काठमाडौं । त्रिपुरेश्वर स्थीत कम्पनी रजिस्ट्रारको कार्यलय भ्रष्ट्राचारको अखडा बन्दै गएको छ । रजिष्ट्रार कार्यलयमा कार्यरत तल्लोदेखि माथिल्लो तहको कर्मचारी भ्रष्ट्राचारको आरोपमा फस्दै गएका छन् ।
शुक्रबार आकस्मात अख्तियार टोली कम्पनी रजिष्ट्रार कार्यालय पुग्यो । टोलीले मुल गेटमा ताला लगाई भित्र छापा मार्न थाल्यो । केहि समयमै करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेय ७ हजार घुस रकम सहित पक्राउ परे ।
आत्रेयमाथि शेयरधनीहरुको शेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागी सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम मागेको दाबी गरेको छ ।
अख्तियारले पूर्णचन्द्र आत्रेय र बिचौलियाको काम गर्ने सरीता कार्कीलाई समेत पक्राउ गरेको छ । रष्जिष्ट्रारको कार्यालयमा घुस बिना काम नै अघि नबढ्ने एक सेवाग्राहिले बताए । नाम उल्लेख नगर्ने सर्तमा ती सेवाग्रमहीले भने प्रत्येक फाइल अघि बढाउन ४ सय देखि १ हजार घुस दिनैपर्छ ।
यसअघि कम्पनी मालिकलाई थाहै नदिई अर्बौको सम्पती अर्को व्यक्तिको नाममा गरेको आरोपमा २ उपरजिष्ट्रार सहित ६ जना कर्मचारीलाई सीआईबीले पक्राउ गरेको थियो ।
याे पनि हेर्नुहाेस्
७० करोड घोटाला काण्डस् १२ लाखको लोभमा यसरी फसे २ उपसचिव, २ अधिकृतसहित ६ कर्मचारी