
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको निर्माण गरिरहेको ठेकेदार कम्पनी सीएमसीको धरौटी जफत गर्ने भएको छ । सीएमसीले गरेकाे सम्झाैता र यसअघिकाे प्रतिवद्धताअनुरुप काम नगरी भाग्न खाेजेपछि सरकारले त्यस्ताे निर्णय लिएकाे हाे । विहीबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिले बोलाएको छलफलमा खानेपानीमन्त्री बिना मगरले उक्त जानकारी दिएकी हुन् ।
सीएमसीकाे ‘पर्फमेन्स सेक्युरिटिज’ बापत नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा गरी कुल ३८ कराेड र धरौटी बापत २ अर्ब ५० करोड रुपैंया गरि सीएमसीकाे कुल २ अर्ब ८८ कराेड रुपैंया नेपालमा छ ।
मेलम्ची अायाेजना पूर्ण रुपमा सम्पन्न हुन अब ठेकेदार कम्पनीले २ अर्ब ६० करोड रकम खर्चनुपर्ने बताइएकाे छ । सीएमसीलाई सरकारले हालसम्म ८ अर्ब ३० करोड भुक्तानी दिइसकेको छ ।
मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले जफत भए पनि सीएमसीले नै काम गरेकाे अवस्थामा उसैलार्इ काम गर्न दिने र उसले काम नगरे अाफैं बनाउने तयारी गरिएकाे बताए । सरकारले सीएमसीलार्इ अब ३८ कराेड रुपैंया मात्र भुक्तानी गर्न बाँकी छ, त्यसमध्ये १५ कराेडकाे बिल अाइसकेकाे सचिव ठाकुरले जानकारी दिए । ठेकेदार कम्पनीले काम नगरे पनि उसलार्इ तिर्न बाँकी रकम, धराैटी र फर्फमेन्स सेक्युरिटीज रकमले बाँकी काम निर्माण सम्पन्न गर्न सम्भव देखिएकाे छ ।