विकासन्युज

पानी खुवाएर लगानीकर्ताको अनशन तोडियो, २५ वर्षको लगानी टुकुचामा बगेको निष्कर्ष

काठमाडौं । सेयर लगानीकर्ताहरुले ४ दिनदेखि जारी आमरण अनशन फिर्ता लिएका छन् । १२ दिनदेखि नेपाल स्टक एक्सचेञ्ज बाहिर रिले अनसन र विगत ८ औं दिनदेखि आमरण अनशन बसेका दुई लगानीकर्ताहरुले एक आपसमा पानी खुवाएर अनशन फिर्ता लिएका हुन् । अनशन फिर्ता लिँदै दुई अनसनकारी हरि ढकाल र तिलकको कोइरालाले यति दिन अनशन बस्दा समेत आफुहरुलाई भेट्न कुनै सरकारी प्रतिनिधिहरु नआएको भन्दै आफुहरुले लगानीकर्ताहरुलाई ब्युझाउँने काम गरेको दाबी गरे । आफुहरुलाई कतिले नेता बन्न अनसन बसेको त कतिले काँग्रेसी र कतिपयले राप्रपा कार्यकर्ताको आरोप लगाएको भन्दै आफुहरु कम्युनिष्ट पार्टीकै कार्यकर्ता भएको भन्दै पार्टीमा आफूहरुको २५ वर्षको लगानी टुकुचाको खोलाको कालो पानीसँगै बगेर गएको निष्कर्ष समेत निकालेका छन् । सरकारले गठन गरेको समिति र त्यसले बुझाएको प्रतिवेदनलाई उनीहरुले बिषमाथि अमृत मिसाइएको संज्ञा दिएका छन् ।

आठ वर्षमा हुलाकी राजमार्ग १४० किमी कालोपत्र,  ४७ अर्ब २४ करोड लागत लाग्ने अनुमान

काठमाडौं । भारत सरकार र नेपाल सरकारको संयुक्त लगानीमा शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम हुलाकी राजमार्ग करीब आठ वर्षमा १४० किमी मात्र कालोपत्र भएको छ । आर्थिक वर्ष २०६६/६७ देखि आयोजना शुरु भएपनि अहिलेसम्म जम्मा १४० किमी कालोपत्र गरिएको राजमार्ग आयोजनाका आयोजना निर्देशक अशोक तिवारीले जानकारी दिएका छन् । आयोजनाको शुरुमा ठेक्कापट्टा, मुआब्जा जस्ता कार्यले निर्माण कार्य ढिलाइ भएको बताएका छन् । ‘पहिलो चरणमा एक हजार २४८ किमी सडक निर्माण कार्य शुरु गत वर्षबाट शुरु गरिएको हो । उक्त आयोजना आर्थिक वर्ष २०७९/८० सम्म ९७५ किमी कालोपत्र गर्ने योजना रहेको यस आर्थिक वर्षमा १०० किमी कालोपत्र गर्ने लक्ष्य रहेको छ । आगामी चार वर्षभित्र हुलाकी राजमार्ग निर्माण गर्ने गरी काम भइरहेको जानकारी दिँदै पहिलो चरणको एक हजार २४८ किमी सडक निर्माण भइरहेको र उक्त आयोजनाको ५४४ किमी सडक निर्माण गर्न बाँकी रहेको बताएका छन् । कूल लम्बाइमध्ये ९७५ किमी पूर्व–पश्चिम र ८९७ दशमलब ४२ किमी उत्तर–दक्षिण रहेको छ । राजमार्गको दोस्रो चरणमा पूर्व–पश्चिमतर्फ ४०७ किमी र उत्तर–दक्षिण १५७ किमी रहेको छ । सरकारले आर्थिक वर्ष २०६६/६७ देखि पूर्वमा मेची पुलदेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकीसम्म कूल एक हजार ७९२ दशमलब ४२ किमी लम्बाई रहेको उक्त राजमार्ग बनाउनका लागि ४७ अर्ब २४ करोड लागत छुट्याइएको थियो । पहिलो चरणका लागि २९९ किमी सडकको स्तरोन्नतिका लागि भारतीयले रु सात अर्ब ५२ करोड र नेपाल सरकारले नेपाल सरकारले रु २२ अर्ब ७१ करोड लागतमा ६५३ किमीको सडक निर्माण भइरहेको छ । आयोजना निर्देशक तिवारीले दोस्रो चरणको सडक निर्माणका लागि बोलपत्र आह्वानको सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिएको छन् । अर्थ मन्त्रालयबाट सहमति आउनासाथ सडक निर्माणका लागि बोलपत्र आह्वान गरि ‘‘सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार रहेकाले आगामी चार वर्षमा बाँकी सडकको निर्माण सम्पन्न गर्ने जानकारी दिएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको मेची भद्रपुर–रतुवा आम्बारी सडक खण्ड २८ किमी, मोरङको रतुवा–केसलिया सडक खण्ड ४० किमी, चितवनको अमुवा मादी रिउ खोला सडक खण्ड ३८ किमी, नवलपरासीस्थित त्रिवेणी वरुवा, नारायणचोक, परासी महाव खोला सडक खण्ड २६ किमी, रुपन्देहीको महाव खोला–भैरहवा–लुम्बिनी कोठी सडक खण्ड १५ किमी, कपिलवस्तुमा पर्ने कोठी–तौलिहवा–बहादुरगञ्ज–रामपुर–चिराइनाका–कल्याणकोट सडक खण्डको ५७ किमी बाँकी रहेको छ । यस्तै दाङमा पर्ने कल्याणकोट–गोबर्दिया–गढवा–राजापुर–गोठुवा सडकखण्ड ७० किमी, बाँकेमा पर्ने गोठुवा–खुम्बर–बेथानी–नेपालगञ्ज–मानखोला सडक खण्ड ८६ किमी र बर्दियामा पर्ने मानखोला–गुलरिया–कोठियाघाट–राजापुर–कर्णाली सत्ति सडक खण्ड ४७ किमी बाँकी रहेको छ । यसैगरी उत्तर–दक्षिणमा ६ वटा सहायक राजमार्ग बनाउन बाँकी रहेका छ । मोरङको गान्धी मनमोहन मार्ग २५ किमी, चितवनको माडी–भरतपुर २६ किमी, चितवन र नवलपरासीका जगतपुर–बहुबन ३८ किमी, नवलपरासको दुम्कीवास–त्रिवेणी २० किमी, नवलपरासीको कठहवा–त्रिवेणी १० किमी र कपिलवस्तुको खरिन्दपुर–सितलपुर–भिल्मी सडक खण्ड १८ किमी रहेका छन् । उक्त ५४४ किमी सडक बनाउन कूल रु २८ अर्ब ६१ करोड नौ लाख आवश्यक देखिएको छ । राजमार्गको विभिन्न खण्डमा शुरुमा १५० वटा पुल आवश्यकता देखिए पनि अहिले आएर २१९ वटा पुल बनाउन आवश्यक देखिएको आयोजना निर्देशक तिवारीले बताएका छन् । ७५ वटा पुल निर्माण सम्पन्न भइसकेको, ८४ वटा निर्माणको चरणमा रहेका र ६० वटा पुलको डिजाइन स्वीकृतको चरणमा रहेको छ । आर्थिक वर्ष २०७४/७५ नेपाल सरकारको सहयोगमा ३३.५ किमी र भारतीय सरकारको सहयोगमा ७० किमी कालोपत्र गरिएको छ ।

कक्षा ११ को उत्तरपुस्तिका पुनःपरीक्षण सम्बन्धी परीक्षा बोर्डको सूचना

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकले उत्तरपुस्तिका पुनःपरीक्षण सम्बन्धी सूचना प्रकाशित गरेको छ । २०७५ को ब्यवस्था बमोजिम कक्षा ११ को वार्षिक परिक्षाको नतिजामा चित्त नबुझी पुनःपरीक्षणको लागि निवेदन दिएका विधार्थीहरुले पुनःपरीक्षणको २०७५/८/१२ गते प्रकाशित नतिजा प्रकाशन नतिजा चित्त नबुझाएको कुरालाई ध्यानमा राख्दै परिक्षा बोर्डले फेरी अर्को सुचना जारी गरेको हो। सुचना अनुसार पुनःपरीक्षणको चित्ता नबुझेका विधार्थीहरुले तोकिएको सर्त पूरा गरी प्रति विषय दुई हजार रुपैयाँ शुल्क सहित उत्तरपुस्तिका पुनःपरिक्षणका लागि बोर्डका सम्बन्धीत प्रदेश परीक्षा व्यवस्थापन कार्यालय वा शाखा कार्यालयहरुमा निवेदन दिनपर्नेछ। विधार्थीले सुचना प्रकाशन भएको १५ दिन भित्रमा निवेदन दिईसक्नु पर्नेछ।    

ज्योति विकास बैंक र सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटीबीच सेवा सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटीबीच सहकार्य सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका महा प्रबन्धक श्ुाशिल कुमार शर्मा र त्यस संस्थाका तर्फबाट कर्पोरेट प्रबन्धक सुरज प्याकुरेलले हस्ताक्षर गरेका छन् । बैंकले आपm्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस संस्थाको देशभरि रहेका हरेक होटेल तथा रेस्टुरेन्टका शाखा संजालहरुबाट विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । काठमाडौ उपत्यका भित्र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीको हालसम्म १८ वटा होटेल तथा रेस्टुरेन्टहरु संचालनमा रहेका छन् । हाल बैंकले ८३ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ७ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम रहेका छन् । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १९ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

शुक्रबार हिमालय उर्जा विकास कम्पनीको आईपीओ बाँडफाँड हुने

काठमाडौ । हिमालय उर्जा विकास कम्पनीले हालै जारी गरेको साधारण सेयर(आईपीओ)को बाँडफाँड शुक्रबार(पुस ६ गते) हुने भएको छ । कम्पनीले बिक्री गरेको कुल ९ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओको बाँडफाँड भोलि बिहान १०ः३० बजे बिक्री प्रबन्धक नविल ईन्भेष्टमेन्ट बैंकिङ् लिमिटेडमा हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रहरु रामेछाप र दोलखाका आयोजना प्रभावित बासीन्दाका लागि अंकित मूल्य एक सय रुपैयाँ दरमा ९ लाख ९० हजार कित्ता आईपीओको बिक्री गरेको थियो । उक्त आईपीओको लागि कम्पनीले गत कात्तिक ६ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुला गरेको थियो । उक्त आईपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइने व्यवस्था रहेको छ ।

बेष्ट फाइनान्सको ८ लाख कित्ता हकप्रद सेयर लिलामीमा, माघ १० गते अन्तिम दिन

काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले साविक सिनर्जी फाइनान्स लिमिटेडतर्फको संस्थापक र सर्वसाधरणतर्फको बिक्री नभएको हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ । संस्थाको कूल ८ लाख ५ हजार ८४.४७ कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्न बिक्री गर्न सर्वसाधारणका लागि आवेदन खुल्ला गरेको छ । हकप्रद सेयर खरिदका लागि पुस ११ गतेदेखि माघ १० गतेसम्म आवेदन दिन सकिने बताइएको छ । कम्पनीले असार २५ गतेदेखि भदौ १२ गतेसम्म हकप्रद सेयर जारी गरी आवेदन माग गरेकोमा पुर्ण आवेदन नगरेपछि कम्पनीको संस्थापकतर्फ ५ लाख ५७ हजार ७ सय ७४ दशमलब ५७ कित्ता र सर्वसाधारणतर्फ २ लाख ४७ हजार ३ सय ९ दशमलव ९० कित्ता लिलाम बिक्रीका लागि सुचना जारी गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । कम्पनीले सेयरको न्युनतम मुल्य एक सय रुपैयाँ तोकेको हुँदा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । आवेदकहरुले बोलपत्र पेश गर्दा न्युनतम सय कित्ता र अधिकतम सम्पुर्ण कित्ताका लागि कम्पनीको सम्पुर्ण शाखा र बिक्री प्रबन्धकमा प्रभू क्यापिटल लिमिटेडबाट आवेदन दिन सकिने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

मेलम्चीका ठेकेदार कम्पनी सीएमसीको धरौटी जफत गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको निर्माण गरिरहेको ठेकेदार कम्पनी सीएमसीको धरौटी जफत गर्ने भएको छ । सीएमसीले गरेकाे सम्झाैता र यसअघिकाे प्रतिवद्धताअनुरुप काम नगरी भाग्न खाेजेपछि सरकारले त्यस्ताे निर्णय लिएकाे हाे । विहीबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिले बोलाएको छलफलमा खानेपानीमन्त्री बिना मगरले उक्त जानकारी दिएकी हुन् । सीएमसीकाे ‘पर्फमेन्स सेक्युरिटिज’ बापत नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा गरी कुल ३८ कराेड र धरौटी बापत २ अर्ब ५० करोड रुपैंया  गरि सीएमसीकाे कुल २ अर्ब ८८ कराेड रुपैंया  नेपालमा छ । मेलम्ची अायाेजना पूर्ण रुपमा सम्पन्न हुन अब ठेकेदार कम्पनीले २ अर्ब ६० करोड रकम खर्चनुपर्ने बताइएकाे छ । सीएमसीलाई सरकारले हालसम्म ८ अर्ब ३० करोड भुक्तानी दिइसकेको छ । मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले जफत भए पनि सीएमसीले नै काम गरेकाे अवस्थामा उसैलार्इ काम गर्न दिने र उसले काम नगरे अाफैं बनाउने तयारी गरिएकाे बताए । सरकारले सीएमसीलार्इ अब ३८ कराेड रुपैंया मात्र भुक्तानी गर्न बाँकी छ,  त्यसमध्ये १५ कराेडकाे बिल अाइसकेकाे सचिव ठाकुरले जानकारी दिए । ठेकेदार कम्पनीले काम नगरे पनि उसलार्इ तिर्न बाँकी रकम, धराैटी र फर्फमेन्स सेक्युरिटीज रकमले बाँकी काम निर्माण सम्पन्न गर्न सम्भव देखिएकाे छ ।

नेरुडे लघुवित्तको सेयर मूल्य समायोजन, बिहीबार बढेर प्रतिकित्ता ४७५ रुपैयाँ पुग्यो

काठमाडौं । बिहीबार नेरुडे लघुवित्त विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ४६५.२२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७१२.११ रुपैयाँ रहेको छ । समायोजन गर्दा मूल्य घटेको संस्थाको सेयर मूल्य बिहीबार बढेको छ । बुधबार प्रतिकित्ता ४६५.२२ रुपैयाँमा रहेको लघुवित्तको सेयर मूल्य बिहीबार बढेर ५३५ रुपैयाँसम्म पुगेको छ । मूल्य समायोजन पछि कम्पनीको बिहीबार पहिलो पटक कारोबार भएको छ ।