साढे २ अर्ब प्रिमियममा १८ बीमा कम्पनीको भागबण्डा, १९ प्रतिशत हिस्सा नेशनललाई
चिरञ्जीवि चापागाई, अध्यक्ष, बीमा समिति काठमाडौं । म्यादी बीमाको साढे २ अर्ब प्रिमियम १८ वटा जीवन बीमा कम्पनीहरुलाई भागवण्डा गरिएको छ । बीमा समितिले माघ १ गतेदेखि म्यादी बीमालाई बीमा पुल मार्फत सञ्चालन गर्ने निर्णय गरे अनुसार १८ वटा बीमा कम्पनीहरुलाई त्यसको हिस्सा बाडफाँट गरिएको हो । १८ वटा बीमा कम्पनीहरुले एक बर्षमा म्यादी बीमा मार्फत आर्जन गरेको प्रिमियमलाई आधार बनाएर भागवण्डा गरिदिएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बताए । ‘अब म्यादी बीमाको बजारमा अस्वस्थ प्रतिष्पर्धा हुन्न, हामीले बजार हिस्साका आधारमा भागवण्डा गरिदिएका छौं, अब पुल मार्फत म्यादी बीमा हुन्छ’, समितिका अध्यक्ष चापागाईँले भने । २०७६ साउन १ गतेदेखि लागु हुने गरि समितिले पुनः नयाँ भागवण्डा गर्ने पनि अध्यक्ष चापागाईँले जानकारी दिए । २०७७ साउन १ गतेदेखि भने सबै जीवन बीमा कम्पनीहरुले म्यादी जीवन बीमाको प्रिमियम बराबर पाउनेछन् । हाललाई नेशलन लाइफ इन्स्योरेन्स कम्पनीले सबै भन्दा धेरै १९ प्रतिशत प्रिमियम पाउनेछ भने प्राइम लाइफले १५ प्रतिशत पाउनेछ । त्यस्तै, सुर्या लाइफले १२ र नेपाल लाइफ तथा युनियनले ११/११ प्रतिशत प्रिमियम पाउनेछन् । ९ वटा जीवन बीमा कम्पनीहरुले भने कुल प्रिमियमको १ प्रतिशत हिस्सा मात्रै प्राप्त गर्नेछन् । समितिले माघ १५ गतेभित्र म्यादी बीमा पुलको कार्यबिधी बनाएर पुल गठन गरिसक्ने बताएको छ । गत आर्थिक बर्षमा १२ वटा जीवन बीमा कम्पनीहरुले २ अर्ब ५४ करोड ७ लाख ५ हजार ८ सय २७ रुपैंयाँ प्रिमियम संकलन गरेका थिए ।
तीनवटा प्रदेशमा एकैसाथ सेञ्चुरी बैंकको कार्यालय विस्तार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले तीनवटा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । सो क्रममा बैंकले प्रदेश नं १ विराटनगर, प्रदेश नं ३ मानभवन र प्रदेश नं ५ भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । यस अघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालयको उद्घाटन गरेको थियो । बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
९ सय ६८ टन तरुल काठमाडौं भित्रियो, गतवर्षको तुलनामा सस्तो
काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष काठमाण्डौ उपत्यकामा तरुलको आयात बढेको छ । यही पुस महिनामा ९ नौ सय टन तरुल भित्रिएको छ । गत वर्ष पुस महिनामा ६ सय ८७ टन तरुल काठमाडौँ उपत्यकामा भित्रिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । गत बर्षको तुलनामा तरुल आयात ४० प्रतिशतले वृद्धि भएको उपनिर्देशक श्रेष्ठले जानकारी दिए । २०७३ सालमा भने ७ सय टन आयात भएको थियो । माघ १ गते अर्थात माघे संक्रान्तिका दिन तरुल, पिडालु, घ्यू चाकू खाने परम्परा रहेको छ । त्यसकारण पनि बजारमा तरुलको माग बढ्ने गरेको छ । तरुल सामान्यतय गत वर्षको तुलनामा १० रुपैयाँको दरले सस्तो भएको छ । नेपालका बारा, चितवन, धादिङ्ग, दोलखा, काभ्रे, गोर्खा सर्लाही, मकावनपुर, पर्सा , नुवाकोट, नवलपरासी, सिन्धुपालचोक, सुनसरी लगायतका जिल्लाबाट काठमाडौं उपत्यकामा तरुलको आयात हुँदै आएको छ । सबै भन्दा बढी यस वर्ष सर्लाहीबाट तरुल भित्रिएको उपनिर्देशक श्रेष्ठले जानकारी दिए । विशेषतः तरुलका विभिन्न जात मध्ये घर तरुल, वन तरुल, रातो तरुल, सेतो तरुल, हात्तीपाइले तरुल, पानी तरुल, सिमल तरुल हुन्छन् । सबै भन्दा बढी सिमल तरुलको प्रतिकेजी ३०० रुपैयाँमा बिक्री भइरहेको छ । माघे सक्रान्तिलाई नै लक्षित गरि यसपाली पिडालु १ सय ३५ टन र सक्करखण्ड १ सय ६० टन आयात भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक श्रेष्ठले बताए । माघे संक्रान्तिलाई लक्षित गरि तरुलको बिक्री अत्याधिक हुने गरेको छ । तरुल खाएसँगै चिसो आफैं हराउने विश्वास आम समुदायमा रहेको छ ।
रिलायन्स मुद्दती निक्षेप सुरक्षा योजना सार्वजनिक, बार्षिक ५ प्रतिशतका दरले रकम फिर्ता पाइने
काठमाडौँ । रिलायन्स लाइफइन्स्योरेन्स लि.ले सार्वजनिक गरेको रिलायन्स मुद्दती निक्षेप सुरक्षा योजना सार्वजनिक गरेको छ । यो योजना बैंकको मुद्दती निक्षेप जस्तै भएको बताइएको छ । नियमित वा एकमुष्ठ बीमा शुल्क भुक्तानीे, दोब्बर रक्षावरण र बीमा अवधिभर बीमाङ्कको बार्षिक ५ प्रतिशतको दरले रकम फिर्ता पाइने जस्ता सुविधाहरु रहेका छन् । यसको अतिरिक्त बीमा चालू रहेको अवस्थामा बीमितको मृत्यु भएमा कूल बीमाङ्क वा बीमाङ्कको दोब्बर रकम (बार्षिक भुक्तानी गरिसकेको रकम नकटाई) र बोनस एकमुष्ठ रुपमा भुक्तानी गरिने कम्पनीले जनाएको छ । अन्य अवस्थामा बीमा अवधिको समाप्तिमा बाँकी बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ रुपमा बीमितलाई भुक्तानी गरिने विशेषता रहेको छ । बीमालेखको निरन्तरता रहुन्जेलसम्म सुरक्षाको साथै वार्षिक रुपमा निश्चित रकम प्राप्त हुने हुँदा भविष्यमा आइपर्ने बित्तीय आवश्यकताहरु पूरा गर्न एक उत्तम विकल्पको रुपमा कम्पनीले यो योजना ल्याएको जनाएको छ ।
सिद्धार्थ बैंकले एकैसाथ खोल्यो ८ नयाँ शाखा
काठमाडौँ । सिद्धार्थ बैंकले २०७५ पुस २९ गते एकैसाथ ८ स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं जिल्लाको धनेश्वर, बालुवाखानी, हात्तीगौडा, फर्पिङ, इचंगुनारायण, कीर्तिपुर, भक्तपुर जिल्लाको मध्यपुर ठिमी साथै बर्दिया जिल्लाको बाँसगढी सहित ८ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।
नेपाल एसबिआई बैंकको १५.७९ प्रतिशत लाभाशं पारित, सञ्चालकमा गौतम नियुक्त
काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित १५.७९ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको २५औँ वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो । भद्रकाली स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न उक्त सभाले सेयरधनीलाई गत वर्षको नाफाबाट हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद गरी सो मात्राको लाभांश पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस वितरण पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड रुपैयाँ नाघ्ने छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा २७६ करोड १७ लाख रुपैयाँ संचालन मुनाफा र २०२ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ । त्यस्तै, गत आइतबार(पुस २९ गते) सम्पन्न बैंक सञ्चालक समितिको बैठकले सञ्चालक पदमा अर्जुनकुमार गौतमलाई नियुक्त गरेकाे छ । साथै, सोही पदमा कार्यरत दीपक रौनियारले सोही मितिदेखि लागू हुने गरी उक्त पदबाट राजिनामा दिएका छन् ।
अरुण काबेलीको वार्षिक साधारणसभा
काठमाडौँ । अरुण काबेली पावर लिमिटेडको सातौं तथा आठौं संयुक्त वार्षिक साधारण सभा, कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा पुस ३० ईन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाण्डौंमा सम्पन्न भयो । साधारण सभाले आर्थिक वर्ष २०७३/७४ तथा आ.व. २०७४/२०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल गरि स्वीकृत गरेको छ । कम्पनीका संस्थापक शेयरधनीको प्रतिनित्व गर्ने सञ्चालक पद गुरुप्रसाद न्यौपाने, जीवनराज शाक्य, बच्छराज तातेड तथा भेजप्रसाद तिमिल्सिना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक मिलन खड्का तथा नोलकुमारी आचार्यलाई महिलाको प्रतिनिधित्व गर्ने गरी र स्वतन्त्रतर्फबाट इन्द्रमणि त्रिताललाई सञ्चालक समितिमा चयन भएका छन् । कम्पनीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ्ग जिल्लाको सिमाना भएर बहने काबेली नदीको पानीे उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी—१ जलविद्युत परियोजना निर्माण गरिरहेको छ । परियोजनाबाट उत्पादन हुने विद्युतशक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ९० किलोमिटर लामो दमक—काबेली (मेची कोरिडर) १३२ के.भी. डवल सर्किट राष्ट्रिय प्रसारण लाईन आयोजना अन्तर्गत पाँचथर जिल्ला साविकको अमरपुर गा.वि.स. स्थित अमरपुर सबस्टेसनमा जडान गरी विद्युत आपूर्ति गर्ने गरी संझौता सम्पन्न भएको छ । परियोजनामा निर्माण गर्नुपर्ने हाईड्रोमेकानिकलको कार्य अन्र्तगत पेनस्टक पाईप, गेट निर्माण तथा जडान, ईलोक्टोमेकानिकल तथा स्विचिङ्ग सवस्टेशनमा लाग्ने मेशिनहरु जडान कार्य सम्पन्न भएको छ । कम्पनीले निर्माण गर्नुपर्ने काबेली देखि अमरपुर सवस्टेशन सम्मको ४.५ किलोमिटर लामो १३२ के.भी प्रसारण लाईन निर्माण गर्ने कार्य सम्पन्न भई लाईन चार्ज समेत भईसकेको छ । परियोजनाबाट बार्षिक १४,१७,४६,४७० किलोवाट घण्टा विद्युतशक्ति उत्पादन हुने प्रक्षेपण गरिएको छ । विद्युत बिक्रीको मूल्य वर्षात्का ८ महिनाको लागि रु. ४.८० प्रति किलोवाट घण्टा तथा हिउँदका ४ महिनाको लागि रु ८.४० प्रति किलोवाटघण्टा कायम गरिएको छ । यस आधारमा यो परियोजना निर्माण सम्पन्न भई सञ्चालन भएको पहिलो वर्ष रु ७६ करोड आम्दानी प्राप्त हुन बताइएको छ । २५ मेगावाट क्षमताको काबेली बि-१ जलविद्युत परियोजना निर्माण पूरा गर्न कूल रु. ४६३ करोड लागत लाग्ने अनुमान छ । हालसम्म परियोजना निर्माणमा रु ४५४ करोड लगानी भईसकेको छ ।
हिमालयन बैंकको साधारण सभाले पारित गर्यो ५ % बोनस शेयर र १० % नगद लाभांशको प्रस्ताव
काठमाडौँ । हिमालयन बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा आज सम्पन्न भयो । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ पुग्ने जानकारी अध्यक्ष श्रेष्ठले जानकारी गराए । सभामा संचालक समितिको तर्फबाट श्रेष्ठले आर्थिक वर्ष २०७४÷७५ को प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकवर्गले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको र आगामी माघ ५ गते सफलतापूर्वक २६ वर्ष पूरा गर्ने जानकारी सभालाई दिए । अध्यक्ष श्रेष्ठले बैंकले आव २०७४÷७५ अन्त्य सम्म ९९ अर्ब ७४ करोड ३० लाख निक्षेप संकलन र ८६ अर्ब ८४ करोड ६६ लाख कर्जा प्रवाह गरेको जानकारी गराए । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ७.३९ र ११.८६ प्रतिशतले बढी हो । उक्त सभामा सर्ब साधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद १ मा विजयबहादुर श्रेष्ठ निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकृत रमेश सापकोटाले जानकारी दिए ।