विकासन्युज

राष्ट्र बैंकको नयाँ व्यवस्थाः बैंक तथा वित्तीय संस्थालाई प्रदेशमा केन्द्रित हुन आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वर्गीकरण र न्यूतनतम चुक्ता पूँजीका बारेमा नयाँ व्यवस्था गरी एउटै प्रदेशमा मात्रै शाखा विस्तार तथा कारोवार सञ्चालनका लागि आग्रह गरेको छ । बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी ‘क’ वर्गका वाणिज्य बैंकलाई चुक्ता पूँजी आठ अर्ब हुनुपर्ने उल्लेख गरेको छ । यस्तै ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई प्रदेशस्तरमा नै कार्यालय सञ्चालनका लागि नयाँ व्यवस्था गरेको छ । त्यसमा ‘ख’ वर्गका बैंकको चुक्ता पूँजी दुई अर्ब ५० करोड हुनुपर्नेमा प्रदेशस्तरमा कार्यालय सञ्चालन तथा सेवाका लागि एक अर्ब २० करोडको चुक्ता पूँजी भए पनि हुने व्यवस्था गरेको छ । यस्तै ‘ग’ वर्गका बैंकलाई राष्ट्रियस्तरमा ८० करोड चुक्ता पूँजी हुनुपर्ने व्यवस्था भए पनि प्रदेशस्तरमा जाँदा ५० करोड मात्रै त्यस्तो पूँजी भए हुने व्यवस्था गरेको छ । केन्द्रीय बैंकको स्वीकृति लिई ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले एक प्रदेशभर आफ्नो कारोवार सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । चुक्ता पूँजी पूरा नगरेसम्म हाल कायम रहेका जिल्लामा सीमित रही आफ्नो कारोवार गर्न सक्नेछन् । एकभन्दा बढी प्रदेशमा समेत शाखा कार्यालय खोली सञ्चालनमा रहेका वित्तीय संस्थाले २०७७ असारभित्र उक्त शाखा बिक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो कार्यक्षेत्र एउटै प्रदेशभित्र सीमित गर्नु पर्ने राष्ट्र बैंकले निर्देशन गरेको छ । प्रादेशिक स्तरका लागि तोकिएका चुक्ता पूँजी पूरा गरेका वित्तीय संस्थाले एकभन्दा बढी प्रदेशमा रहेका शाखा कार्यालय बिक्री, बन्द वा स्थानान्तरण नगरेसम्म आफ्नो प्रदेशका बाँकी जिल्लामा कार्यक्षेत्र विस्तार गर्न पाउने छैनन् । प्रादेशिक वा राष्ट्रियस्तरमा स्तरोन्नति हुने क्रममा चुक्ता पूँजी पूरा गर्ने प्रयोजनाका लागि गाभ्ने तथा गाभिने वा प्राप्तिसम्बन्धी कार्यलाई प्राथमिकता दिइनेसमेत बैंकले जनाएको छ । बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन जारी गरिएको हो । रासस

ट्राफिक प्रहरीले उठायो १२ करोड राजश्व, एक लाख ८५ हजार सवारी साधन कारवाहीमा

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको पाँच महिनामा १२ करोड २५ लाख ७७ हजार राजश्व सङ्कलन गरेको छ । महाशाखाले मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिनेलगायतका कारवाहीबाट राजश्व सङ्कलन गरेको हो । महाशाखाले एक लाख ८५ हजार ४३६ सवारी साधन कारवाही गरेबापत उक्त रकम सङ्कलन गरेको हो । आर्थिक वर्ष २०७४÷७५ मा २९ करोड ३१ लाख ४५ हजार, आव २०७३/७४ मा ३५ करोड ६० लाख ६७ हजार राजश्व सङ्कलन भएको थियो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले ट्राफिक राजश्व उठाउने निकाय नभए पनि सवारी कारवाहीबापत सो रकम सङ्कलन भएको जानकारी दिए । “सवारी नियम उलङ्घन गर्ने सवारीलाई कारवाही गर्दा उक्त राजश्व सङ्कलन भएको हो,”–उनले भने । महाशाखाले चालु आर्थिक वर्षमा लेन अनुसाशन पालन नगर्ने १३ हजार ८०३, जथाभावी फुटपाथमा पार्किङ गर्ने ११ हजार १८१, बढी भाडा लिने चार हजार १३६ सवारी, मापसे सेवन गरी सवारी चलाउने १३ हजार ९६५ सवारी साधनलाई कारवाही गरेको हो । महाशाखाले विसं २०६८ मङ्सिर १७ देखि मापसे कारवाही चलाएकोमा हालसम्म दुई लाख ८६ हजार ९२२ सवारी चालकलाई कारवाही गरेको छ । जसमा दुई लाख ८६ हजार ९२२ पुरुष र एक हजार ६०२ महिला रहेका छन् ।

नेपाली श्रमिकलाई खुशीको खबरः मलेसियामा आप्रवासी कामदार सामाजिक सुरक्षाको दायरामा

काठमाडौँ । नेपालीको लागि श्रम गन्तव्य मध्ये मलेसिया एक प्रमुख देश हो । हालै नेपाल र मलेसियाबीच श्रम संझौतापनि भएको छ । केही समय यतादेखि मलेसियामा कामदार जान पाएका छैनन् । केही समयपछि मलेसियाको बैदेशिक रोजगारी खुल्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यधपी श्रम संझौतापछि मलेसियाको बैदेशिक रोजगारी थप व्यवस्थित हुने भएको छ । यता, मलेसिया सरकारले आप्रवासी कामदारलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सन् २०१९ देखि नयाँ व्यवस्था लागू गरेको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीले विदेशी कामदारलाई मलेसियाको सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने व्यवस्था गरेको छ । हाल विदेशी कामदारको सामाजिक सुरक्षा कार्यक्रम वैदेशिक कामदार क्षतिपूर्ति योजनाअन्तर्गत सञ्चालन हुँदै आएको थियो । रोजगारदाताले विदेशी कामदारलाई उक्त संस्थामा दर्ता गर्नुपर्ने र सामाजिक सुरक्षाबापत कामदारको मासिक न्यूनतम् पारिश्रमिकको एक दशमलव २५ प्रतिशत रकम सो संस्थामा तिर्नुपर्नेछ । उक्त रकम कामदारको तलबबाट कटाइने छैन । आगामी जनवरी १ उप्रान्त मलेसिया आउने विदेशी कामदारलाई अनिवार्य रुपमा संस्थामा दर्ता गर्नुपर्नेछ । उक्त संस्थामा दर्ता भएका विदेशी कामदारले स्वास्थ्योपचार, अस्थायी तथा स्थायी अशक्तता सुविधा, आश्रित परिवार सुविधा, शव फिर्ती तथा अन्तिम संस्कार र सुविधा, सहयोगी भत्ता तथा पुनःस्थापना सुविधा प्राप्त गर्न सक्ने क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले हाल मलेसियामा कार्यरत र आउने क्रममा रहेका सम्पूर्ण नेपाली कामदारलाई आ-आफ्नो रोजगारदातासँग सम्पर्क राखी आफूलाई सामाजिक सुरक्षा संस्थामा दर्ता गराउन समेत अनुरोध गरेको छ । मलेसिया सरकारले घोषणा गरेको सामाजिक सुरक्षा सुविधा वैधानिक रुपमा बसोबास गर्ने कामदारले मात्र पाउनेछन् । साबिकको कम्पनी छाडेर भागेमा तथा अवैधानिक भएमा त्यस्ता कामदार उक्त सेवा सुविधाबाट बञ्चित हुनेछन् । रोजगारदातासँग वा कम्पनीमा कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न र आफूखुशी कम्पनी छाडेर नहिँड्नसमेत दूतावासले नेपाली श्रमिकलाई आग्रह गरेको छ ।

१८ वर्ष पछि धनकुटामा पर्यो हिउँ !

काठमाडौं। १८ वर्षको लामो अन्तराल पछि धनकुटाका उच्च पहाडी भेगमा हिउँ परेको छ। हिउँ परे संगै उक्त क्षेत्रमा अहिले अत्याधिक चिसो वढेको छ। धनकुटा सदरमुकाम देखिको माथिको हिले डाँडामा यस अघी २०५७ हिउँ परेको स्थानिय वासिन्दा जाङ्मु शेर्पाले बताईन्। त्यस्तै सिँधुवामा पनि १५ वर्ष पछि हिउँ परेको स्थानिय बासिन्दा दिपक खड्काले बताए । उनका अनुसार २०६० साल यता यस क्षेत्रमा हिउँ परेको थिएन । धनकुटाको पाख्रीबास, हिले देखि जोरपाटी, सिँधुवा हुँदै चित्रेसम्मको भाग हिउँले ढाकिएको छ। हिउँले ढाकिएको ती डाँडाहरु सेताम्मे देखिएको दिपकले बताए। अहिले हिउँ परेपछि यस क्षेत्रमा आवात जावत बाक्लिएको छ । धरान, धनकुटा बजार देखि मान्छेहरु हिउ खेल्न आएको उनले बताए । यस क्षेत्रमा दिउँसो २ बजेदेखि हिउँ पर्न सुरु गरेको हो । हिउँ पर्न थालेपछि मान्छेहरु चिसोको प्रवाह नगरी स्थानीयहरु हिउँमा भिज्दै फोटो खिच्न वाहिर निस्किएको खड्काले बताए । उनले भने, २ वजेतिर फाट्टफुट्ट हिउँ परेको थियो । करिव ३ बजेपछि १५ मिनेट मज्जाले हिउँ पर्यो । मान्छेहरु खुसी हुँदै वाहिर निस्किएर हिउमा खेल्ने थाले । शनिबार बिहान ६ बजेको हिलेको तापक्रम -१ डिग्री सेल्सियस, सिँधुवाको -२ डिग्री सेल्सियस रहेको छ।

आत्महत्यासम्बन्धी डरलाग्दो तथ्याङ्क : दैनिक १५ नेपालीले गर्छन् आत्महत्या

काठमाडौ। नेपाल प्रहरीको रिपोर्ट अनुसार नेपालमा हरेक दिन १५ जना मानिसले आत्महत्या गर्ने गरेका छन्। गत आर्थिक बर्षमा मात्रै ५ हजार जनाले आत्महत्या गरेको रिपोर्टले बताएको छ। आत्महत्या गर्ने मानिसहरुमा सबैभन्दा बढी उमेर समुह १५ देखी ४९ बर्षको रहेका छन्। आत्महत्या गर्नको मुख्य कारण लैङ्गिक हिंसा, बैदेशिक रोजगार, अनिस्चित भविस्य, राजनीतिक अस्थिरता, गरिबी, वर्तमान अवस्थामा खाना, लाउनको समस्या, मनोबैज्ञानीक शिक्षाको अभाव देखिएको स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताए। यसलाई रोक्न सबैभन्दा पहिला शिक्षाको आवश्यक रहेको र शारीरिक स्वास्थ्यलाई जति महत्वो दिईन्छ त्यती नै महत्वो मानसिक स्वास्थ्यलाई पनि दिन जरुरी रहेको मन्त्री यादवले बताए। नयाँ स्वास्थ्य निती तयार भईरहेको र त्यसमा शारीरिक स्वास्थ्यलाई र मानसिक स्वास्थ्यलाई उत्तिकै स्थान दिईने यादवले जानकारी दिए।

आयल निगमकाे कार्यकारी निर्देशकका लागि ५ जना सर्टलिष्टमा

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि प्रारम्भिक छनोटमा पाँच जना परेका छन् । निगमको कार्यकारी निर्देशका लागि आवेदन दिएका उम्मेदवारमध्ये शैक्षिक योग्यता, कार्यानुभव, व्यावसायिक कार्यायोजना र मामला अध्ययनसमेतको आधारमा उच्चतम अङ्क प्राप्त गर्ने पाँच जनालाई प्रारम्भिक रुपमा छनोट गरिएको हो । छनोट हुनेमा अनिलकुमार झा, तारानाथ पौडेल, रामप्रसाद धिताल, लोकबहादुर खड्का र सुरेन्द्रकुमार पौडेल रहेका छनोट तथा सिफारिश समितिले जनाएको छ । पाँच जना उम्मेदवारलाई व्यावसायिक कार्ययोजना र मामिला अध्ययनको प्रस्तुतीकरण एवं अन्तर्वार्ताका आधारमा छनोट गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । छनोट भएका उम्मेदवारबाट यही पुस १९ गते मन्त्रालयमा व्यावसायिक कार्ययोजना र मामला अध्ययनको प्रस्तुतीकरण लिइनेछ । तीमध्ये निगमलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने योजना पेश गर्ने योग्यतम् उम्मेदवारलाई निगमको कार्यकारी निर्देशकमा नियुक्तिका लागि सिफारिश गरिनेछ । निगमको डिपोका लागि जग्गा खरीद प्रक्रियामा भएको अनियमितापछि सरकारले पूर्वप्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेको थियो । (रासस)

दक्षिणकालीमा बन्दैछ ६ सय रोपनीको फुटवेयर जोन, १७० जुत्ता उद्योग एकै थलोमा

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा ६ सय रोपनी क्षेत्रफलमा फैलिएको बिशाल फुटवेयर जोन निर्माण हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसियसन र उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयको अगुवाईमा जुत्ता चप्पल उद्योग मात्रै रहने फुटवेयर जोन निर्माणको काम अघि बढेको हो । फुटवेयर जोन निर्माणका लागि एसोसियसनले दक्षिणकाली नगरपालिकामा ६ सय रोपनी जमिन खरिद गरिसकेको छ । पुस महिनाभित्रै फुटवेयर जोनको शिलान्यस हुने एसोसियसनका पुर्व अध्यक्ष रविन कुमार श्रेष्ठले जानकारी दिए । ‘यहि महिना शिलान्यस गरेर डोजर चलाउन सुरु गर्छाै, सरकारले पूर्वाधार बनाईदिन्छ, हामी उद्योग खोल्छौं’, श्रेष्ठले भने । आगामी ३ बर्षभित्र काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा फैलिएर रहेका जुत्ता चप्पल उद्योगहरु फुटवेयर जोनमा सर्नेछन् । जोनमा १७० वटा उद्योग स्थापना हुनेछ जसमा ४० प्रतिशत पुराना उद्योग, ३० प्रतिशत नयाँ उद्योग, २० प्रतिशत कच्चा पदार्थका सहायक उद्योग र १० प्रतिशत विदेशी लगानीका उद्योग स्थापना हुनेछन् । जग्गा खरिदको काम सम्पन्न भैसकेको श्रेष्ठले जानकारी दिए । तत्कालिन उद्योग मन्त्री महेश बस्नेतको योजनामा फुटवेयर जोनको अवधारणा अघि बढेको थियो । त्यसलाई नविन्द्रराज जोशी र सुनिल बहादुर थापाले समेत अपनत्व लिएर अघि बढाएका थिए । फुटवेयर जोनका लागि सरकारले बहुवर्षिय योजनामा राखेर बजेट विनियोजन गरिरहेको छ । फुटवेयर जोन स्थापनाका लागि एक सय भन्दा बढी जुत्ता चप्पल उद्योगी सहभागी भएका छन् । दक्षिणकालीको फुटवेयर जोन हटौँडापछिको दोश्रो उद्योग ग्राम हुनेछ ।

टाटा मोटर्सको ‘विंगर मिनीबस’ सार्वजनिक, मूल्य ३० लाख ८० हजार, यस्ता छन् विशेषता

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा बढ्दो टुर र ट्राभललाई लक्षित गरेर नयाँ उत्पादन “विंगर मिनिबस” सार्वजनिक गरेको छ । ३० लाख ८० हजारबाट शुरू हुने विंगर मिनिबस काठमाडौं, इटहरी र बुटवल गरी तीन वटा बजारमा चरणवद्ध रूपमा सार्वजनिक गरेको टाटा मोटर्सका भिपि(प्रडक्ट लाइन एससिभि), बिनय पाठकले बताए । समारोहमा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका सिईओ राजनबाबु श्रेष्ठले भने, “टाटा मोटर्ससँगको हाम्रो सम्वन्ध अगस्ट १९८२ देखिको हो । यी वर्षहरूमा, टाटा मोटर्सले नेपाली बजारमा उसको स्थान विस्तार गरेको छ र सिप्रदीमा रहेर हामीले यी उत्पादनहरूलाई समृद्ध खरिद अनुभव र विक्रीपछिको उच्चस्तरीय सेवा सहायताको माध्यमबाट सहयोग जारी राख्नेछौं । रूट एप्लिकेसन र टुर र ट्राभल्स खण्डका लागि विशेष रूपमा विकास गरिएको विंगर मिनिबसले यात्रुहरूका लागि अद्वितीय आराम र अपरेटरका लागि सुबिधा प्रदान हुने कम्पनीले जनाएको छ । टाटा विंगर मिनीबस ५४५८ मिमी लामो छ र १५ इन्चको ह्विल क्याप भएको टायरसहित आउँछ जसले सवारी साधनलाई स्टाइलिस देखाउँछ र ग्राउन्ड क्लियरेन्स १८० मिमी दिन्छ । १९०० मिमी र ६.३ इन्चको आन्तरिक उचाइँले यात्रुहरूको चाललाई सजिलो बनाउन मद्दत गर्दछ । लामो दूरीको यात्राका लागि, विंगर मिनीबसले ६०० लिटरको पर्याप्त लगेज स्थान उपलब्ध गराउँछ ।