उच्च ब्याजदरले बचत खाताको पैसा मुद्दतीमा साेहोेरियो, बैंक गाउँमा पुग्दा संस्थागत निक्षेप घट्यो

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती खातामा उच्च ब्याज प्रस्ताव गरेसँगै निक्षेपकर्ताहरुले बचत खाताको रकम मुद्दती खातामा सारेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्थासम्बन्धी तथ्याङ्कले उक्त अवस्था देखाएको हो । उक्त तथाङ्क अनुसार निक्षेपकर्ताहरुले कुल निक्षेपको ४६.२ प्रतिशत रकम मुद्दती खातामा राखेका छन् । यो परिमाण [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती खातामा उच्च ब्याज प्रस्ताव गरेसँगै निक्षेपकर्ताहरुले बचत खाताको रकम मुद्दती खातामा सारेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्थासम्बन्धी तथ्याङ्कले उक्त अवस्था देखाएको हो । उक्त तथाङ्क अनुसार निक्षेपकर्ताहरुले कुल निक्षेपको ४६.२ प्रतिशत रकम मुद्दती खातामा राखेका छन् । यो परिमाण अघिल्लो आर्थिक वर्षको सोही समयमा ४२.५ प्रतिशत मात्र थियो ।

मुद्दती खातामा रहेको निक्षेपको हिस्सा बढ्दा बचत खाताको हिस्सा भने घटको छ । समीक्षा अवधिमा बचत खातामा ३५ प्रतिशत निक्षेप रहेको छ जुन अघिल्लो आर्थिक बर्षको सोही समयको तुलनामा १.१ प्रतिशत कम हो ।

चल्ती खाताामा रहेको निक्षेपका हिस्सा पनि समीक्षा अवधिमा घटेको पाइएको छ । अघिल्लो बर्ष ८.३ प्रतिशत रहेकोमा यो वर्ष ८ प्रतिशतमा झरेको छ ।

संस्थागत निक्षेपको आकार घट्यो

बैंक तथा वित्तीय संस्थामा रहेको कुल संस्थागत निक्षेपमध्ये समीक्षा अवधिमा संस्थागत निक्षेपको आकार घटेर ४३.८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष त्यो हिस्सा ४५.९ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई अनिवार्य रुपमा प्रत्येक स्थानीय तहमा शाखा खोल्न भनेपछि त्यसले ग्रामीण जनतासम्म बैंक पुगेको र बैंकिङ च्यानलबाट बाहिर रहेको जनताको पैसा यो च्यानलमा आएकोले संस्थागत निक्षेपको आकार घटेको हो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल ७५३ स्थानीय तहहरु मध्ये ६७७ स्थानीय तहमा वाणिज्य बैंकका शाखाहरु पुगेका छन् ।

Share News