विकासन्युज

सस्तोमा घडेरी किन्ने हाे ? राष्ट्रिय आवास कम्पनीले बेच्दैछ जग्गा (विज्ञापन सहित)

काठमाडौं । सरकारको पूर्ण स्वामित्व भएको राष्ट्रिय आवास कम्पनीले काभ्रेको धुलिखेलमा घडेरी बेच्न सुरु गरेको छ । कम्पनीले धुलिखेल नगरपालिका बडा नम्बर ९ मा रहेको जग्गा बिक्री गर्नको लागि शिलबन्दी बोलपत्रमार्फत् लिलाम बोलकबोल प्रक्रिया अगाडि बढाएको छ । उक्त स्थानमा ५९ ओटा प्लट रहेका छन् । यसको खरिदका लागि इच्छुक ब्यक्ति तथा फर्मले यही माघ १४ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने जनाइएको छ । उक्त बोलपत्र फाराम लिन पिर्ता नुहने रु ३००० रुपैंया तिर्नुपर्नेछ भने कबोल गर्न चाहेको रकमको १० प्रतिशत मूल्य बैंकमा जम्मा गरी त्यसको सक्कल प्रतिसहित बोलकबोल पेश गर्नुपर्ने जनाएको छ ।

माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच मोबाइल वालेट सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनी बीच बैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागी सुविधा स्वरुप रेमिटएप मोबाइल वालेट सेवा सम्बन्धी त्रि-पक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा टाइम्स रेमिट र एएमभी टेलको तर्फबाट क्रमशः प्रबन्ध निर्देशक अनिल स्थापित र प्रबन्ध निर्देशक अनिल शर्माले हस्ताक्षर गरे । समारोहमा टाइम्स रेटिका महाप्रबन्धक सुदनसिंह सिलवालको पनि उपस्थिति रहेको थियो । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहक एवम् सर्वसाधारणले रेमिटएप वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरुलाई रेमिटेन्स पठाउन सक्नेछन् । साथै डोमेस्टिक रेमिटेन्स र बिल भुक्तानीको सुविधापनि उपभोग गर्न पाउने छन् । बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफुले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन् । यस रेमिटएप,आईओएस तथा एन्ड्रोएड दुबै ओपरेटीङ सिस्टम प्रयोगकर्ताको लागी उपलब्ध छ ।

नेपालको मोबाइल इन्टरनेट दक्षिण एसियाकै महँगो

काठमाडौं । मोबाइल ब्रोडब्यान्ड शुल्कका आधारमा नेपाल दक्षिण एसियाकै दोस्रो महँगो मुलुक देखिएको छ । नेपालभन्दा अगाडि अफगानिस्तान मात्र छ । र यो क्षेत्रमा श्रीलंका सबैभन्दा सस्तो मुलुक हो । मासिक ५०० एमबीलाई आधार मानेर आईटीयूले प्रकाशित गरेको ‘मेजरिङ त इन्फर्मेसन सोसाइटी रिपोर्ट—२०१८’ अनुसार प्रतिव्यक्ति औसत राष्ट्रिय आय (जीएनआईपीसी) को ४.०७ प्रतिशत शुल्क तिर्ने नेपालीले मोबाइलमा इन्टरनेट चलाएबापत मासिक ७.६४ डलर खर्च गर्छन् । महँगो इन्टरनेटको सूचीमा १३४ औं स्थानमा रहेको नेपालले १३ प्रतिशत कर निर्धारण गरेको छ । दक्षिण एसियामा सबैभन्दा महँगो मोबाइल इन्टरनेट अफगानिस्तानमा छ । त्यहाँका नागरिकले औसत मासिक आयको १०.८३ प्रतिशत रकम इन्टरनेटका लागि तिर्छन् । यो भनेको १६.८३ डलर हो । अफगानिस्तानमा कर भने लगाइएको छैन । द्रुत्ततर विकासमा अघि बढिरहेको भारत भने नेपालभन्दा एक स्थानमात्र माथि छ । दक्षिण एसियामै महँगो मोबाइलल इन्टरनेट हुने सूचीमा भारत छैटौं हो । त्यहाँका नागरिकले औसत मासिक आयको १.८३ प्रतिशत (९.०६ डलर) रकम तिर्छन् । त्यहाँ १८ प्रतिशत कर तिर्नुपर्छ । सबैभन्दा सस्तो मोबाइल इन्टरनेट हुने मुलुक श्रीलंका हो । त्यहाँ १९.७ प्रतिशत कर जोड्दा पनि औसत मासिक आयको ०.४९ प्रतिशतमात्र मोबाइल इन्टरनेटका लागि तिर्नुपर्छ । यो भनेको मासिक ४.७१ डलर हो । श्रीलंकापछि सस्तो भुटान हो । भुटानीले मासिक आयको ०.६७ प्रतिशत (४.४४ डलर) मात्र मोबाइल इन्टरनेट शुल्क तिर्छन् । त्यहाँ ५ प्रतिशतमात्र कर लगाइएको छ । माल्दिभ्समा ६ प्रतिशत कर जोडेर मासिक आयको ०.८६ प्रतिशत (८.८० डलर) तिर्नुपर्छ । चौथो स्थानमा रहेको पाकिस्तानमा मोबाइल इन्टरनेटका लागि औसत मासिक आयको १.५१ प्रतिशत (४.९९ डलर) तिर्नुपर्छ । जबकि त्यहाँ इन्टरनेटमा १९.५ प्रतिशत कर छ । मोबाइल इन्टरनेटका लागि दक्षिण एसियामै बढी कर (२१ प्रतिशत) लिने बंगलादेश सूचीको मध्यमक्रममा छ । त्यहाँका नागरिकले मोबाइलमा इन्टरनेट चलाएबापत औसत मासिक आयको १.५१ प्रतिशत (१०.५५ डलर) तिर्छन् । नेपालमा मोवाईल इन्टरनेट प्रतिस्पर्धी बनाउन थप दुई टेलिकम कम्पनी आवस्यक रहेको निश्कर्ष सञ्चार मन्त्रालयद्वारा गठित अध्ययन समितिको छ । टेलिकम सेवा प्रतिस्पर्धी नहुदा नेपालमा उपभोक्ताले महँगो सेवा उपभोग गर्नु परेको छ ।

इलाममा डाक्टर गोविन्द केसी विरुद्ध जुलुस

इलाम । छ दिनदेखि अनशनरत प्रा. डा गोविन्द केसीका विरुद्धमा आवाज उठाउँदै युवा विद्यार्थीले जुलुस निकालेका छन् । सरकारी तलब, भत्ता खाएर राजनीति गर्नेलाई कारवाही गर, विधिको शासनको विरोध गर्ने होसियार जस्ता नारा लगाउँदै युवा विद्यार्थीले इलाम सदरमुकाममा जुलुस निकालेका थिए । विद्यार्थीले अनशनरत् डा केसीको मागको विरोध गरेका थिए । उनीहरुले अर्का अनशनरत् विद्यार्थी तथा सामाजिक अभियान्ता विजय थापालाई समर्थन गरेका थिए । विद्यार्थीले जनताका प्रतिनिधिले बनाएको विधेयकलाई एक व्यक्तिले तहसनहस पार्न खोजेको आरोप लगाएका थिए । इलाम चोक बजारस्थित थापाको अनशनस्थलबाट शुरु भएको जुलुस विभिन्न ठाउँको परिक्रमा गर्दै फेरि बजारमै आएर सभामा परिणत भएको थियो । सभामा सम्बोद्धन गर्दै युवा विद्यार्थी भीष्म पौडेलले विदेशमा चिकित्सा शिक्षा पढ्न गएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्ने वातावरण बनाउन माग गर्ने थापाको माग पूरा हुनुपर्ने माग गरेका थिए । उनले डा केसीले सयमा सय माग पूरा हुनुपर्छ भन्नु ‘बालहठ’ भएको भन्दै तत्काल अनशन तोड्न अनुरोध गरेका थिए । यस्तै सभामा सम्बोद्धन गर्दै अर्का विद्यार्थी ईश्वरी तामाङले सबै जनताका छोराछोरीले मेडिकल शिक्षा पढ्न पाउने अधिकार कुण्ठित गर्न नहुने बताए । उनले जनप्रतिनिधिले गरेको निर्णय नमान्ने अधिकार कसैको नभएको जानकारी दिए ।

पुस महिना सकिँदा एउटै बीमा कम्पनीले साधारण सभा बोलाएनन्, लगानीकर्ता भन्छन्ः अधिकार हनन् भयो

काठमाडौं । पुस मसान्त सकियो तर एउटा पनि बीमा कम्पनीले गत आर्थिक बर्ष २०७४/७५ को वित्तिय विवरण तयार पारेका छैनन् । वित्तिय विवरण तयार पार्न नसकेपछि साधारण सभा प्रभावित भएको छ जसले लगानी कर्ताले पाउने लाभांश केहि समय पछि धकेलिएको छ । बीमा समितिले यसपालीदेखि नेपाल वित्तिय प्रतिवेदन मान(एनएफआरएस) लागु गरेपछि बीमा कम्पनीहरुले समयमै प्रतिवेदन तयार गर्न नसकेका हुन् । ‘एनएफआरएसमा वित्तिय विवरण बनाउन केहि समय लागेको हो, जीवन बीमा कम्पनीहरुले सैद्धान्तिक सहमतिका लागि विवरण पठाएका छन भने निर्जीवन बीमा कम्पनीमा सानिमा जनरलले मात्रै एक्चुरी गरेको रिपोर्ट पठाएको छ’, बीमा समितिका उप निर्देशक सन्तोष कार्कीले भने । पुस मसान्तसम्म नेशलन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ र राष्ट्रिय बीमा संस्थान बाहेकका कम्पनीले मात्रै सैद्धान्तिक सहमतिका लागि समितिमा विवरण बुझाएका छन् । निर्जीवन बीमा कम्पनी तर्फ सानिमा जनरल इन्स्योरेन्स कम्पनीले मात्रै एक्चुरी गरिएको वित्तिय विवरण पठाएको छ । बाँकी सबै कम्पनीहरु भर्खर दायित्व पर्याप्तता परिक्षण(ल्याट)कै चरणमा रहेका छन् । नेपाल इनभेष्टर्स फोरमका महासचिव राजन लम्सालले समयमै साधारण सभा गरेर लाभांश वितरण गर्न नसक्दा लगानीकर्ताको अधिकार हनन भएको बताए । बैंकहरुले पनि पुस मसान्तको अन्तिम तिर मात्रै साधारण सभा गरेर लगानीकर्तामाथी अन्याय गरेको र बीमा कम्पनीहरुले साधारण सभाको टुंगो समेत नलाउन नसक्नु दुःखद भएको बताए । ‘समयमै लाभांश पाउनु हाम्रो अधिकार हो, बैंकहरुले पनि बठ्याई गरेर पुस मसान्तमा मात्रै साधारण सभा गरे । इन्स्योरेन्स कम्पनीहरुले त झ कहिले साधारण सभा गर्न सक्छन भन्ने समेत टुंगो लागेको छैन, यसले लगानीकर्तामाथी अन्याय गरेको छ’, इन्भेष्टर्स फोरमका महासचिव लम्सालले भने । यस अघि असोज तिरै साधारण सभा सम्पन्न गर्ने बैंकहरुले पनि यसपाली पुस मसान्तमा मात्रै साधारण सभा गरे यसले लाभांश वापतको दिने पैसा रोकिराख्ने नियत देखिन्छ’, महासचिव लम्लासले भने । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले भने एनएफआरएसमा वित्तिय विवरण तयार पार्नुपर्ने नयाँ व्यवस्थाकारण बीमा कम्पनीहरुको साधारण सभा ढिलो भएको बताए ।

फर्स्ट माइक्रोफाइनान्सले बढायो १८ प्रतिशत नाफा, विवरण प्रकाशनमा ‘फर्स्ट’ बन्दै देखायाे सकारात्मक सूचक

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले १८ प्रतिशतले बढाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अघिल्लाे वर्षकाे साेही अवधिकाे तुलनामा लघुवित्तकाे उक्त परिमाणकाे नाफा वृद्धि देखिएकाे हाे । वित्तीय विवरण प्रकाशनमा सदाझैं पहिलो बन्दै लघुवित्तले त्यस्तो रिपोर्ट सार्वजनिक गरेको छ । प्रकाशित रिपोर्टअनुसार लघुवित्तले पुस मसान्तसम्म ५ करोड ६३ लाख १६ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा ४ करोड ७६ लाख ९७ हजार रुपैंया खुद मुनाफा कमाएको थियो । नाफामा उल्लेख्य सुधार गरे पनि लघुवित्तले प्रतिशेयर आम्दानीमा भने सुधार गर्न सकेन । अघिल्लो वर्ष २० रुपैंयाभन्दा बढी प्रतिशेयर आम्दानी भए पनि पुँजी वृद्धिका कारण यो दर १६.४६ रुपैंयामा सीमित भएको छ । उक्त नाफा र मसान्तको बजार मूल्य अनुसार लघुवित्तको मूल्य आम्दानी अनुपात २२.८५ छ भने नेटवर्थ १२२.३६ रुपैंया, पुँजी पर्याप्तता अनुपात १५.६३ प्रतिशत, निष्क्रिय कर्जा अनुपात शुन्य प्रतिशत कायम छ । लघुवित्तले एक वर्षको अवधिमा कर्जा लगानी ३ अर्ब ७१ लाखबाट बढाएर ४ अर्ब ६८ करोड पुर्याएको छ ।

‘तीतो सत्य’मा पैसा नपाएपछि फिल्ममा जमेका दीपकराज गिरी, जसले छक्कापञ्जाकाे नाममा ४९ कराेड व्यापार गरे

दीपकराज गिरी सुपरहिट कलाकार हुन् । टेलिफिल्म तथा फिल्ममा हास्यव्यङ्ग्य र अभिनय मार्फत सबै नेपालीका प्रिय कलाकार बन्न सफल गिरी पछिल्लो समय फिल्म उद्योगमा सर्वाधिक सफल उद्यमी पनि हुन् । उनको नेतृत्वमा बनेको छक्का पञ्जा र वडा नम्बर ६ फिल्म निकै सफल भएका छन् । सिनेमा क्षेत्रमा उद्यमीको रुपमा उभ्याउन कठिन छ । सिनेमा भनेको कलासँग सम्बन्धित कुरा हो । यो कुनै खरदारको जागिर वा अधिकृतको जागिर जस्तो होइन । जहाँ सामान्य ज्ञान सिकेर म जागिर खान्छु अनि आफ्नो भविश्य बनाउँछु भन्ने हुन्न । यो एकदमै विशेष क्षेत्र हो, जहाँ आफु भित्र रहेको खुबी, कला जुन सुरुमा थोरै भएपनि भगवानले दिएका हुन्छन् । आफुलाई पनि त्यसमा रुचि जाग्यो भने त्यसलाई सुधार्दै, परिस्कृत गर्दै, तालिमहरु लिंदै, आफ्नो कलालाई निखार्दै लैजान सकिन्छ । कलाको पनि थुप्रै विभागहरु छन् । गीत संगीत, अभिनय, निर्देशन, लेखन आदी । सबैभन्दा आफुलाई कुन विभागमा बढी रुचि छ त्यसलाई पत्ता लगाउन जरुरी छ । अरुले जे गर्यो त्यही गर्छु भन्दै दौडिन हुन्न । त्यसपछी आफ्नो विभागलाई समातेपछी त्यससम्बन्धी तालिमहरु लिनुहोस् । आजकल हरेक विभागको लागि एकदमै राम्रा तालिम केन्द्रहरु खोलिएका छन् । कलाकारिता र उद्यमशिलतामा फरक छ । व्यवसायमा तपाईंले लगानी गर्नु भयो भने तपाईँ उद्यमी हुनुहुन्छ । कलाकारिता र उद्यमशिलता फरक कुरा हुन् । कला साहित्य फरक कुरा हुन् । यसमा बिशेष क्षमता भएका मानिसहरु मात्र लाग्न सक्छन् । यसको लागि तपाईंलाई आफु फरक र बिशेष भएको अनुभुति हुनपर्छ । त्यसपछि मात्र तपाईंले आफ्नो सोख पूरा गर्नुहोस्, अनी त्यसलाई उद्यमशिलतातर्फ धकेल्दै जानुहोस् । आफ्नो भविष्य आफँैले निर्माण गर्ने हो । आफ्नो जागिर आफैंले पकाउने हो । यसमा सफल नै भईन्छ भनेर भन्न सक्दिन । त्यस्ता धेरै मानिस मैले देखेको छु, जो यहाँ आएर फर्किसकेका छन् । यहाँ क्षमताको मात्र होईन भाग्यको पनि खेल हुन्छ । तपाईंले आफूलाई कसरी परिष्कृत गर्नु हुन्छ, मानिसहरुसँग कस्तो सम्बन्ध राख्नुहुन्छ, त्यसले तपाईंको भोलिको दिनलाई आकार दिनेछ । फिल्मी क्षेत्रमा मलाई सफल व्यक्तिको रुपमा चित्रण गरिएको छ । फिल्म ६ एकान ६ ले ४ करोड रुपैयाँको कारोबार गर्यो । वडा नं ६ले ७ करोड रुपैयाँको कारोबार गर्यो । छक्का पन्जा १ मा १६ करोड कारोबार भयो । छक्का पन्जा २ मा १४ करोडको कारोबार भयो । छक्का पन्जा ३ मा १९ करोड रुपैयाँको कारोबार भयो । जुन बेला जुन फिल्म आयो, त्यो बेला त्यो दर्शकको माया र कारोबार दुबै हिसावले उत्कृष्ठ रहे । कारोबार सबै नाफा होइन । त्यसमा ३०/३५ प्रतिशत नाफा हुन्छ । यिनीहरुले एउटै फिल्ममा १६ करोड, १९ करोड कमायो भनेर मान्छेहरुले बुझ्छन् । फिल्म निर्माताको हातमा पर्ने करिब ३५ प्रतिशत मात्र हो । त्यो रकम हामी ६–७ जना निर्माताको हातमा पर्छ । यो कमाईपनि राम्रो हो किन भने म सानो उद्देश्य बोकेर हिडेको थिएँ । दर्शकहरुले हामीलाई यतिधेरै रुचाईदिनु हुन्छ भनेर हामीले सोचेका थिएनाैं। पैसा यति कमाएँ र उति कमाएँ भन्दापनि दर्शकहरुले हाम्रो फिल्मलाई धेरै मन पराईदिनु भयो, यो नै हाम्रो ठूलो सफलता हो । उद्यमशीलताको विकास स्वस्फूर्त हुँदैन । सबैभन्दा पहिला तपार्इँको काम प्रतिको लगाव, तपाईंको रुचि र तपाईँको सोचमा पनि फरक पर्छ । जस्तैः रेस्टुरेन्टहरुमा सबैले खाने कुरा दिने गर्छन्, एउटा रेस्टुरेन्ट यस मानेमा फरक हुन्छ कि उसले कस्तो वाताबरण सिर्जना गरेको छ । अरु फिल्मले ७/८ करोड कमाउँदा हाम्रा फिल्मले १७/१८ करोड कमाईरहेको छ । एउटा कारणले मात्र त यो पक्कै पनि हुँदैन । हामीले बिशेष गरेर हाम्रो स्क्रिप्टमा ध्यान दिइरहेका छौं । हामी यसमा उच्चस्तरको मिहेनत गर्छौँ । हामी यसलाई दर्शकको पाटोबाट पनि अध्ययन गर्न प्रयास गर्छौँ । एउटा स्क्रिप्ट राम्रो तयार भएपछि लगभग फिल्म ५० प्रतिशत सफल हुन्छ । त्यसपछि मार्केटिङको कुरा, ब्राडिङ लगायत सानो सानो कुरामा पनि ध्यान दिन्छौं । तीतो सत्यमा पैसा नपाउँदाको क्षण हामीले अभिनय गरेको टेलीसिरियल ‘तीतो सत्य’ पनि एकदम मन पराइएको सिरियल थियो । तर, निर्माता पक्षबाट व्यवस्थापन राम्रो नहुँदा त्यो बन्द भयो । तीतो सत्यले आफ्नो १२ वर्षसम्मको यात्रा तय गरेको थियो । यो नेपालको सबैभन्दा लामो टेलिसिरियलको इतिहासपनि बनाएको छ । मेरो पहिचान तीतो सत्यले नै बनायो । मैले अहिले जतिपनि फिल्महरु बनाएँ, त्यो सबै त्यसैको जग उभिएर बनेका छन् । त्यसबाट मैले धेरै कुरा पाएको छु । त्यो मेरो जिन्दगीमा एकदमै महत्वपूर्ण हिस्साको रुपमा रहेको छ । हो, तीतो सत्यमा अभिनय गरेको पैसा समेत हामीले पाउन सकेनौं । तर म त्यसमा बेखुश छैन । शुरुमा त्यहिबाट पाएको पैसाले मेरो आर्थिक अवस्था राम्रो भयो । पछि गएर उनीहरुको अवस्था कमजोर भएको बेलामा मैले पैसा पाईन भनेर म दुखी छुईन् । मैले यदि पैसा पाएर त्यही काम गरिरहेको हो भने त्यही काममा अड्केर बसेको हुन्थेँ । एउटा ढोका बन्द हुनु भनेको हजारौँ ढोका खोज्नु हो । पहिला हामी तीतोसत्य पनि बनाउथ्यौँ । फिल्मपनि बनाउथ्यौँ, कार्यक्रममा पनि जान्थ्यौं । हाम्रो लागि फिल्म पार्टटाईम काम जस्तो थियो । त्यसमा हामीले धेरै समयपनि दिन पाउँदैन थियौं, अनि फिल्म ठिकठाक चल्थ्यो । हामीले तितोसत्य छोडी सकेपछि धेरै समय फिल्मलाई दिन पायौँ र प्रतिफलपनि राम्रो निस्कियो । त्यसैले म त्यसलाई मेरो नयाँ बाटोको सुरुवातको रुपमा लिन्छु । म तितोसत्यप्रति सधैं आभारी हुनेछु ।

टुटल, पठाओ लगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने मोटरसाइकललाई कारवाही शुरु

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोक्ने मोटरसाइकललाई कारवाही शुरु गरेको छ । उवर, टुटल, पठाओलगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा चारवटा मोटरसाइकललाई कारवाही गरिएको हो । महाशाखाले बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गरिएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले निजी सवारी साधनले पैसा लिएर यात्रु बोक्न नपाइने भएकाले कारवाही गरिएको जानकारी दिए । यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारी साधनले उपदफा २ बमोजिम निजी सवारी साधन यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेकाले सोहीअनुसार कारवाही गरिएको पन्तले जानकारी दिए । कारवाही गरिएका मोटरसाइकल चालकलाई रु एक हजारसम्म जरिवना गरिएको महाशाखाले जनाएको छ । यसरी भाडामा यात्रु बोक्ने मोटरसाइकल धेरै रहेका भन्दै महाशाखाले यस्ता सवारी साधनमाथि विशेष कारवाही अभियान शुरु गरेको छ । नेपाल मिटर ट्याक्सी सङ्घका अध्यक्ष अर्जुन गौतम निजी सवारीसाधनले यात्रु बोक्दा सार्वजनिक सवारी साधनलाई समस्या परेको बताए । रासस