विकासन्युज

एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुरको बैकुन्ठेमा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय भोजपुरको बैकुन्ठेमा उद्घाटन भएको छ । रामप्रसाद राई गाउँपालिका वडा नं ६, भोजपुर स्थित बैकुन्ठे शाखाको उक्त गाउँपालिका प्रमुख विजय राईले समुद्घाटन भएका छन् । बैंकको वासलातको आकार रू. २१२ अर्ब भन्दा बढि र  कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४५ अर्ब पुगेको छ । हाल २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । १४ लाख ग्राहक रहेका उक्त बैंकले सम्भावित बजार क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न स्थानहरुमा शाखा कार्यालय संचालन गर्दै आएको छ ।

सानिमा लाईफ इन्स्योरेन्सले एकैदिन विस्तार गर्याे दुई नयाँ शाखा

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले भिन्ना भिन्नै  दुई स्थानमा दुई शाखा कार्यालय विस्तार गरेको छ । चितवनकाे नारायणगढ र  टाँडीमा  विस्तार गरेकाे हाे । टाँडीकाे शाखामा  उप- मेयर बिमलादेवि दुवाडीले उद्घाटन गरेकाे हुन्र । त्यस्तै  प्रदेश सभासद घनश्याम दहाल र कम्पनीका महा प्रबन्धक शिवराम तिमलसिना मुख्य प्रबन्धक गणेश चौलागाइ सदभावना दुत कलाकार जीतु नेपालबाट नारायणगढमा संयुक्तरुपमा रिवन काटी दुई वटा शाखा कार्यालयको विस्तार भएको छ । देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको छ ।

निर्माण टोली फर्किसक्दा पनि कोटेश्वर–कलङ्की सडक हस्तान्तरणको टुङ्गो लागेन

ललितपुर। कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न भएपनि सरकारलाई कहिले हस्तान्तरण गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । सडक निर्माणका लागि आएको चिनियाँ टोली चीन फर्किसके पनि हस्तान्तरणको टुङ्गो नलागेको सडक निर्माणमा समन्वय गरिरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ । सडक निर्माणको काम तोकिएको समयमा सकिएको योजनामा कार्यरत इञ्जिनीयर नीरञ्जन शर्मा अर्यालले बताए। चीन सरकारको सहयोगमा निर्माण भएको सडकको ठेक्का सङ्घाई निर्माण सेवा समूहले लिएको थियो । पछिल्लो पटक थप भएको म्याद (१५ डिसेम्बर) मा काम सकिएको समूहले जनाएको छ । चार वर्ष पहिले ४० महीनामा काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । विसं २०७२ को भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा एकवर्ष काम ठप्प भएको थियो । सरकारले पछिल्लो पटक एक वर्ष थपेपछि थपिएको अवधिमा काम सकिएको हो । उनले भने, “ठेकेदार कम्पनीले लिएको जिम्मेवारी पूरा गरेर फर्किसक्यो तर औपचारिक रुपमा हस्तान्तरणको टुङ्गो लाग्न बाँकी छ ।” नेपालको पहिलो आठ लेन सडक र पहिलो पटक ‘अण्डर पास’ सडक भएकाले यसलाई चासोका साथ हेरिएको थियो । सडकको निर्माण र त्यसपछि सडक चिन्ह गरेर ठेकेदार कम्पनीले तोकिएको जिम्मेवारी पूरा गरिसकेको छ । सडक निर्माण सम्पन्न हुनासाथ चिनियाँ सरकारले नै कलङ्कीबाट महाराजगञ्जसम्मको सडक निर्माणमा चासो देखाएको छ । यो खण्डको सडक विभागले विस्तृत परियोजना अध्ययन गरिसकेको छ । रासस

लगानी कोषको २२ प्रतिशत बोनस पारित, चुक्ता पुँजी एक अर्ब नाघ्याे

काठमाडौं । नागरिक लगानी कोषकोे प्रस्तावित २२.६ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कोषको २३औँ वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले पारित गरे बमाेजिम कोषले कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्तावलाई पारित गरको छ । कोषले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सो मात्राको बोनस सेयर वितरण गर्न लागेको छ । आर्थिक वर्ष २०७२/७३ मा कोषको नाफा २३ करोड ७२ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७३/७४ मा २९ करोड २४ लाख रुपैया पुगेको छ । ९० करोड ३१ लाख रुपैयाँ रहेको काेषकाे चुक्ता पुँजी २२.६ प्रतिशत बोनसपछि एक अर्ब १० करोड रुपैयाँ नाघेकाे छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कोषको फण्ड १ खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा कोषले १ खर्ब १० अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको बताएको छ । साधारण सभाको अवसरमा कोष संचालक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र भट्टराईले आगामी दिनमा सातै प्रदेशमा शाखा विस्तार गर्ने बताएका छन् । कोषको सेयर चुक्ता पुँजी कम भएकाले कोषका अध्यक्ष भट्टराईले कोष ऐनमा परिवर्तन गरी पुँजी बढाउने बताएका छन् ।

नेपाल बैकको शाखा अब रुपन्देहीको ठुटेपिपलमा

काठमाडौं । नेपाल बैकले प्रदेश नम्वर ५ रुपन्देहीमा नयाँ शाखा विस्तार गरेको छ । जिल्लाको ओम सतिया गाउंपालिका वडा नं १ ठुटेपिपलमा शाखामा पुनस्र्थापना गरेको छ । नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र नेपाल राष्ट्र बैक सिध्दार्थनगर रुपन्देहीका निर्देशक अशोक पौडेलले एक विशेष समारोहका बीच संयुक्त रुपमा समुद्घाटन गरेका छन् । सो अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले पुनस्थापित शाखाले स्थानीय जनतालाई वचत,आय आर्जन तथा उद्यमशीलता विकासमा सहयोग पुर्याउने अपेक्षा प्रकट गरेका छन् । कार्यक्रममा स्थानीय अधिकांश वक्ताहरुले झण्डै दुई दशकपछि बैक फर्केकोमा अपार खुशी प्रकट गरेका थिए । १९९४ सालमा नेपालको अगुवा बैकको रुपमा स्थापित भई आठ दशक दुई वर्षयता  नेपालको वित्तिय बजारमा गतिशील, सक्षम, दिगो वित्तिय संस्थाको रुपमा नेपालको बैकिंग विकासमा अहम भूमिका निर्वाह गर्दै आएको यस बैकले देशका ५९ जिल्लामा १५४ शाखा ८१ वटा एटिएम सेवा विन्दु मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गरेको छ ।

मुक्तिनाथ विकास बैंकको शाखा मोरङ्गको उर्लाबारीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मोरङ्गको उर्लाबारीमा नयाँ शाखा विस्तार गरेको छ । उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागुले उक्त शाखा कार्यालयको समुद्घाटन गरेका छन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि फागुले बैंकको बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको जाँदै जान आग्रह गरेका छन् । मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, एटिएम.कार्ड सेवा, एबिबिएस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोबिन्दबहादुर राउत, स्थानीय जन प्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवीको उपस्थिति रहेको थियो ।

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको अध्यक्षमा केशवप्रसाद आचार्य

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशवप्रसाद आचार्य चयन भएका छन् । बिहीबार बसेको संस्थाको ७८औँ सञ्चालक समितिको बैठकले सञ्चालक आचार्यलाई अध्यक्षको पदमा चयन गरेको हो ।

प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस दिने, चुक्ता पुँजी ९ अर्ब नाघ्ने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ रहेको छ । बोनस पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ३१ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय बैंकको सेयर मूल्य प्रतिकित्ता ३३१ रुपैयाँमा कारोबार भएको थियो ।