विकासन्युज

सुदूरपश्चिम विकासका लागि लगानी गर्न मामिला तथा योजनामन्त्रीकाे आग्रह

काठमाडौं । सुदूरपश्चिमकाे आर्थिक क्षेत्र उकास्ने उद्देश्यले व्यवसायीलाई लगानी गर्न प्रोत्साहन गरिएकाे छ । मामिला तथा योजनामन्त्री झपट बोहोराले आफ्नो प्रदेश लगानीका लागि उपयुक्त ठाउँ भएको भन्दै चितवनका उद्योगी र व्यवसायीलाई लगानी गर्न आग्रह गरेका छन् । बोहोराले दुईतीन महीना भित्रमा आवश्यक ऐन पारित गरी लगानी सम्मेलन गर्न लागिएको पनि जानकारी दिएका छन् । नयाँ उद्योगहरुलाई करका दरमा छुट दिइने भन्दै सुदूरपश्चिम लगानीका लागि राम्रो प्रतिफल दिने क्षेत्र बन्ने जनाए । जलविद्युत्, पर्यटन, केबुलकार, हवाई सेवा, उच्च मूल्यका जडीबुटीको विकास र विस्तार, कृषि र पशुपक्षी पालनमा बढी सम्भावना रहेको छ । चितवनमा रहेका धेरै उद्योगी र व्यवसायीलाई प्रदेश सरकारले उद्योगका लागि स्थान तोकेर भाडामा जग्गा उपलब्ध गराउने भएका छन् । मन्त्री बोहोराले अन्तर प्रदेशका बीचमा समन्वय गरेर काम गरेमा सबै प्रदेशलाई फाइदा पुग्ने उल्लेख गर्दै यसबाट ऐन कानूनहरु, नियमावली, कार्यविधिमा एकरूपता दिन सकिने बताएका छन् । अन्तर प्रदेश बीचमा निर्भरता बढाउनुपर्ने भन्दै एक प्रदेशले अर्को प्रदेशमा सम्भावित क्षेत्रहरुमा लगानी बढाउनुपर्ने भनाई रहेको छ । रासस

अब एनआईसी एशिया बैंकबाटै लाईफ इन्स्योरेन्स कर्पोरेशनको सेवा पाइने

काठमाडौं । अब एनआईसी एशिया बैंक लिमिटेडबाटै लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको बीमा सेवा पाइने भएको छ । उक्त सेवा सम्बन्धि एनआईसी एशिया बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको हो । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरेका छन् ।

नेपाल बैंक ८२औं वर्षमा प्रवेश, एकैदिन विभिन्न ८ शाखा स्थापना

काठमाडौं । नेपाल बैंक लिमिटेड ८२औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले खुल्ला रक्तदान तथा निशुल्क आँखा परीक्षण कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल बैंक विगतको कमजोर अवस्थाबाट तुलनात्मक रुपमा माथि उठी आज सवल बैकको रुपमा स्थापित हुन सकेको बताएका छन् । साथै, आगामी दिनमा वित्तीय पहुँच तथा ग्राहक सेवामा बलियो उपस्थिति सहित सरकारी बैंकको हैसियतले नेपाल सरकारका गरिवी निवारण, सहुलियतपूर्ण ऋण कार्यक्रम, पूर्वाधार विकास सम्वन्धी आयोजनाहरुमा सक्रिय सहभागिता बढाउन जोड दिनुपर्ने उनले बताए । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवि नेपालले दिगो र समावेशी आर्थिक वृद्धिका लागि वित्तीय क्षेत्रबाट अपेक्षित भूमिका निर्वाहमा विशेष ध्यान पुर्याउन नेपाल बैकलाई शुभकामना दिएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले बैंकले हालका वर्षहरुमा हासिल गरेका उपलब्धिहरु गर्भ गर्न लायक रहेको बताए । बैकले प्राप्त गरेका उपलव्धिलाई दीगो बनाउन आगामी बैक व्यवस्थापनको ध्यान स्मार्ट ब्रान्चको प्रभावकारी कार्यान्वयन गरी ग्राहकलाई प्रफुल्ल बनाउने दिशामा केन्द्रित हुने प्रतिवद्धत व्यक्त गरेका छन् । यसैबीच बैंकले वार्षिकोत्सवकै दिन विभिन्न ८ स्थानमा शाखा स्थापना गरेको छ । यसरी स्थापित हुने शाखाहरु प्रदेश १ को विराटचोक (मोरङ्ग), मंगलवारे (ईलाम )पाख्रीवास (धनकुटा ) प्रदेश २ को सर्लाही पर्सा , भवानीपुर (सर्लाही ) वर्दिवास (महोत्तरी ) प्रदेश ३ को दुधौली (सिन्धुली )प्रदेश ४ को आरुङखोला (नवलपरासी ) रहेका छन् । यी शाखा स्थापना पश्चात बैंकको जिल्ला पहुंच ५९पुगेको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमाशमा ९१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा बैंकले ९३ अर्ब ४३ करोड निक्षेप संकलन गरि ८१ अर्ब कर्जा प्रवाह गरेको छ ।

महोत्तरीको एक विद्यालयमा शिक्षक नहुँदा कम्प्युटर थन्किए

  काठमाडौं । महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित सीतापुर माध्यमिक विद्यालय सिद्धपुरमा शिक्षकको अभावमा लाखौं मूल्यका कम्प्युटर थन्किएका छन् । विद्यालय आफैले किनेका र जिल्ला शिक्षा समन्वय एकाइबाट प्राप्त २२ थान कम्प्युटर शिक्षक नहुँदा थन्किएका हुन् । कम्प्युटर देखेर विद्यार्थी सिक्न उत्सुक रहे पनि शिक्षक नहुँदा निराश बनेका प्रधानाध्यापक श्रीराम यादवले बताएका छन् । उपल्लो तहबाट शिक्षक नपठाउने र स्थानीयतहले चासो नराखी दिँदा लाखौं मूल्यका कम्प्युटर ‘कवाड’ बन्ने स्थितिमा रहेका उनको भनाई रहेको छ । विद्यालयमा शिशुदेखि १२ कक्षासम्म एक हजार १४२ छात्रछात्रा छन् । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सङ्ख्या १६० रहेको छ । शिक्षक कमल श्रेष्ठका अनुसार ८ कक्षा माथिका छात्रछात्राले कम्प्युटर शिक्षाबारे दिनहुँ चासो राख्ने गरेको जनाएका छन् । नगर प्रमुख सञ्जिवकुमार साहले नगरभित्रका विद्यालयका भौतिक अवस्था रुग्ण रहेका र तिनको मर्मतसम्भारमै शिक्षा शीर्षकमा विनियोजित रकम खर्च हुने गरेकाले कम्प्युटर शिक्षकको प्रबन्ध गर्न सकिएको छैन । उक्त विद्यालयको स्वामित्वमा विभिन्न ठाउँमा गरी २० बिघा भन्दा बढी जग्गा रहेको र जग्गाको भाडासहित अन्य आम्दानी स्रोत राम्रै रहेकाले विद्यालय समितिले जानकारी दिएको छ । आफैंले समेत कम्प्युटर शिक्षकको व्यवस्था गर्न नसक्ने र विद्यालय प्रशासनले आम्दानी तथा खर्च कहिल्यै पारदर्शी नगरेको अभिभावकको आरोप छ । रासस

एनआईसी एशिया बैंकको बोनसमा लाभिए लगानीकर्ता, २ करोड बढीको सेयर कारोबार

काठमाडौं । आइतबारको सेयर बजार घटेपनि लगानीकर्ता एनआईसी एशिया बैंकको लाभांशमा लोभिएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो । बैंकले गत शुक्रबार सेयरधनीलार्इ सो मात्राको लाभांश दिने घोषणा गरेको थियो । लाभांश घोषणासँगै कम्पनीको २ करोड ९८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा बैंकको ७० हजार ६७५ कित्ता सेयर बिक्री भएका छन् । बैंकको सेयर कारोबार सँगसगै सेयर मूल्यमा पनि वृद्धि भएको छ । जसको सेयर मूल्य ५ रुपैयाँले बढेर प्रतिकित्ता ४२२ रुपैयाँमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२० प्रतिशत बढी हो । आइतबारको बजारमा कुल १४५ कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको १४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यसपछि बढी कारोबार गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । समग्रमा आइतबारको नेप्से परिसूचक १०.१४ अंकले ११९४ अंकमा झरेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह २९ अंकले घटेको छ । सो दिन ट्रेडिङ समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । ट्रेडिङ समूह सामान्य ०.८४ अंकले उकालो लागेको छ ।

एनसेलद्धारा ‘रिचार्ज एण्ड विन’ घोषणा, विजेताले पाए रू एक लाख पुरस्कार

एनसेल प्राइभेट लिमिटेडले चाडपर्वलाई मध्यनजर गरि संचालन गरेको ‘रिचार्ज एण्ड विन’को नवौं/दशौं विजेता घोषणा भएका छन् । भाद्र १७ गते देखि कार्तिक २४ गतेसम्म संचालन गरि प्रत्येक हप्ता १० जना ग्राहकलाई एक लाख नगद प्रदान गरिएको छ । प्रमाणिकरण प्रक्रिया अनुसार दुवैहप्ताका विजेतालाई नगद एक लाख प्रदान हस्तान्तरण गरियो । एनसेल लिगल एण्ड कर्पाेरेट सर्भिसज्े निर्देशक रमेश घिमिरेले नवौं विजेताहरुमा पाँचथरका विनोद थोर्लिहाङ्ग, मोरङ्गका श्याम राजवंशी र कपिलवस्तुका डुख राम थारुलाई एक लाख प्रदान छन् । त्यस्तै घिमिरेले दशौं हप्ताको विजेतामा महोत्तरीका सूर्यनारायण कापरी, कास्कीका सोना गुरुङ्ग र गोरखाका सुमन श्रेष्ठ, सर्लाहीबाट दिना कुमारी कालिकोटी, कैलालीबाट सुदिप चौधरी र काठमाडौंबाट सुजित राजबहाकलाई हस्तान्तरण गरेका छन् । दशौं हप्तासम्म आइपुग्दाँ ‘रिचार्ज एण्ड विन’अफर पनि समापन घोषणा भएको छ । सय जना भाग्यशाली विजेताले एक लाख जित्न सफल भई सकेका छन् । काठमाडौं बाहिरका अवस्थित एनसेल सेन्टरबाट नगद पुरस्कार प्रदान गरिने जनाएको छ । अफर अन्तर्गतको नगद पुरस्कार कम्पनीले व्यहोर्ने गरेको जनाएको छ ।

नवलपरासीका कहर बने प्रभुको दशैं योजनाको विजेता

काठमाडौं । प्रभु मनि ट्रान्सफरको दशैं योजनाको विजेता नवलपरासीका रामजित कहर बनेका छन् । ट्रान्सफरको “महान चाड दशैं र तिहार खुसियालीसँगै प्रभुको उपहार” नामक योजनाअन्तर्गत विजेता कहरले हेलिकप्टरबाट हलेसी महादेवको दर्शन गर्ने मौका पाएका छन् । यो योजना अवधिभर कहरलाई कतारबाट नेपालमा राम कृपाल कहरले रकम पठाएका थिए । यो योजनामा विभिन्न ग्राहकहरुले लाभ उठाएका थिए । योजनामा विभिन्न देशभरबाट नेपालमा रकम पठाउने ग्राहकहरु संलग्न रहेका थिए ।

विगत २२ वर्षदेखि सुर्खेतकाे एक शिक्षक अाफ्नाे पेशा छाडेर तरकारीखेतीमा

  काठमाडौं । सुर्खेतको लेकबेँसी नगरपालिका–६ बाघखोरका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट भएका छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा नै रहेको बताउँदै आएका छन् । विसं २०५३ मा नेरा प्रावि रानागाउँ सुर्खेतमा शिक्षक शर्मा पछि त्यो पेशालाई छाडेर तरकारीखेती गर्न लागे २२ वर्ष भएकाे बताएका छन् । शुरुमा काँक्रा फलाएर स्थानीय बजारमा लिएर पाँचदेखि १० मा बिक्री गर्न थालेपछि साथीसङ्गी अचम्मित भएको उनको भनाई रहेको छ । शिक्षक जागिर छाडेर कृषि गर्न लागेका शर्मालाई त्यतिबेला गाउँलेसमेतले पागल बनाए । काँक्रो फलाएर तरकारीखेती शुरु गरेका शर्मा भने यतिबेला सबैका प्रेरणाका स्रोतका रुपमा परिचित रहेका छन्। हिजो पागल बनाउने गाउँले आजभोलि उनकै बारीमा आएर ताजा तरकारी किन्छन् र भन्छन्,अहिले तपाईंको तरकारीखेती र श्रम देखेर हामी पागल भएको बताउँदै आएका छन् । आफ्नो खर्च कटाएर मासिक ४० देखि ५० हजार आम्दानी गर्दै आएका शर्माले नेपालमा सबैभन्दा स्वाभिमान पेशा नै कृषि भएको जिकिर गरेका छन् । जहाँ किसान स्वयंले उत्पादित वस्तुको मूल्य निर्धारण गरेर अरुलाई बेच्छ । आफँैले चाहेको ताजा तरकारी खान्छ र सधैँ श्रमशील जीवनसँगै कृषि पाठशालामा रमाएर स्वच्छ खाना, हावापानीको प्रयोग गर्दछ । लेकबँेसी नगरपालिकाका अगुवा कृषकका रुपमा मानिने शर्माले दुई रोपनी जमीनमा तरकारी खेती गरेका छन् । त्यही व्यवसायको सहयोगले परिवारका छ सदस्यमा एक छोरा नेपाल प्रहरी र अर्को नेपाली सेनामा जागिर भए भने दुवै बुहारी स्नातक तहमा अध्ययनरत छन् । बाह्रै महीना सडक सञ्चालन नहुँदा लेकबेँसीका कृषकको उत्पादित वस्तुको बजारीकरणमा समस्या भएको उनको गुनासो रहेको छ । दाम, नाम र माम दिलाउने कृषि पेशा नेपालमा कमजोर दृष्टिले हेरिनु दुर्भाग्य भएको बताउँदै खाडी मुलुकमा हाम्रा युवा ५०/५५ डिग्री सेन्टिग्रेडको ताप र चापमा काम गर्दा ठूलो ठान्छन् तर आफ्नै देशमा पसिना चुहाएर कृषि व्यवसाय गर्न लाज मान्ने कुरालाई पनि जोड दिएका छन् । आफ्नो देश, श्रम र पेशालाई सम्मान गर्न नसकेकै कारण नेपाल र नेपाली पछि परेको जनाएका छन् । समृद्धि कृषि सहकारी संस्था लिमिटेड सुर्खेतको संस्थापक उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका शर्माले आजभोलि गाउँका किसानलाई तरकारीखेती गर्ने विधि, बीउबिजनको गुणस्तर छनोट, रोग किरा नियन्त्रण, जैविक विषादी निर्माण तथा उत्पादनका विषयमा पनि किसानलाई सिकाउँदै आएका छन् । लेकँबेसी नगरपालिकालाई तरकारी पकेट क्षेत्रका रूपमा घोषणा गर्न उनले प्रदेश सरकारलाई अनुरोध समेत गरेका छन् । रासस