लगानीकर्ताले मंसिर २३ गतेबाट युजर नेम र पासवर्ड पाउने छन्- महाप्रबन्धक साउद
काठमाडौं । नेपाल स्टक एक्स्चञ्ज(नेप्से)का महाप्रबन्धक चन्द्रसिहं साउदले लगानीकर्ताले आगामी मंसिर २३ गतेबाट युजर नेम र पासवर्ड पाउने बताएका छन् । सोमबार बसेको नेप्से र वाइकोबीचको बैठकमा महाप्रबन्धक साउदले साे दिनदेखि लगानीकर्ताले युजर नेम र पासवर्ड प्रयोग गरेर सेयर खरिद बिक्री गर्न पाउने बताएका हुन् । उनका अनुसार सेयर लगानीकर्ताले अर्को हप्ताबाट तालिमका लागि युजर नेम र पासवर्ड पाउने छन् । साथै, जनवरी १ देखि अनिवार्य अनलाईन कारोबार हुने साउदले बताए । युजर नेम तालिमको लागि इच्छुक लगानीकर्ताले २३ गतेदेखि कारोबार गर्न सक्नेछन् । तर, बैठकमा लगानीकर्ताले तालिम चाँहिदैन भने विरोध गरीरहेका छन् ।
बाँकेमा जोनकाे नयाँ प्रविधिको शुरुवात, किसान मकैखेतीतर्फ आकर्षित
काठमाडौं । बाँकेका किसान बीउ छर्ने र मल हाल्ने प्रविधि भित्रिएसँगै मकैखेतीतर्फ आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मकै जोनले नयाँ उपकरण उपलब्ध गराएपछि किसानले गत वर्षदेखि उपकरणको प्रयोग गर्न थालेका छन् । यसरी बीउ छर्दा छिटो हुने भएकाले समयको बचत हुने मकै जोनका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत देवेशकुमार मिश्रको भनाई रहेको छ । डुडुवा गाउँपालिका– ६ हिरमिनियाका जयपाल मौर्यले मकै छर्ने र रासायनिक मल हाल्ने काम मेसिनले एकसाथ गरेकाले समय र लागतको बचत भएको छ । कामदार पाउन समस्या भएको बेला नयाँ प्रविधिकशा कारण खेती गर्न सहज हुने भएको छ । १२ हेक्टर जमीनमा मेसिनद्वारा मकै छरेको र यसवर्ष ‘सिड ड्रिल मेसिन’मार्फत ४० हेक्टरमा मकै छर्ने योजना बनाएका छन् । मकै जोन लागू भएपछि मकैखेतीको क्षेत्रफल र मकैखेती गर्नेको सङ्ख्या बढेको बताउदै जिल्लामा ३५ कृृषक समूह र सहकारीमा आवद्ध एक हजार पाँच सयभन्दा बढी कृषकले मकैखेती गर्दै आएका जनाएका छन् । पछिल्लो समय जिल्लामा धान रोप्ने, गहुँ छर्ने र काट्ने मेसिनको प्रयोग गर्ने कृषकको सङ्ख्या बढ्दै गएको छ । रासस
सनराइज बैंकका ग्राहकलाई भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १० प्रतिशत छुट
काठमाडौं । सनराइज बैंकले ग्राहकहरुलाई उच्चस्तरीय सुबिधा दिने उद्देश्यले भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार अब सनराइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहकले यस हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट पाउनेछन् । सो सम्बन्धि सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र हस्पिटलका तर्फबाट प्रमुख अन्तर्राष्ट्रिय बजार प्रबन्धक अजय भार्दवाजले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार सनराइज बैंकका ग्राहकले साधारण परिक्षण देखि भर्ना खर्च सम्ममा १० प्रतिशतसम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने-पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा विशेष छुट प्राप्त पाउनेछन् । इन्द्रप्रस्थ अपोलो हस्पिटल भारत स्थित एक प्रतिष्ठित हस्पिटल हो जसले विभिन्न १४० देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
स्थानीय सेवाग्राहीलाई लक्षित गर्दै, डडेलधुरामा कृषि विकासको एटिएम सेवा शुरू
काठमाडौं । डडेलधुरा बजारमा कृषि विकास बैंक लि. को एटिएम सेवा सुचारु भएको छ । गत कात्तिक १७ गते बैंकका संचालक घनश्याम अवस्थी र बैंक प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । क्षेत्रिय कार्यलय धनगढीका निर्देशक हरिश्चन्द्र यादवको नेतृत्वमा उक्त उद्घाटन भएको हो । सर्वसाधारण तथा सेवाग्राहीको व्यापक उपस्थिति रहेको त्यस कार्यक्रममा बैंकका प्रमुख अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथी लिला प्रकास सिटौलाले बैंकको उत्पादन (भिसा कार्ड, आइपिएस, इन्टरनेट बैंकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधा, मोवाईल बैंकिङ्ग, एसएमएस ) बारेमा जानकारी दिएको छ । बैंकले सबै भन्दा ठूलो र स्पस्थ वाणिज्य बैंकको रुपमा रहन सफल भएको र स्थानीय जनताको माया , ममता, निरन्तर सहयोग भएमा बैकले बढी लगानी, बचत भएको रकम कृषि लि.मा नै अनुरोध समेत आग्रह गरेका छन् । बैंकिङ्ग सेवा सुविधा उपलब्ध गराउने विषय प्रकाश पार्दै सुरक्षित मोनासिव प्रतिफलका लागि आफुसँग रहेको जे जति बचत भएको रकम बचत गर्न अनुरोध गरेका छन् ।
सेयर लगानीकर्ताले नेप्से घेरे, लगानीकर्ताले एक साताभित्र युजर नेम र पासवर्ड पाउने
काठमाडौं । सेयर बजारका लगानीकर्ताले सोमबार विहानै नेपाल स्टक एक्स्चञ्ज (नेप्से)को कार्यालय घेराउ गरेका छन् । उनीहरुले अनलाईन कारोबार सहज बनाउने माग गरेका छन् । अनलाइनमा काराेबार गर्न लगानीकर्तालार्इ युजरनेम र पासवर्ड दिनु पर्ने माग गरेका छ । जवाफमा नेप्सेकाे लागि सफ्टवेयर सेवा प्रदायक कम्पनी वाइकाेका प्रबन्ध निर्देशक दिपेश प्रधानले लगानीकर्तालार्इ एक साताभित्र युजर नेम र पासवर्ड उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । अाजै नेप्से र वाइकाेबीचकाे बैठकले युजर नेम पासवर्ड वितरणबारे अन्तिम निर्णय लिने नेप्सेकाे महाप्रबन्धक चन्द्रसिहं साउदले बताए । हाल नाम मात्रकाे अनलार्इन काराेबार प्रणाली लागू गरेकाे भन्दै लगानीकर्ता नेप्सको नेतृत्वको नियत र क्षमताको बारेमा समेत आलोतना गर्दै नेप्से परिसरमा मुर्दाबादको नारा लगाएका छन् । https://bikashnewscdn.prixacdn.net/uploads/2018/11/video-1543212901.mp4 नेप्सेका महाप्रबन्धक चन्द्रसिह साउदले केही लगानीकर्तासँग भेटेर सिस्टममा सुधार प्रक्रिया जारी रहेको बताएका छन् । छाेटाे अवधिमा समस्या समाधान नभएमा सफ्टवेयर फिर्ता गरिने उनले बताए । उनले बजारमा आएको गिरावटले आफूलाई पनि चिन्तित बनाएको बताए । नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष छोटेलाल रोनियारले पुँजी बजारमा १५ लाख भन्दा बढी मानिसका अर्बौ लगानी डुब्दै गएको तर सरकारी निकायहरु यस बजार विकासमा सहयोगि नबनेको बताए । ‘बजारमा निरन्तर गिरावट आएको छ । लगानीकर्ताले दिनदिनै गुमाईरहेका छन् । लगानीकर्ताको घरघरमा रुवाबासी चलेको छ । नेप्से, सेबोन, अर्थमन्त्रालयका अधिकारीहरु यो क्षेत्रलाई समाल्ने दिशामा कुनै पहल गरिरहेका छैनन् । अनलाईन कारोबार शुरु भएपछि बजारमा झन् समस्या थपिएका छन् । पुँजीबजारप्रति लगानीकर्ताको विश्वास गुम्दै गएको छ’ रौनियारले भने ।
बैंक अफ काठमाण्ठूले ल्यायाे नयाँ योजना, रिचार्जमा १० प्रतिशत छुट पाइने
काठमाडौं । बैंक अफ काठमाण्ठूले नयाँ मोवाइल बैंकिङ्ग सेवा ल्याएको छ । बैंकले ग्राहकवर्गलाई मध्यनजर गर्दै उक्त सेवा स्मार्टबाट ग्राहकले नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइल टप अप रिचार्जको व्यवस्था ल्याएको छ । उक्त रिचार्ज रकममा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । यस योजना सीमित अवधिका लागि मात्र लागु हुने बैंकले जानकारी दिएको छ । योजना सम्बन्धी विस्तृत जानकारी बैंकको आधिकारीक वेबसाइटबाट प्राप्त गर्न सकिने छ ।
रिटोटलिङ र माइग्रेसन फारम हरेक क्याम्पसमा निःशुल्क भर्न पाइने
काठमाडौ । एकजना विद्यार्थीले गरेको गुनासोबाट धेरै विद्यार्थीलाई राहत हुने गरी रिटोटलिङ र माइग्रेसनको लागि भर्नुपर्ने फारम सम्बन्धित क्याम्पसमा सहज उपलब्ध हुने भएको छ । गत कात्तिक २७ गते विराटनगरका विद्यार्थी गङ्गा पोदारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन शाखास्थित हेल्लो सरकारमा फोन गरेर ‘मोरङको विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसमा निःशुल्क उपलब्ध हुुनुपर्ने रिटोटलिङ फारम क्याम्पस प्रशासनले नराख्ने भएकाले विद्यार्थीले बाहिरबाट किन्नुपरेको र त्यसको आधिकारिक भ्याट बिलसमेत पसल सञ्चालकले नदिने गरेको उजुरी हेल्लो सरकारमा टिपाएका थिए । हेल्लो सरकारबाट अनलाइन वेबपोर्टलमार्फत गुनासोलाई प्राथमिकतामा राखेर सम्बोधन गर्न भन्दै त्रिवि, केन्द्रीय कार्यालयमा गुनासो पठाएको थियो । त्यसपछि त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले उच्च प्राथमिकतामा राखेर सम्बोधन गर्न भन्दै गत कात्तिक २९ गते नै गुनासोलाई त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा पत्राचार गरी पठाएको थियो । क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरमा सो गुनासोको जानकारी प्राप्त भएपछि यही मङ्सिर ९ गते पूर्वाञ्चलका सबै क्याम्पसलाई लिखितरुपमा पत्राचार गर्दै कार्यालयले निःशुल्करुपमा रिटोटलिङ फारम र माइग्रेसन फारम क्याम्पस प्रशासनमा राखी विद्यार्थीलाई उपलब्ध गराउन निर्देशन दिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । पत्रसाथ रिटोटलिङ फारम र माइग्रेसन फारमका नमूनासमेत पठाएको कार्यालयका सहपरीक्षा नियन्त्रक अर्जुनविक्रम खड्काले जानकारी दिए । पूर्वाञ्चलमा रहेका त्रिविअन्तर्गतका सबै क्याम्पसले उल्लेखित फारम प्रशासनबाट निःशुल्करुपमा विद्यार्थीलाई वितरण गर्नुपर्नेछ । रासस
१० करोड लगानीमा १८ अर्ब नाफा, कर नतिरे पनि लाभांश लैजान छुट
काठमाडौं । नविल बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । उसले गत आर्थिक वर्ष ४ अर्ब ६ करोड रुपैयाँ नाफा गर्यो । यस बैंकले सेयर पुँजीको ५० प्रतिशत नाफा गर्यो । नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १० अर्ब ४७ करोड छ । यस बैंकले गत आर्थिक वर्ष ३ अर्ब ६२ करोड नाफा गर्यो । बैंकले लगानीमा ३४ प्रतिशत नाफा गरेको छ । ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ छ । गत वर्ष उसले २ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेको छ । यस बैंकले लगानीको २४ प्रतिशत नाफा गरेको छ । यी उदाहरण बढी नाफा गर्ने बैंकहरुको हो । बैंकहरुले अरब भन्दा बढी नाफा गरे भन्दै सञ्चार माध्यम र लगानीकर्ताको मञ्चहरुमा बारम्बार आलोचनात्मक वहस हुन्छ । बैंकहरुको चुक्ता पुँजी कम्तिमा आठ अर्ब हुन्छ । पुराना बैंकहरुको संचित मुनाफा (लगानीकर्तालाई वितरण नगरी राखेको पैसा) चुक्ता पुँजी भन्दा बढी हुन्छ । जस्तो नविलमा ८ अर्ब पुँजीसँगै १० अर्ब संचित मुनाफा पनि छ । सबैभन्दा कम पुँजी भएको सिभिल बैंकको कोर क्यापिटल करिव १० अर्ब रुपैयाँ छ । १० अर्ब पुँजी भएको बैंकले १ अर्ब नाफा गर्न सकेको छैनन् तर बैंकहरुले बढी नाफा गरे भनेर आलोजना हुन्छ जवकी लगानीकर्ताले जम्मा जम्मी १० प्रतिशत लाभांश लिन पाएका छैनन् । नेपाल टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । गत वर्ष उसको नाफा १५ अर्ब ६६ करोड रुपैयाँ छ । यो १०४ प्रतिशत नाफा हो । टेलिकमको नाफा आलोचनाको विषय बनेको छैन । यसको संचित नाफा ८० अर्बभन्दा बढी छ । झट्ट हेर्दा ठूला अंक भए पनि यी सबै नाफा झिनामसिना कुरा हुन् । औषत बैंकहरुले गर्ने १०/१५ प्रतिशत नाफाको नगरौ । बैंकहरु मध्ये सबैभन्दा बढी नाफा दिने नविल बैंकको ५० प्रतिशत नाफाको पनि कुरै छोडौ । नेपाल टेलिकमले गरेको १०४ प्रतिशतको नाफा पनि केही होइन । यहाँ १८०३० प्रतिशत नाफाको कुरा छ । विदेशी भूमिमा होइन, नेपाल कै भूमिका हो । यो नेपाली कम्पनीले गरेको नाफा हो । कम्पनीको नाम हो एनसेल प्राइभेट लिमिटेड । यस कम्पनीको चुक्ता पुँजी हो १० करोड रुपैयाँ छ । यस कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ मा गरेको खुद नाफा हो १८ अर्ब ३० करोड रुपैयाँ अर्थात लगानीको १८ हजार ३० प्रतिशत नाफा । अघिल्लाे वर्ष १७ अर्ब ८ कराेड खुद नाफा गरेकाे थियाे । अर्को नयाँ कुरा पनि छ । नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्न बाँकी रहेको विवादस्पद कम्पनी पनि हो एनसेल । यो कम्पनीले सरकारलाई कम्तिमा ६० अर्ब रुपैयाँ भन्दा बढी कर तिर्न बाँकी छ । कर नतिरे पनि यो कम्पनीलाई नेपालमा व्यवसाय विस्तार गर्न, लगानीकर्तालाई लाभांश खान, विदेश लैजान कुनै रोकतोक छैन । अरु कम्पनीका लागि हो भने नेपाल सरकारले कर दाहित्व पूरा नगरी लाभांश खान दिदैन थियो । एनसेल प्रालिको मुख्य लगानीकर्ता एक्जिएटाले विगत ८ महिना लाभांश बाफत मात्र करिव ३५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश लगेछ । जसले नेपालको अर्थतन्त्रमा गम्भीर झड्का समेत दिएको छ । एनसेलको प्रवद्र्धकले तीन पटक गरी करिव ३५ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सटही गरि विदेश लगेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले १ पटक १२ अर्ब रुपैयाँ, १ पटक १५ अर्ब रुपैयाँ र १ पटक ८ अर्ब रुपैयाँ गरि करिव ३५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सटही गरिदिएको छ । १० करोड रुपैयाँ सेयर पुँजी भएको एनसेलमा एक्जिएटाको ८ करोड रुपैयाँ (८० प्रतिशत) सेयर पुँजी छ । एनसेलमा एक्जिएटा प्रवेश गरेपछि ४४ अर्ब रुपैयाँ लाभांश लगेको छ । दुई वर्षअघि ९ अर्ब रुपैयाँ लाभांश लगेको थियो । करिब ६० अर्ब कर बक्यौता भएको कम्पनीलाई लाभांश दिन उद्योग विभाग र राष्ट्र बैंकले सहमति दिएपछि चौतर्फी विरोध भएको थियो । त्यसपछि राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले लाभांश लैजान रोकेको थियो । राष्ट्र बैंकले २०७४ असार २६ गते कर दाहित्व पूरा नगर्ने कम्पनीलाई लाभांश वाफतको सटही सुविधा नदिने निर्णय लिएको थियो । तर एनसेलले लाभांश लैजाना पाउनुपर्ने माग सहित सर्वोच्च अदालतमा मुद्दा हाल्यो । २०७४ पुसमा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एक्जियटालाई लाभांश विदेश लैजान अन्तरिम आदेश जारी गरेका थिए । सोही आधारमा राष्ट्र बैंकले लाभांश भुक्तानीको लागि विदेशी मुद्रा सटही सुविधा दिएको राष्ट्र बैंकमा अधिकारीहरुले बताए । ‘कानुन अनुसार राष्ट्र बैंकले विदेशी लगानीकर्तालाई प्रक्रिया पुरा गरी लाभांश लैजान मुद्रा सटही दिनैपर्छ । सर्वोच्च अदालतले पनि लाभांश नरोक्नु भएको छ । अर्थमन्त्रालयले पनि कर बक्यौता बाँकी रहेको कम्पनीलाई लाभांश रोक्न निर्देशन दिएको छैन, हामीले रोक्ने आधार छैन’ राष्ट्र बैंकका अधिकारीहरुले भनाई छ । एक्जियटालाई लाभांश सटही सुविधा दिँदा राष्ट्र बैंकको विदेशी मुद्रा संचितिमा गम्भिर समस्या आएको छ । ‘हामीले गाडी खरिदकर्तालाई ५० प्रतिशतभन्दा बढी कर्जा नदिन निर्देशन दिनुपर्यो । विदेशी जाने नेपालीले पाउने डलर सुविधा कटौति गर्नु पर्यो । आयातलाई नियन्त्रण गर्ने विकल्पमा जानुपर्यो’, उच्च अधिकारीले भने । एक्जिएटाले लाभांश विदेश लैजाना थालेपछि नेपाली बैंकहरुमा तरलताको संकट नै आएको छ । गत असार मसान्तसम्ममा एनसेलसँग संचित काेषमा ७८ अर्ब ८ कराेड रूपैयाँ छ । याे रकम पनि उसले क्रमश लैजाने प्रकृया अगाडि बढाएकाे छ । एक्जियटाले थप पैसा लगेमा विदेशी मुद्रा संचिति र वित्तिय क्षेत्रकाे तरलतामा थप समस्या अाउने अधिकारीहरूले बताएका छन् ।