्ण सहयोग हुने पनि बताए । राजनीतिक दल, स्थानीय, सरकारी निकाय तथा सरोकार समिति र कम्पनीका सम्पूर्ण कर्मचारीको सहयोगले समयमै सुरुङको काम पूरा भएको प्रबन्ध निर्देशक घिमिरेले बताए । आयोजनाको हेडवक्र्सदेखि २ हजार ६२३ मिटर सुरुङ्ग र २ हजार ८५४ मिटर पेनस्टक पाईप निर्माण रहनेछ । हालसम्म आयोजनाको करिब ८० प्रतिशत निर्माण पूरा भएको छ । आगामी फागुनसम्म आयोजनाका सम्पूर्ण संरचना निर्माण तथा उपकरण जडान गर्ने लक्ष्य राखिएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंकले ऋण लगानी गरेका छन् । ३ अर्ब ९६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा अहिलेसम्म २ अर्ब ६२ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ ।
गाउँंगाउँंमा सिंहदरबार बनाउँदै गोर्खा इको प्यानल
काठमाडौं । निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाराका साथ नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलले गाउँंगाउँंका भौतिक संरचनाको निर्माणलाई तीव्रता दिएको छ । गाउँंगाउँंमा सिंहदरवार भने पनि सरकारले त्यहाँंको भौतिक संरचना निर्माण आवश्यकता अनुसार बनाउन नसकिरहेको बेला गाउँंगाउँंका गाउँंपालिका, नगरपालिकाका कार्यालयहरु, स्वास्थ चौकी, स्कुललगायतका भबन गोर्खा इको प्यानलको प्रयोगबाट बनिरहेको हो । गोर्खा इको प्यानल आधुनिक ढलान निर्माण सामाग्री हो । बाहिरी तथा भित्री पार्टेशन वाल (पर्खाल) को रुपमा यसको प्रयोग हुन्छ । यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुन्छ । किनकि यो पहिला नै कारखानामा निर्माण सम्पन्न गरी निर्माणस्थलमा जोडे मात्रै हुन्छ । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले प्यानलबाट पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म पुगेका जनाए । हिमाल, तराई, पहाडका जिल्लाहरुमा पनि यसको विशेष माग रहँंदै आएको उनले सुनाए । विशेष गरेर विकट पहाडी जिल्लाहरु जहाँं निर्माण सामाग्रीहरु पुयाउन गाह्रो हुन्छ, त्यस्तो ठाउँंमा यसको विशेष माग रहने गरेको उनले सुनाए । यसको प्रयोग गर्दा सिमेन्ट, वालुवा, पानी पनि नचाहिने हुनाले विकट ठाउँंमा यो बहुउपयोगी भएको उनले सुनाए । सीईओ इन्जिनियर दुवालका अनुसार अहिलेसम्म धादिंगको सिद्धलेक गाउँंपालिका कार्यालय र वडा कार्यालयहरु, अर्घाखाँंचीको भूमिकास्थान नगरपालिकाको भबन, सोलुखुम्वूको दुर्लुग दुधकोशी गाउँंपालिका, रामेछापको खाँंडादेवी गाउँंपालिका, मकवानपुरको इन्द्रसरोवर गाउँंपालिका, सिन्धुपाल्चोकको इन्द्रवती गाउँंपालिकाका कार्यालयहरु बनाएका छन् । साथै अन्य सरकारी भबनहरु जस्तै मुस्ताग, जुम्ला, दोलखा, संखवासभाका पशु सेवा केन्द्रहरु बनाएका छन् । साथै उपल्लो मुस्तागको च्यांग्राफार्म, दोलखाको पशु विकास फार्म, नेपाली सेना अन्तर्गत संखुवासभाकोे मकाल वरुण राष्टिय निकुञ्ज अनि वाग्लुगको ढोरपाटन सिकार आरक्ष क्षेत्र, काठमाडौंको शिवपुरी राष्टिय निकुञ्जमा आर्मी क्याम्पहरु बनाएका छन् । सीईओ इन्जिनियर दुवुाल तीव्र निर्माणका लागि यस्ता प्यानलहरुको प्रयोग जरुरी रहेको औल्याउँंछन् । ‘अहिले बजारमा विभिन्न प्रकारका निर्माण सामाग्रीहरुको उत्पादन भइरहेका छन् । परम्परागत विधि अपनाई बनाउने हो भने एउटा साधारणतया एकतल्ले भबन बनाउन घटीमा पनि एक वर्ष लाग्छ । यस्तो अवस्थामा तीव्र पुननिर्माण सम्भव छैन, सीईओ इन्जिनियर दुवालले थपे, तीव्र निर्माण सम्पन्न गर्ने हो भने प्रिफ्याविकेटेट् प्रविधि अपनाउनपर्छ । यसको मतलब कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा लगी जोड्ने निर्माण समाग्रीको प्रयोगमा जोड दिनुपर्छ ।’ यसले गाउँंघरको जनशक्ति अभाबको समस्यालाई पूर्ति गरिदिने उनी सुनाउँंछन् । साथै गुणस्तर कायम हुने उनको दावी छ । साथसाथै हलुका भएकोले निर्माणस्थलसम्म सजिलै पुयाउन सकिने उनी सुनाउँंछन् । अधिकांश युवाहरु विदेश पलायन भएका कारण गाउँंमा काम गर्नसक्ने दक्ष जनशक्तिको अभाब रहेको सुनाउँंदै उनी भन्छन्, ‘नेपालको विकट भूवनावटका कारण निर्माण सामाग्री ढुवानी गर्न महँंगो छ । वालुवा, सिमेन्ट, ढुंगा, इटा लान कठिन छ । यस्तो अवस्थामा तीव्र निर्माण होइन, निर्माण नै हुन सकिरहेको छैन । दक्ष जनशक्तिको अभाबमा गाउँंकै निर्माण सामाग्री प्रयोग गर्ने हो भने पनि गुणस्तरीय छैन ।’ यस्तो अवस्थामा समस्याको समाधान भनेको गाउँंसम्म लैलान सजिलो हलुका, कारखानामै पहिला गुणस्तर परीक्षण गरी बनाइएको प्रिफ्विकेटेट निर्माण सामाग्रीको प्रयोग गर्नु उपयुक्त हुने उनको भनाई छ । गाउँंगाउँंमा सिंहदरवार बनाउने सरकारी सपना पूरा गर्ने हो भने नेपाल सरकारले नीतिगत रुपमै स्थानीय निकायहरुको भौतिक संरचना निर्माण गर्न स्वदेशमै निर्मित प्रिफ्याब प्यानलहरु प्रयोग गरेर बनाउनुपर्ने उनको सुझाब छ । यसो भयो भने मात्रै यो नाराले सार्थकता पाउने उनको विश्वास छ ।
मिस्टर नेपाल वर्ल्ड २०१८ को विजेता चितवनको बिकल्प श्रेष्ठ
काठमाडौं। २००१ बाट नेपालमा सुरु हुदै आएको मिस्टर वर्ल्डको फ्रेनचाईज शो नेपालमा होटल अन्नपूर्णमा मिस्टर नेपाल २०१८ समपन्न भएको छ। एक्पोस नेपालबाट आयोजना गरिएको र सुजुकी टाईटल स्पोन्सर रहेको मिस्टर नेपाल को फाइनल असोज १३ गते भएको कार्यक्रममा १८ जना सहभागिता थिए जस मध्ये मिस्टर नेपाल लगाएत ८ वटा टाइटलमा सहभागी बिजेता भएको छन जसमा मिस्टर नेपाल वर्ल्ड २०१८ बिकल्प श्रेष्ठ, मिस्टर नेपाल युनिभर्स एम्बास्डर २०१८ सुसान महर्जन, मिस्टर नेपाल म्यान अफ द यियर सन्दिप केसी, मिस्टर नेपाल ईन्टरनेसनल २०१८ प्रदिप न्यौपाने, मिस्टर नेपाल मेन याटिट्युड २०१८ चन्दन चौधरी, एक्पोस नेपाल टुरिसम एम्बास्डर २०१८ सागर परियार,एक्पोस नेपाल युथ एम्बास्डर सबिन बराल र एक्पोस नेपाल स्पोर्टस एम्बास्डर दिपेस श्रेष्ठले हात परेका छन्। मिस्टर नेपाल का सी. इ.ओ अर्चना बस्नेतले कार्यक्रम अहिले सम्मको सबैभन्दा राम्रो र उत्कृष्ट साथै निष्पक्ष नतीजा भएको र यस्तो कार्यक्रमले समाजमा रहेको प्रतिभा बाहिर आउने र समाज मा परिबर्तन गर्न यस्तो कार्यक्रमले मदत गर्ने साथै चितवनबाट आउनु भइ बिजेता हुनु भएकोमा मिस्टर नेपाल को बिजेता बिकल्प श्रेष्ठ लाइ धन्यबाद ज्ञापन गरिन्। त्यस्तै मिस्टर नेपाल का बिजेता बिकल्प श्रेष्ठलाइ सुजुकी को चाबी दिदै सुजुकी का मार्केटिंग म्यानेजर नबराज कोइरालाले समाजमा लुकेको को प्रातिभालाई बिश्व सम्म पुर्याउन पाउँदा हामीलाई धेरै खुसी लागेको बताए । नेपालको सान रहेको मिस्टर नेपाल जस्तो कार्यक्रममा निरन्तर सहयोग गर्दै अगाडी बढने कोइरालाले बताए। यसपालीकोको मिस्टर नेपाल बिजेताले मिस्टर वर्ल्ड २०१९ मा सहभागी हुन पाउनेछन।
चिनीको मूल्य किलोको ६३ रुपैयाँ निर्धारण गर्न संसदीय समितिको सरकारलाई निर्देशन
काठमाडौ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठकले बजारमा देखिएको चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभावसम्बन्धी अध्ययन गर्न एक उपसमिति गठन गरेको छ ।समितिको बिहीबार बसेको बैठकले सांसद लेखराज भट्टको संयोजकत्वमा गठित सो समितिमा सांसद प्रदीप यादव, पार्वता डिसी चौधरी, प्रेम आले र चन्दा चौधरी रहेका छन् । उपसमितिलाई सो विषयमा अध्ययन गरी समितिसमक्ष प्रतिवेदन बुझाउन एक हप्ताको समय सीमा दिइएको छ । बैठकले चिनीको मूल्य किलोको ६३ रुपैयाँ नै निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बैठमा सांसदले चाडपर्वको मुखमा चिनीलगायत दाल, तेल, तरकारी एवं पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै बजारमाथि सरकारले हस्तक्षेप गर्न आग्रह गरेका थिए । उनीहरुले सरकारले चिनीको बजार मूल्य ६३ भन्दा माथि नजाने भन्दा भन्दै अहिले के कारणले ८० माथि पुग्यो ? भन्ने प्रश्न गरेका थिए । साथै खाने तेलको एक लिटरमा २५, दाल एवं गेँडागुडीमा प्रतिकिलो १५ भन्दा माथि मूल्यवृद्धि हुँदा सरकारले प्रभावकारी बजार अनुगमन गर्न नसकेकामा उनीहरुले चिन्ता व्यत्त गरेका छन्। समितिका सभापति भरतकुमार शाहले चिनीको अस्वाभाविक रुपमा मूल्यवृद्धि भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए। सांसद भट्टले दैनिक उपभोग्यका वस्तुको मूल्यवृद्धि हुँदा जनतालाई समस्या परेको चर्चा गर्दै बजारलाई सरकारले हस्तक्षेप गर्नुपर्छ भने । सांसद चन्दा चौधरीले अहिले बजारका पसलपिच्छे चिनीको मूल्य फरकफरक हुँदा नियमनकारी निकाय मौन बसेको आरोप लगाए। सांसद प्रदीप यादवले चिनी आयातमा प्रतिबन्ध लगाउन नहुने विचार व्यक्त गर्दै उखु किसानले अहिलेसम्म आफ्नो उखुको मूल्य पाएका छैनन् भने। सांसद राजेन्द्र केसीले एक हप्ताको बीचमा चिनीमा मात्र प्रतिकिलो १५ रुपैयाँसम्म मूल्यवृद्धि भएको भन्दै चाडबाडको मुखमा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि हुँदा कसरी सुखी नेपाली हुन्छन् ? भन्ने प्रश्न गरे । सांसद हृदयेश त्रिपाठी र विरोध खतिवडाले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुन नदिन सरकारले बजारलाई हस्तक्षेप गर्न ढिलाइ गर्न नहुने धारणा राखे । सांसद चन्दा चौधरी, पार्वती डिसी चौधरी, पार्वतीकुमारी विसङ्खेले बजारमा दैनिक उपभोग्यका वस्तुमा अप्रत्याशित रुपमा मूल्यवृद्धि भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए। –––
सेयर बजार रातो हुदा एनएमबी बैंकको सेयर बढी करोबार, यस्तो छ कारण
काठमाडौं । सेयर बजार घटेका बेला एनएमबी बैंकको सबैभन्दा बढी कारोबार भएको छ । साताको अन्तिम दिन सेयर बजार ३ अंकले घटेर नेप्से परिसुचक १ हजार २२७ अंकमा झरेको छ । एनएमबीको प्रतिकित्ता ३५० मा ३ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एनएमबीको सेयर सस्तो भएकाले लगानीकर्ताले खरिद गरेको ब्रोकरहरुको भनाई छ । चुक्ता पुँजी ८ अर्ब ७४ कराेड रूपैयाँ रहेकाे यस बैंककाे जगेडा काेषमा ९ अर्ब ३७ कराेड रूपैयाँ छ । बैंककाे इपीएस २८ रूपैयाँ छ भने पीइ रेसियाे १२ रूपैयाँ छ । एनएबी पछि माछापुच्छे बैंकको सेयर कारोबार भएको छ । प्रतिकित्ता २२२ रुपैयाँमा २ करोड २८ लाख ३५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार व्यापार, वित्त र जीवन बीमा कम्पनीको सेयर मूल्य बढेको छ भने बैंक, होटल, जलविद्युत, निर्जिवन बीमा र लघुवित्त समूहको घटेको छ । बजार घटेपनि नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको छ ।