फास्ट ट्रयाकमा संसदिय समितिको भाँजोः खोकनाबासीको मुआब्जा बढाऊ, सम्पदा जोगाऊ
काठमाडौं । काठमाडौं र तराई मधेशलाई जोड्ने बहुप्रतिक्षित फास्ट ट्रयाक आयोजनामा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भाँजो हालेको छ । समितिले मुआब्जा रकम बढाउन र खोकनाबासीका माग सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको हो । शुक्रबार बसेको समिति बैठकले खोकना बासीलाई मुआब्जाको रकम कम भएकाले सो वृद्धि गर्न र सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरु नमास्न पनि निर्देशन दिएको छ । समिति सभापति शशि श्रेष्ठले फास्ट ट्रयाक निर्माणका क्रममा खोकना र बुङमति बासीमाथी अन्याय भएको बताउँदै आएकी थिईन् । उनले विकासका नाममा सम्पदा मास्न लागिएको, नागरिकको सम्पति कौडीको भाउमा हडप्न खोजिएको आरोप लगाएकी थिईन् । समितिमा उपस्थित भएका रक्षामन्त्री इश्वर पोखरेलले फास्ट ट्रयाक राज्य व्यवस्था तथा सुशासन समितिको क्षेत्राधिकारभित्र नपर्ने बताउँदै विकास तथा प्रबिधी समितिलाई छाडिदिन आग्रह गरेका थिए । तर राज्य व्यवस्था समितिले मानविय सम्वेदन जोडिएको भन्दै आयोजना अघि बढाउनै नमल्निे गरि निर्देशन दिएको हो । खोकना र बुङमतिका स्थानीय बासिन्दालाई मुआब्जा बढाउने हो भने फास्ट ट्रयाकमा परेका सबै नागरिकले मुआब्जा नपुगेको भन्दै आन्दोलन गर्ने सम्भावन रहेको छ । त्यस्तै, देशैभर मुआब्जा पुनरावलोकनको आवाज उठ्नेछ । बिहिबारको बैठकमा गृहमन्त्री राम बहादुर थापाले फास्ट ट्रयाकमा मुआब्जा बढाउँदा देशैभर समस्या आउने चिन्ता व्यक्त गरेका थिए ।
एकमात्र यस्तो विद्यालय जहाँ एउटा कोठामा ४ वटा कक्षा सञ्चालन हुन्छ
धादिङ । एउटा कोठामा पनि सबै विद्यार्थीलाई पढाउन नहुने भएपछि भिन्दाभिन्दै सेक्सन बनाएर पढाइ गर्ने गरेको र यसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धि बढी हुने गरेको तथ्य सुन्ने गरिएको छ । तर धादिङको एउटा विद्यालयमा एउटा कोठामा चारवटा कक्षा सञ्चालन भइरहेको भन्ने सुन्दा अचम्म लाग्न सक्छ । कुचुक्क परेको सानो कोठा । सबै चेपाङ समुदायका बालबालिका नाङ्गै खुट्टा विद्यालय आउने गर्छन् । कक्षामा विद्यार्थी चारतिर फर्केर बस्छन् । दुई शिक्षक एकैपटक कोठामा जान्छन् । आफ्नो विषय पढाएर फर्कन्छन् । धादिङको बेनीघाटरोराङ गाउँपालिका वडा नं २ चोतेस भन्ने दुर्गम गाउँमा अवस्थित बागेश्वरी आधारभूत विद्यालयमा यसरी चार कक्षा एउटै कोठाबाट वर्षौंदेखि पढाइ भइरहेको छ । तर शिक्षामा लगानी गर्नेको ध्यान जान सकेको छैन । विद्यालयमा जम्मा एउटा कोठा छ, बालकक्षादेखि कक्षा तीनसम्म पढाइ हुन्छ । दुई शिक्षक सँगै जान्छन् । विद्यार्थी तिनतिर फर्काएर पढाउछन् । यो विद्यालयको नियमित कार्य भएको छ । कक्षाकोठाको अभावका कारण एकै ठाउँमा सबै कक्षाका बालबालिकालाई राखेर अध्ययन अध्यापन गराउनुपर्ने बाध्यता रहेको बताउँदै, एकै कोठा धेरै कक्षा विद्यार्थी राख्दा सिकाइ क्रियाकलाप प्रभावकारी नहुने शिक्षक बुद्धिमाया तामाङको भनाइ छ । विद्यालयमा राज्यले निर्धारण गरेको न त भूकम्प प्रतिरोधी भवन नै छ न त अपाङ्गतामैत्री लैङ्गिकमैत्री कक्षाकोठा नै छ । विद्यालय हाता साँघुरो छ, न खेल मैदान न त शौचालय नै छ । भएको भवन पनि कच्ची छ, बाल शिक्षादेखि कक्षा ३ सम्म ५५ जना विद्यार्थी रहेको यस विद्यालयमा सरकारी दरबन्दीको शिक्षक छैनन् । सबै चेपाङ बालबालिकामात्र अध्ययन गर्न आउने उक्त विद्यालयमा गाउँपालिकाको अनुदानमा एक जना शिक्षक राखिएको छ भने अन्य एक जना गाउँलेले नै स्रोत जुटाएर शिक्षक राखेका छन् । जीर्ण भवन, शिक्षकको अभाव र शौचालयको अभावले यस विद्यालयका बालबालिकाले निकै दुःख खेपिरहनुपरेको छ । रासस
नेशनल माइक्रोफाइनान्सको ४० प्रतिशत लाभांश पारित, सञ्चालकमा ४ जना निर्वाचित
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रस्तावित ४० प्रतिशत लाभांश पारित भएको छ । संस्थाको शुक्रबार सम्पन्न पाचौँ वार्षिक साधारणसभाले सेयरधनीलाई २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेअनुसार संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने छ । सो मात्राको बोनस पश्चात संस्थाको चुक्ता पुँजी बढेर १५ करोड ४ लाख रुपैयाँ नाघेको छ । साथै, सभाले सस्थापक तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचित गरेको छ । जसमा नेपाल इन्भेष्टमेण्ट बैकको तर्फबाट रबिन सिंजापती र बरुण श्रेष्ठ, कुमारी बैंकको तर्फबाट राजिव गिरी तथा केशवप्रसाद आचार्य निर्वाचित भएका छन् । हालसम्म संस्थाले कर्जा २ अर्ब ६३ करोड र बचत ८४ करोड रुपैयाँ भन्दा बढी संकलन गरेको छ ।
पोखरा फाइनान्स गोरखाको पालुङटारमा
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गोरखाको पालुङटारमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङ तथा पालुङटार नगरपालिकाका नगर उप-प्रमुख पम्फा बसेलले संयुक्त रुपमा गरेका छन् । उक्त कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघ, पालुङटार इकाईका उपाध्यक्ष आशिष देवकोटा तथा बजार व्यवस्थापन समितिका अध्यक्ष तेजु गिरी, समाजसेवी विमल ढकालले मन्तव्य दिएका छन् । साथै वित्तीय संस्थाका कार्यकारी प्रमुखबाट स्वागत एवं अध्यक्ष भुवनसिंङ गुरुङले धन्यवाद दिएका छन् । चुक्ता पुँजी ८५ करोड ७२ अर्ब रुपैयाँ रहेको यस वित्तीय संस्थाले उक्त नयाँ शाखा मार्फत् निक्षेप एवं कर्जा, मोबाइल बैंकिङ तथा एटीएम लगायतका सेवा दिने कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिएका छन् ।
भ्रष्ट्राचारको अखडा बन्दै कम्पनी रजिष्ट्रार, ७ हजारको लोभमा यसरी फसे पूर्णचन्द्र आत्रेय
काठमाडौं । त्रिपुरेश्वर स्थीत कम्पनी रजिस्ट्रारको कार्यलय भ्रष्ट्राचारको अखडा बन्दै गएको छ । रजिष्ट्रार कार्यलयमा कार्यरत तल्लोदेखि माथिल्लो तहको कर्मचारी भ्रष्ट्राचारको आरोपमा फस्दै गएका छन् । शुक्रबार आकस्मात अख्तियार टोली कम्पनी रजिष्ट्रार कार्यालय पुग्यो । टोलीले मुल गेटमा ताला लगाई भित्र छापा मार्न थाल्यो । केहि समयमै करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेय ७ हजार घुस रकम सहित पक्राउ परे । आत्रेयमाथि शेयरधनीहरुको शेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागी सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम मागेको दाबी गरेको छ । अख्तियारले पूर्णचन्द्र आत्रेय र बिचौलियाको काम गर्ने सरीता कार्कीलाई समेत पक्राउ गरेको छ । रष्जिष्ट्रारको कार्यालयमा घुस बिना काम नै अघि नबढ्ने एक सेवाग्राहिले बताए । नाम उल्लेख नगर्ने सर्तमा ती सेवाग्रमहीले भने प्रत्येक फाइल अघि बढाउन ४ सय देखि १ हजार घुस दिनैपर्छ । यसअघि कम्पनी मालिकलाई थाहै नदिई अर्बौको सम्पती अर्को व्यक्तिको नाममा गरेको आरोपमा २ उपरजिष्ट्रार सहित ६ जना कर्मचारीलाई सीआईबीले पक्राउ गरेको थियो । याे पनि हेर्नुहाेस् ७० करोड घोटाला काण्डस् १२ लाखको लोभमा यसरी फसे २ उपसचिव, २ अधिकृतसहित ६ कर्मचारी
सचिव गुरुङको नेतृत्वमा टेलिकमको प्रबन्ध निर्देशक छान्न ३ सदस्यीय समिति गठन, अर्को हप्ता आवेदन खुल्ने
काठमाडौं । सरकारले नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक नियुक्तिको लागि ३ सदस्यीय समिती गठन भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा ३ सदस्यीय समिती गठन भएको हो । समितीमा विज्ञको रुपमा उमाकान्त पराजुलीलाई राखिएको छ भने मन्त्रालय प्रशासन महाशाखाकी प्रमुख राधिका अर्याल सदस्य रहेका छन् । सरकारले मंसिर १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३ सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेको थियो । समितीले केहिदिनमै आवेदन खुलाउने मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए । नेपालको सबैभन्दा ठुलो टेलिकम कम्पनीको रुपमा रहेको नेपाल टेलिकममा नयाँ नेतृत्वबारे चर्चा सुरु भएको हो । गत साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालिन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि टेलिकममा कार्यकारी प्रमुखको पद रिक्त थियो । भण्डारीले आफ्नो बर्खास्तीको निर्णय गैरकानूनी भएको भन्दै पुनर्बहालीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटविरुद्ध सरकारले अन्तरिम आदेश नदिएपछि सरकारलार्इ नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि बाटो खुलेको थियो । उक्त समितिले प्रबन्ध निर्देशकमा खुल्ला प्रतिस्पर्धाका लागि आव्हान गर्नेछ । प्रबन्ध निर्देशकका आकांक्षीहरुमध्ये छनौट समितिले उत्कृष्ट ती जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने व्यवस्था छ । प्रवक्ता तिवारी अनुसार गठित समितिले काम सुरु गरेको २१ दिनभित्र आवेदकहरुबाट छानेर ३ जनाको नाम मन्त्रिपरिषदमा पेश गर्नेछ । सिफारिस भएका तीन जनामध्ये एकलार्इ मन्त्रीपरिषदले प्रबन्ध निर्देशकको रुपमा नियुक्त गर्नेछ । नेपाल दूरसञ्चार प्रधिकरणको तथ्याकं अनुसार हाल टेलिकमका १ करोड ९५ लाख प्रयोगकर्ता छन् जुन कुल प्रयोगकर्ताको ४० प्रतिशत हो । कुल १५ अर्ब चुक्ता पुँजी भएको उक्त कम्पनीमा जनताको समेत लगानी छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब १५ अर्ब भन्दा बढी छ जुन सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो । टेलिकममा हाल सूर्यभक्त पोखरेलले कामु प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरिरहेका छन् । लामो समयदेखि टेलिकममा प्रमुख कार्यकारी नहुँदा कम्पनीको दैनिक प्रशासनिक कार्यमा समेत असर परेको टेलिकम स्रोतको दाबी छ । सरकारले टेलिकम सहित नेपाल आयल निगम, खाद्य संस्थान, दुग्ध विकास संस्थान लगागतमा प्रमुख नियुक्तीको प्रक्रिया अघि बढाइरेहेको छ ।
नेपालकाे निर्यात व्यापार तत्काल चार गुणा बढ्न सक्छ : विश्व बैंक
काठमाडाैं । नेपालको वैदेशिक व्यापार नबढ्नुमा व्यापार अवरोध नै मुख्य कारण रहेको विश्व बैंकले औंल्याएको छ । विश्व बैंकले शुक्रबार नेपालमा सार्वजनिक गरेको रिपोर्टमा नेपालले व्यापार अवरोधलाई मात्रै सुधार गर्ने हो भने तुरुन्त ४ गुणासम्म निर्यात वृद्धि गर्न सकिने उल्लेख गरिएको छ । विश्व बैंक र व्यापार, अर्थशास्त्र र पर्यावरणमाथि दक्षिण एशियाली दृष्टि (सावती) को सहकार्यमा दक्षिण एशियाका पाँच मुलुकहरु अफगानिस्तान, भारत, श्रीलंका, पाकिस्तान र नेपालमा उक्त रिपोर्ट तयार गरिएकोमा काठमाडौंमा शुक्रबार अन्तिम रिपोर्ट सार्वजनिक गरिएको हो । रिपोर्टमा दक्षिण एशियाको अन्तरक्षेत्रीय व्यापारको हिस्सा विश्वकै सबैभन्दा कम अर्थात् ५ प्रतिशत मात्र रहेको देखाइएको छ । जबकि पूर्वी एशिया प्यासिफिक क्षेत्रमा यो हिस्सा ५० प्रतिशत रहेको पाइएको छ । रिपोर्टले भन्सार, शुल्क र अन्य वास्तविक तथा अनुमानिक गैरभन्सार अवरोधहरु, कनेक्टिभिटी लागत र बोर्डर ट्रष्ट डेफिसिटलाई व्यापार अवरोधको मुख्य कारकको रुपमा रिपोर्टले देखाएको छ । नेपाल लगायत दक्षिण एशियाली क्षेत्रमा हुने अन्तरक्षेत्रीय व्यापार भन्दा बाह्य क्षेत्रीय व्यापार सहज भएको समेत रिपोर्टमा उल्लेख गरिएको छ । यसको कारण सुरक्षा चुनौती रहेको र एक तिहाई भन्दा बढी व्यापार संवेदनशील सूचीमा रहेको बताइएको छ । दक्षिण एशियामा क्षेत्रीय सहकार्यको मुख्य अवरोधक कनेक्टिभिटी रहेको र यहाँ जमिन तथा आकाशमार्गबाट हुने कनेक्टिभिटी अवराेधका कारण दक्षिण एशियाले व्यापारबाट राम्रो फाइदा लिन नसकिरहेको बताइएको छ । यसले गर्दा गर्दा नेपालमा आयात गरिने सामग्रीहरु महँगो पर्न गएको बताइएको छ । यद्यपि कनेक्टिभिटी विस्तारको क्रममा नेपालले राम्रो प्रगति हासिल गर्दै गएको विश्व बैंकका अर्थशास्त्री सञ्जय कठौरियाले बताए । रिपोर्टमा नेपालले भारत र श्रीलंकाबीचको हवाई सेवा उदारीकरणबाट पाठ सिक्न सुझाव दिइएको छ । भारतका विभिन्न १४ शहरमा श्रीलंकाबाट सातामा १४७ ओटा उडान भइरहेको उल्लेख गरिएको छ । कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले दक्षिण एशियाको कुल ग्राहर्स्थ उत्पादनको ८० प्रतिशत हिस्सा एउटै देशले धान्ने गरेको भन्दै दक्षिण एशियाको अवस्था अन्य क्षेत्रको भन्दा विशिष्ठ भएकोले त्यसै अनुसार व्यवहार गरिनुपर्ने बताए । उनले उपभोक्तको कल्याणलाई विचार गर्दैगर्दा देशको आवश्यकतालाई पनि विचार गर्नुपर्ने भन्दै सरकारले भन्सार महशुलहरु समयानुकुल परिवर्तन गर्दै उपयुक्त बनाउँदै दाबी गरे । नेपाल लगायतका देशहरुले ‘सीपको बिक्री’ गरेर निर्यात प्रवर्द्धन गर्नुपर्नेमा जोड समेत दिए । कुनै पनि देशले आफ्नो देशको उत्पादनलाई धेरथोर संरक्षण गर्ने गरेको भन्दै नेपालले पनि आफ्नो स्थानीय उत्पादनको संरक्षण गर्ने नीति लिएको तर त्यो वैदेशिक व्यापारको लागि अवरोधक नभएको समेत दाबी गरे ।
सेञ्चुरी बैंकको थप ३ नयाँ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले हालै ३ नयाँ शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ छ । बैंकले कालिन्चोक-५ दोलखा, सुरुी-३ दोलखा र इलाम नगरपालिका वडा न.-९, भञ्ज्याङ्गबाट शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । उद्घाटन पश्चात् बैंकले १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु सञ्चालनमा ल्याएको छ ।