विकासन्युज

मजदुरको धम्कीपछि बजाजको रात्रिकालिन सर्भिस सेन्टर बन्द

काठमाडौं । मजदुर युनियनको धम्कीपछि बजाजले आफ्नो रात्रीकालिन वर्कशप बन्द गरेको छ । बजाज मोटरसाईकलको नेपाली बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ललितपुरको गुसिंगालमा रहेको रात्रीकालिन वर्कशप बन्द गरेको हो । गुसिंगालमा रहेको वर्कशपमा क्रियाशिल अखिल नेपाल अटोमेकानिक्स मजदुर संघ, एच.एच बजाज कमिटीले व्यवस्थापनलाई पत्र लेख्दै मंसिर ११ गतेदेखि रात्रीकालिन सेवा बन्द गर्ने बताएको थियो । मजदुरहरुले रात्रीकालिन सेवा बन्द गर्ने घोषणा गरेपछि कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

पप्पुका पक्षमा उभिँदै निर्माण व्यवसायी महासंघले भन्योः यस्तो चालाले देश असफल हुन्छ

काठमाडौं । पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्का नदिने निर्णय प्रति नेपाल निर्माण व्यवसायी महासंघले आपक्ति जनाएको छ । महासंघले विजप्ति प्रकाशित गरेर आफुलाई पप्पुका पक्षमा उभ्याएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले सिक्टा सिँचाई आयोजनाको डुडुवा नगर निर्माणमा ढिलाई गरेको भन्दै कोस्टल पप्पु जेभीलाई कालो सूचिमा राख्ने प्रक्रिया अघि बढाएको थियो । कालो सूचिमा राख्ने प्रक्रिया अघि बढेकाले पप्पुलाई नयाँ ठेक्का नदिन पनि कार्यालयले पत्राचार गरेको थियो । महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पप्पुको वचावट गरेका हुन् । उनले बिनाकारण पप्पुलाई नयाँ ठेक्का नदिन पत्राचार गरिएको र यस्तो कदमले देश नै असफलताको बाटोमा पुग्ने दावी समेत गरेका छन् ।

उच्च ब्याजदरले बचत खाताको पैसा मुद्दतीमा साेहोेरियो, बैंक गाउँमा पुग्दा संस्थागत निक्षेप घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती खातामा उच्च ब्याज प्रस्ताव गरेसँगै निक्षेपकर्ताहरुले बचत खाताको रकम मुद्दती खातामा सारेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्थासम्बन्धी तथ्याङ्कले उक्त अवस्था देखाएको हो । उक्त तथाङ्क अनुसार निक्षेपकर्ताहरुले कुल निक्षेपको ४६.२ प्रतिशत रकम मुद्दती खातामा राखेका छन् । यो परिमाण अघिल्लो आर्थिक वर्षको सोही समयमा ४२.५ प्रतिशत मात्र थियो । मुद्दती खातामा रहेको निक्षेपको हिस्सा बढ्दा बचत खाताको हिस्सा भने घटको छ । समीक्षा अवधिमा बचत खातामा ३५ प्रतिशत निक्षेप रहेको छ जुन अघिल्लो आर्थिक बर्षको सोही समयको तुलनामा १.१ प्रतिशत कम हो । चल्ती खाताामा रहेको निक्षेपका हिस्सा पनि समीक्षा अवधिमा घटेको पाइएको छ । अघिल्लो बर्ष ८.३ प्रतिशत रहेकोमा यो वर्ष ८ प्रतिशतमा झरेको छ । संस्थागत निक्षेपको आकार घट्यो बैंक तथा वित्तीय संस्थामा रहेको कुल संस्थागत निक्षेपमध्ये समीक्षा अवधिमा संस्थागत निक्षेपको आकार घटेर ४३.८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष त्यो हिस्सा ४५.९ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई अनिवार्य रुपमा प्रत्येक स्थानीय तहमा शाखा खोल्न भनेपछि त्यसले ग्रामीण जनतासम्म बैंक पुगेको र बैंकिङ च्यानलबाट बाहिर रहेको जनताको पैसा यो च्यानलमा आएकोले संस्थागत निक्षेपको आकार घटेको हो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल ७५३ स्थानीय तहहरु मध्ये ६७७ स्थानीय तहमा वाणिज्य बैंकका शाखाहरु पुगेका छन् ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको मंसिर १७ गते बुक क्लोज, २१% नगद लाभांश दिने

काठमाडौं । एनएमबि म्युचल फण्ड अन्तर्गत संचालित एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१ को आगामी मंसिर १७ गते बुक क्लोज हुँदै छ । संस्थाले सेयरधनीलाई नगद लाभांश वितरण गर्नको लागि उक्त एक दिन इकाईधनी दर्ता किताब बन्द गर्न लागेको हो । संस्थाले आफ्ना इकाईधनीहरुलाई २१ दशमलब ०५२६३ प्रतिशत नगद लाभांश दिने लागेको छ । फण्डले २०७४/७५को नाफाबाट सो मात्राको लाभांश वितरण गर्न लागेको हो । फण्डले आफ्ना इकाईधनीहरुलाई करसहित सो मात्राको नगद लाभांश दिन लागेको हो । उक्त निर्णय फण्डको सञ्चालक समितिको बैठकले गरेको हो ।

डढेलधुराको जोगबुढामा कृषि विकास बैंक

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले डढेलधुरा जिल्लाको जोगबुढामा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समिति सदस्य घनश्याम अवस्थी, बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र परशुराम नगरपालिका प्रमुख भिमबहादुर साउदले संयुक्त रुपमा गरेका छन् । उदघाटन समारोहमा परशुराम नगरपालिका मेयरसाउदले बैंकको उच्च प्रगतिका लागि नगरपालिकाको तर्फबाट गर्नु पर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धताका साथ बैंकको उल्लेखनीय प्रगतीका लागि शुभकामना दिएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले बैंकले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रडक्टको बारेमा जानकारी गराएका छन् । साथै, बैंकले यस आर्थिक वर्षमा प्रत्येक प्रदेशमा कम्तीमा दुई वटा उत्पादनमुलक ठूला राम्रा परियोजनाका लागि वित्तीय लगानी उपलव्ध गराउने कार्यक्रम रहेको, व्यवसायीक कृषि परियोजनामा विशेष प्रथामिकताका साथ कर्जा लगानी गर्ने जानकारी दिइएको छ । त्यस्तै, भविष्यमा बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले बताए । त्यस्तै, बैंकका संचालक सदस्य अवस्थीले स्थानीय जनताको विशेष संरक्षणमा नै बैंकले भविष्यमा थप सुविधाहरु प्रदान गर्ने, बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने जस्ता कार्य गर्दै आएको बताएका छन् ।

आईएमई जनरल इन्स्योरेन्स र नाडेप लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । आइतबार मात्रै आईएमई जनरल इन्स्योरेन्स र नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । दुबै कम्पनीको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । आईएमईको ८० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२३.३३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४८६.६७ रुपैयाँ थियो । त्यस्तै, नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ७२६.१९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४१३.१० रुपैयाँ थियो ।

कञ्चनपुरमा आयुर्वेद चिकित्सा प्रभावकारी बन्दै, आवश्यक सामग्री नगरपालिकाको वडाले सहयोग गर्ने

काठमाडौं । पछिल्लो समय आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी बन्दै गएको छ । शुक्लाफाँटा नगरपालिका– १० मा रहेको झलारी आयुर्वेद औषधालयले सञ्चान गरेको निःशुल्क पञ्चकर्म आयुर्वेद बाथ, नशा, हाडजोर्नी दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या र डिपे्रसनका बिरामीका लागि मध्यनजर गर्दै औषधालयले सञ्चालन गरेको पञ्चकर्म आयुर्वेदिक चिकित्सा लिने बिरामीको सङ्ख्या बढ्न थालेको छ । पञ्चकर्म सेवा सञ्चालन गरिएपछि औषधालयबाट एक वर्षको अवधिमै तीन हजार २ सय ६३ जना बिरामीले सेवा लिएको औषधालयका कविराज तारादत्त पाण्डेयले बताएका छन् । जसमध्ये पुरुष एक हजार १५२ र महिला दुई हजार १११ जनाले सेवा लिएका छन् । चालु आर्थिक वर्षको असारदेखि हालसम्म महिला र पुरुष गरी पञ्चकर्म सेवा लिने बिरामीको सङ्ख्या एक हजार ७०० रहेको छ । चाप बढ्दै गईरहँदा पञ्चकर्म चिकित्सामा रोगनाशक अश्वगन्धा, तिल, ब्राम्ही तेलको सहायताले मालिस गरी शरीलाई पीडाबाटमुक्ति दिलाइ शरीरलाई स्फुर्ति गराइने वैद्य दिवाकर जोशीको भनाई रहेको छ । औषध द्रव्य र जललाई नाडी स्वेदयन्त्रमा राखी आगोमा उमालेपछि निष्कने बाष्प स्वेदन यन्त्र (बाष्प बाकस)मा बिरामीको टाउको बाहिर राखी मुनिबाट औषधियुक्त बाष्प प्रवेश गराई उपचार गरिने व्यवस्था गरेको जानकारी दिएका छन् । यन्त्रको सहायताले उपचार गराउँदा जोर्नीको समस्यासँगै पक्षघात, दम, खोकी, मुख बाङ्गिने, गर्धन कडा हुने, ढाडको दुखाइ, शारीरिक तथा मानसिक थकान कम गर्न सहायक हुने बताइएको छ । पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति सञ्चालनका लागि र आवश्यक सामग्री खरीद गर्न नगरपालिकाको वडा कार्यालयले एक लाख ५० हजार रकम उपलब्ध गराएको छ । बिरामीलाई प्राकृतिक रुपमा उपचार गर्ने सेवा औषधालयले सञ्चालन गरे पनि भौतिक पूर्वाधारको अभाव रहेको छ । कोठा अभावमा एउटै कोठामा पञ्चकर्म र औषधि वितरण गर्ने कक्ष राख्नु परेको छ ।पञ्चकर्म सेवा सञ्चालन गर्न र योगा गराउनका लागि ११ लाखको लागत अनुमान तयार गरी आयुर्वेदिक विभागमा पठाए पनि हालसम्म यसबारे सुनवाइ हुन नसकेको वैद्य जोशीले जनाएका छन् । औषधालय व्यवस्थापन समितिका पदाधिकारीले भत्ताको रकम जोगाएर औषधालयका लागि २० हजार मूल्य पर्ने अक्सिजन ब्लड सर्कुलेट्रि यन्त्र र १० हजार मूल्य पर्ने इलेक्ट्रिक म्याट खरीद गरेर बिरामीलाई सेवा दिएका छन् । औषधालयले बाथ, अनिन्द्रा, ग्याष्ट्रिक, दम खोकी, लिकोरिया, जोर्नी दुख्ने, कमलपित्त र छालाको समस्या लिएर आउने बिरामीको रोग यकिन गरी निःशुल्क उपचार गर्दै आएको छ । चूर्ण १२ प्रकारको, बटी १७ प्रकारको र एक प्रकारको तेल औषधालयबाट बिरामीलाई निःशुल्क दिइन्छ । सुत्केरी आमाका लागि दुग्धवद्र्धक सतावरी चूर्ण र सुत्केरी पछि मालिस गर्ने तेल समेत उपलव्ध गराइन्छ । वृद्धवृद्धाका लागि थकान कमगर्ने अश्वगन्धा निःशुल्क प्रदान गरिने व्यवस्थाले महिला र वृद्धबृद्धाको आकर्षण बढेको छ । रासस

नागरिक लगानी कोषको मंसिर १६ गते बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै

काठमाडौं । नागरिक लगानी कोषको आगामी मंसिर १६ गते बुक क्लोज हुँदै छ । कोषले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो । यस संस्था आगामी पुस ६ गते २३औँ वार्षिक साधारणसभा बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको भृकुटीभण्डपस्थित नेपाल पर्यटन बोर्डमा बस्ने छ ।