एनसेल प्राइभेट लिमिटेडले चाडपर्वलाई मध्यनजर गरि संचालन गरेको ‘रिचार्ज एण्ड विन’को नवौं/दशौं विजेता घोषणा भएका छन् । भाद्र १७ गते देखि कार्तिक २४ गतेसम्म संचालन गरि प्रत्येक हप्ता १० जना ग्राहकलाई एक लाख नगद प्रदान गरिएको छ ।
प्रमाणिकरण प्रक्रिया अनुसार दुवैहप्ताका विजेतालाई नगद एक लाख प्रदान हस्तान्तरण गरियो । एनसेल लिगल एण्ड कर्पाेरेट सर्भिसज्े निर्देशक रमेश घिमिरेले नवौं विजेताहरुमा पाँचथरका विनोद थोर्लिहाङ्ग, मोरङ्गका श्याम राजवंशी र कपिलवस्तुका डुख राम थारुलाई एक लाख प्रदान छन् ।
त्यस्तै घिमिरेले दशौं हप्ताको विजेतामा महोत्तरीका सूर्यनारायण कापरी, कास्कीका सोना गुरुङ्ग र गोरखाका सुमन श्रेष्ठ, सर्लाहीबाट दिना कुमारी कालिकोटी, कैलालीबाट सुदिप चौधरी र काठमाडौंबाट सुजित राजबहाकलाई हस्तान्तरण गरेका छन् । दशौं हप्तासम्म आइपुग्दाँ ‘रिचार्ज एण्ड विन’अफर पनि समापन घोषणा भएको छ ।
सय जना भाग्यशाली विजेताले एक लाख जित्न सफल भई सकेका छन् । काठमाडौं बाहिरका अवस्थित एनसेल सेन्टरबाट नगद पुरस्कार प्रदान गरिने जनाएको छ । अफर अन्तर्गतको नगद पुरस्कार कम्पनीले व्यहोर्ने गरेको जनाएको छ ।