काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले हालै ३ नयाँ शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ छ । बैंकले कालिन्चोक-५ दोलखा, सुरुी-३ दोलखा र इलाम नगरपालिका वडा न.-९, भञ्ज्याङ्गबाट शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।
उद्घाटन पश्चात् बैंकले १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु सञ्चालनमा ल्याएको छ ।