
काठमाडौं । सरकारको पूर्ण स्वामित्व भएको राष्ट्रिय आवास कम्पनीले काभ्रेको धुलिखेलमा घडेरी बेच्न सुरु गरेको छ । कम्पनीले धुलिखेल नगरपालिका बडा नम्बर ९ मा रहेको जग्गा बिक्री गर्नको लागि शिलबन्दी बोलपत्रमार्फत् लिलाम बोलकबोल प्रक्रिया अगाडि बढाएको छ । उक्त स्थानमा ५९ ओटा प्लट रहेका छन् ।
यसको खरिदका लागि इच्छुक ब्यक्ति तथा फर्मले यही माघ १४ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने जनाइएको छ । उक्त बोलपत्र फाराम लिन पिर्ता नुहने रु ३००० रुपैंया तिर्नुपर्नेछ भने कबोल गर्न चाहेको रकमको १० प्रतिशत मूल्य बैंकमा जम्मा गरी त्यसको सक्कल प्रतिसहित बोलकबोल पेश गर्नुपर्ने जनाएको छ ।
