उद्योगपति दुगडको ७५ औं जन्मोत्सवमा “द रेनेसेन्स म्यान” नामक आत्मकथा विमोचन

<p>काठमाडौं । औद्योगिक घराना के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगडको ७५ औं जन्मोत्सव पारेर “द रेनेसेन्स म्यान” आत्मकथा समेटिएको पुस्तक विमोचन गरिएका छन् । विमोचन भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका छन् । उक्त पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितीमा पनि हरेस नखाइ सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने व्यक्तिको रुपमा चित्रण गरिएको छ । किसनलाल [&hellip;]</p>

काठमाडौं । औद्योगिक घराना के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगडको ७५ औं जन्मोत्सव पारेर “द रेनेसेन्स म्यान” आत्मकथा समेटिएको पुस्तक विमोचन गरिएका छन् । विमोचन भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका छन् । उक्त पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितीमा पनि हरेस नखाइ सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने व्यक्तिको रुपमा चित्रण गरिएको छ ।
किसनलाल दुगडको जन्म वि.स. २००० सालमा भएको थियो र १३ वर्षको उमेरबाट नै पढाइको साथ साथै उद्योग व्यवसायलाई पनि अगाडि बढाउन निरन्तर रुपमा लागि रहेका छन् । कृषि प्रधान देश नेपालको विकासमा कृषि सम्बन्धि उद्योगहरु खोलि विस्तार गर्यो भने देश विकासमा सहयोग पु¥याउन सकिन्छ । के.एल. दुगड समुह नेपालकै अग्रणी औद्योगिक व्यवसायिक घरानामा पर्दछ ।

नेपालमै कच्चापदार्थ पाइने उद्योगहरुको स्थापना ग¥यो भने देशको विकासमा भरपुर सहयोग पुग्छ भन्ने मान्यता राख्ने के.एल. दुगड समुह पछिल्लो समय सिमेन्ट उद्योग तथा हाइड्रोपावरहरुमा लगानी गरेको छ । अन्तर्राष्ट्रिय आयातको प्रतिस्थापन गरि स्वदेशी उद्योगहरुको विकासमा के.एल. दुगड समुह लागी परिरहेको छ । उक्त समुहले हजारौंको संख्यामा रोजगारी प्रदान गर्दै आएको छ ।

Share News