सेयर लगानीकर्ताले नेप्से घेरे, लगानीकर्ताले एक साताभित्र युजर नेम र पासवर्ड पाउने

<p>काठमाडौं । सेयर बजारका लगानीकर्ताले सोमबार विहानै नेपाल स्टक एक्स्चञ्ज (नेप्से)को कार्यालय घेराउ गरेका छन् । उनीहरुले अनलाईन कारोबार सहज बनाउने माग गरेका छन् । अनलाइनमा काराेबार गर्न  लगानीकर्तालार्इ युजरनेम र पासवर्ड दिनु पर्ने माग गरेका छ । जवाफमा नेप्सेकाे लागि सफ्टवेयर सेवा प्रदायक कम्पनी वाइकाेका प्रबन्ध निर्देशक दिपेश प्रधानले लगानीकर्तालार्इ एक साताभित्र युजर नेम [&hellip;]</p>

काठमाडौं । सेयर बजारका लगानीकर्ताले सोमबार विहानै नेपाल स्टक एक्स्चञ्ज (नेप्से)को कार्यालय घेराउ गरेका छन् । उनीहरुले अनलाईन कारोबार सहज बनाउने माग गरेका छन् ।

अनलाइनमा काराेबार गर्न  लगानीकर्तालार्इ युजरनेम र पासवर्ड दिनु पर्ने माग गरेका छ । जवाफमा नेप्सेकाे लागि सफ्टवेयर सेवा प्रदायक कम्पनी वाइकाेका प्रबन्ध निर्देशक दिपेश प्रधानले लगानीकर्तालार्इ एक साताभित्र युजर नेम र पासवर्ड उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । अाजै नेप्से र वाइकाेबीचकाे बैठकले युजर नेम पासवर्ड वितरणबारे अन्तिम निर्णय लिने नेप्सेकाे महाप्रबन्धक चन्द्रसिहं साउदले बताए ।

हाल नाम मात्रकाे अनलार्इन काराेबार प्रणाली लागू गरेकाे भन्दै लगानीकर्ता नेप्सको नेतृत्वको नियत र क्षमताको बारेमा समेत आलोतना गर्दै नेप्से परिसरमा मुर्दाबादको नारा लगाएका छन् ।

नेप्सेका महाप्रबन्धक चन्द्रसिह साउदले केही लगानीकर्तासँग भेटेर सिस्टममा सुधार प्रक्रिया जारी रहेको बताएका छन् । छाेटाे अवधिमा समस्या समाधान नभएमा सफ्टवेयर फिर्ता गरिने उनले बताए ।  उनले बजारमा आएको गिरावटले आफूलाई पनि चिन्तित बनाएको बताए ।

नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष छोटेलाल रोनियारले पुँजी बजारमा १५ लाख भन्दा बढी मानिसका अर्बौ लगानी डुब्दै गएको तर सरकारी निकायहरु यस बजार विकासमा सहयोगि नबनेको बताए ।

‘बजारमा निरन्तर गिरावट आएको छ । लगानीकर्ताले दिनदिनै गुमाईरहेका छन् । लगानीकर्ताको घरघरमा रुवाबासी चलेको छ । नेप्से, सेबोन, अर्थमन्त्रालयका अधिकारीहरु यो क्षेत्रलाई समाल्ने दिशामा कुनै पहल गरिरहेका छैनन् । अनलाईन कारोबार शुरु भएपछि बजारमा झन् समस्या थपिएका छन् । पुँजीबजारप्रति लगानीकर्ताको विश्वास गुम्दै गएको छ’ रौनियारले भने ।

Share News