लगानी प्रतिवद्धता आउन सुरु कोरियन कम्पनीले ६५० मिलियन डलर खर्चिएर ४०० मेगावटको जविद्युत निर्माण गर्ने
काठमाडौं । सोल्टी होटलमा जारी लगानी सम्मेलन २०१९ मा प्रतिवद्धता आउन सुरु भएको छ । सम्मेलनमा कोरियन कम्पनीले ४०० मेगावटको अपर त्रिशुली जलविद्युत बनाउने भएको छ । प्रतिवद्धता पत्रमा कम्पनीका म्यानेजर ह्याप्नी क्वीन र सरकारबीच हस्ताक्षर भएको हो ।
लगानी प्रतिवद्धता आउन सुरु, सरकार र गैरआवासीय नेपालीबीच १० अर्बको सम्झौता
काठमाडौं । सोल्टी होटलमा जारी लगानी सम्मेलन २०१९ मा प्रतिवद्धता आउन सुरु भएको छ । सम्मेलनमा गैर आवासिय नेपाली संघ र सरकारबीच १० अर्बको प्रतिवद्धता पत्रमा हस्ताक्षर हुँदैछ । पुर्वाधार,कृषि, जलविद्युत, शेयरबजार, पर्यटन लगायत क्षेत्रमा लगानी हुने गरी प्रतिवद्धता आउन लागेको लगानी बोर्डले जनाएको छ । प्रतिवद्धता पत्रमा सरकार र संघका अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका छन्।
लगानी सम्मेलन: अँग्रेजी लफडा र कमजोर व्यवस्थापन
छलफलमा उठेका सवाल र प्रश्नहरुको जवाफको साटो अघिल्लो दिन तयार पारिएको लिखित मन्तव्य राख्दै मन्त्री बास्कोटा काठमाडौं । राजधानीको सोल्टी होटलमा ६ सय भन्दा बढी विदेशी लगानीकर्ता निम्त्याईएका छन् । नेपालमा लगानीका लागि कन्भिन्स गर्न बोलाईएका विदेशी पाहुनाहरुलाई ३ जना मन्त्रीहरुले भने टिठ लाग्दो अंग्रेजी उपहार दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव र उर्जा जलश्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनको अंग्रेजी उदेक लाग्दो देखियो । ६ सय भन्दा बढी विदेशीलाई लगानीका लागि यी यी सुविधा छन् भनेर बताउन उनीहरु प्लेनरी सेसनको अध्यक्षता गरिरहेका थिए । केहि स्वदेशी र केहि विदेशी लगानीकर्ताले प्लेनरीमा आफ्ना धारणा र केहि संशय राख्ने कार्यक्रम थियो । आगन्तुकहरुबाट केहि प्रश्न समेत लिईएको कार्यक्रममा मन्त्रीहरुको प्रस्तुति सबै भन्दा झुर देखियो । छलफलमा उठेका सवाल र प्रश्नहरुको जवाफको साटो अघिल्लो दिन तयार पारिएको लिखित मन्तव्य राख्दै मन्त्री यादव हलमा भएको छलफल र उठेका प्रश्नहरुको जवाफ दिँदै सेसन अन्त्य गर्नुपर्ने मन्त्रीहरुले क्वार्टरमा अघिल्लो दिन तयार पारिएको ३ पन्ने भाषण पढेर सुनाएका थिए, त्यो पनि अन्त्यन्तै झुर उच्चारणमा । मन्त्री बास्कोटाले छलफलमा उठेका कुनै पनि प्रश्नहरुको जवाफ दिएनन्, खाली अघिल्लो दिन तयार पारिएका लिखित भाषण सुनाए । छलफलमा उठेका सवाल र प्रश्नहरुको जवाफको साटो अघिल्लो दिन तयार पारिएको लिखित मन्तव्य राख्दै मन्त्री पुन मन्त्री पुनको अवस्था पनि त्यो भन्दा फरक देखिएन, उनले पनि केहि पानाको लिखित भाषण पढेर सुनाए । छलफल एकातिर थियो भने मन्त्रीहरुको प्रस्तुति अर्कै तिर केन्द्रित देखिन्थ्यो । विहानै देखि खिन्न मुद्रामा सोल्टी होटलमा बसेका मन्त्री मात्रिका प्रसाद यादवको प्रस्तुति त झन बिर्सन लायक नै थियो । उनका हरेक वाक्यहरुले दर्शक दिर्घामा बस्नेहरु हास्थे । उनी लगानीकर्ताका हितमा राम्रो कुरा भन्ने प्रयास त गर्थे तर उनको भाषिक सुद्धतामा समस्या देखिन्थ्यो । उनले ‘इदर उदर’ भनेर अंग्रेजी भाषामा हिन्दी मिसाएपछि हलमा हासोको पर्रा फुटेको थियो । सहभागीहरु पेट मिचिमिचि हासिरहेका थिए । त्यति मात्रै होइन, उनले ‘ एभ्री वडी नो अटोमोशन, (घडि हेर्दै) नो टाईम एक्सप्लानेशन’ भन्दा त झन हलको माहोल नै अर्कै बनेको थियो । मन्त्री यादवले आफ्ना धारणा राख्दै गर्दा बिचबिचमा कार्यक्रममा सहजकर्ताको भूमिका रहेका उद्यमी प्रदिप कुमार श्रेष्ठले थप स्पष्ट पार्ने प्रयास गरिरहेका थिए । शुक्रबार मन्त्री गोकुल बास्कोटाले सूचना प्रविधि सम्बन्धी, मन्त्री यादवले उद्योगमा लगानीको सम्भावना र रोजगारी तथा मन्त्री पुनले उर्जा सम्बन्धी प्लेनरीको अध्यक्षता गरेका थिए । के अनिवार्य हो अंग्रेजी विदेशी भाषामा सबै दख्खल हुनै पर्छ भन्ने छैन तर नजान्दा नजान्दा त्यस्तो भाषाको प्रयोग गरेर हासी मजाकको पात्र बन्न भने देशको प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई शोभा दिँदैन् । अंग्रेजी भाषामा दख्खल नहुनेहरुले दोभासेको उपयोग गरेर नेपाली भाषामै आफ्ना कुरा दमदारसँग राख्न सकिन्छ । त्यसले नेपालीपनको संरक्षण गर्छ र आफ्ना कुरा विदेशीलाई बुझाउन पनि सकिन्छ । अन्टसन्ट अंग्रेजी बोलेर चाहिएको सन्देश दिन नसक्नु लज्जाकै बिषय हो । अंग्रेजी जान्नै पर्छ भन्ने छैन तर नजानिएको अंग्रेजी बोलेर यति ठूलो मञ्चमा आफ्नै प्रतिष्ठा र देश चलाउनेहरुको हैसियत उजार गर्नु भने पक्कै उपयुक्त हुन्न । कुनै कुरा नजान्नु गलत होइन, तर नजान्दा नजान्दै पनि सबथोक जान्दछु भनेर कुरा बिगार्नु चाँही महाभुल हो, जुन शुक्रबार ३ जना मन्त्रीहरुले गरे । कमजोर व्यवस्थापन लगानी सम्मेलनको व्यवस्थापन अपेक्षाकृत व्यवस्थित देखिएन् । विदेशी पाहुनाहरु बस्ने ठाउँको अभाव उभिएको, यत्र तत्र भौँतारिएको दृश्य देखिन्थ्यो । मञ्च व्यवस्थापन र साउण्ड सिस्टम पनि त्यति भरपर्दाे देखिएन् । कतिपय वक्ताहरुले बोल्दा माइकले काम नगरेको अवस्था थियो । बस्ने ठाउँ, खाने ठाउँ, परियोजनाबारे थप बुझ्नका लागि तोकिएको ठाउँ कहि पनि राम्रो व्यवस्थापन देखिएको थिएन् । तै पनि सम्मेलनमा सहभागीहरुमा उत्साह भने राम्रै देखिन्थ्यो ।
‘डिजिटल नेपाल’का लागि लगानीको आह्वान
काठमाडौँ । सरकारले ‘डिजिटल नेपाल परियोजना’लाई सार्थक बनाउन वैदेशिक लगानीकर्तालाई सूचना प्रविधिको क्षेत्रमा खुलेर लगानी गर्न आह्वान गरेको छ । सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण तयार गर्न आवश्यक कानून पारित गरी वातावरण तयार पारेको भन्दै सरकारले लगानीकर्तालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाएको छ । ‘नेपाल लगानी सम्मेलन २०१९’ को पहिलो दिन आज सूचना प्रविधिसम्बन्धी सत्रमा नेपालको सूचना प्रविधिको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी तथा विदेशी उद्यमी र व्यवसायीलाई लगानी गर्न आह्वान गरेको हो । सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि नीतिको मस्यौदा तयार भई प्रक्रिया अगाडि बढेको र सूचना प्रविधिसम्बन्धी अन्य कानून पनि निर्माण भइसकेको जानकारी दिए । सम्मेलनलाई लक्षित गरी सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संशोधनसमेत गरिसकेको छ । सम्मेलनको उक्त सत्रमा वक्ताका रुपमा अमेजन इन्टरनेट सर्भिस कम्पनी भारतका चन्द्र बलानी, जापानको सुमितोमोका महाप्रबन्धक मासाहिरो मियासिता, माइक्रोसफ्टको एशिया प्यासफिक क्षेत्रका प्रबन्ध निर्देशक सोनिया बसिर कविर, नेपालको सफल पाटनर्सका प्रबन्ध निर्देशक आशुतोष तिवारी सहभागी थिए । जापानको सुमितोमो कम्पनीका महाप्रबन्धक मासाहिरो मियासिताले डिजिटल रुपान्तरणका लागि ड्रोन, रोवर्ट र सफ्टवेयरको प्रयोग गरी शिक्षा, कृषिलगायत क्षेत्रलाई सबल बनाउन सकिने उल्लेख गरे ।
राउण्ड टेबल अध्यक्षमा जयन्त अग्रवाल निर्वाचित
काठमाडौँ । राउण्ड टेबल नेपालका पूर्व अध्यक्ष जयन्त अग्रवाल एसिया प्यासिफिक क्षेत्रको आगामी कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् । अन्तराष्ट्रिय राउण्ड टेबल एसिया प्यासिफिक क्षेत्रकोे काठमाडौँमा सम्पन्न बैठकबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनी हेमन्त गोल्छा, मनोज केडिया, अमित बेगानी र आकाश गोल्छा पछि एसिया प्यासिफिक क्षेत्रको अध्यक्षमा निर्वाचित भएका हुन् । एसिया प्यासिफिकको वार्षिक साधारण सभामा नेपाल सहित १२ देशका १०० टेबलर्सहरुको सहभगिता रहेको थियो । एसिया प्यासिफिक क्षेत्रको अन्तराष्ट्रिय राउण्ड टेबलमा नेपाल, भारत, श्रीलङ्का, फिलिपिन्स, अष्ट्रेलिया, हङकङ, सिङ्गापुर, मलेसिया र न्यूजिल्यान्ड सहित १० देश सदस्य रहेका छन् ।
एनआईसी एशिया बैंकद्धारा पशुपति क्षेत्र विकास कोषलाई वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले पशुपति क्षेत्र विकास कोषलाई ४ थान वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको वित्तीय सहयोगमा उक्त शौचालय हस्तान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रोशनकुमार न्यौपाने तथा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरेका हुन् । वातावरण मैत्री घुम्ती शौचालयको सहि प्रयोजन तथा सम्बद्र्धनबाट दर्शनार्थीहरुले पाशुपत क्षेत्र दर्शन भ्रमणमा सहयोग पुग्ने बैंक सीईओ रोशनकुमार न्यौपानेले बताए । साथै, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले यस शौचालय वातावरण मैत्री भएको कारणले गर्दा वातावरण थप अनुकुल हुने जनाएका छन् ।
ओपन डाटा सम्बन्धी तालिम प्रदान सम्पन्न, ‘आगामी दिनमा तथ्याङ्क प्राप्त गर्न सहज’
काठमाडौ । ईन्स्टिच्यूट फर ईन्टीग्रेटेड डेभलेपमेण्ट स्टडिज(आईआईडीएस) ले ओपन डाटा सम्बन्धी तालिम प्रदान गरेको छ । राजधानीको मण्डिखाटार स्थित आईआईडीएसको भवनमा शुक्रबार सो तालिम सम्पन्न भएको हो । अर्थशास्त्री प्रविन डंगोलले तालिममा ओपन डाटाबारे जानकारी दिदै यसको सिद्धान्तका बारेमा चर्चा गरेका थिए । डंगोलका अनुसार डाटाको महत्व हरेक क्षेत्रमा हुने र अबको विश्व तथ्याङ्कमा आधारित हुदै गएकालेडाटाको महत्व बढ्दो क्रममा रहेको उनको तर्क छ । यस्तै, कार्यक्रममा आईआईडिएसका रिसर्च सहायक हेमराज जोशीले ‘नेपा स्टाट’ साइटको बारेमा जानकारी दिएका थिए । जोशी भन्छन्–‘आगामी दिनमा तथ्याङ्क प्राप्त गर्न सहज होस भनेर हामीले नेपा स्टाट साइटको सुविधा वेव मार्फत ल्याएका छौ ।’ सो साईट प्रयोग गर्दा जनताले जनसंख्या, कृषी, पर्यटन, जलवायु लगाएतका विभिन्न क्षेत्रको तथ्याङ्क सहजै पाउने उनले बताए । के हो त ओपन डाटा ? ओपन डाटा भन्नाले निःशुल्क रुपमा प्रयोग हुने, पुर्न प्रयोग गर्न सकिने तथा आवश्यकता अनुसार वितरण गर्न सकिने तथ्याङ्कको अङ्ग्रेजी नामलाई बुझ्न सकिन्छ । यसलाई सार्वजनिक रुपमा प्रयोग गर्न सकिन्छ भने यो मिसिनले रिड गर्न सक्ने अवस्थामा हुनु पर्छ । मेसिनले रिड गर्ने भन्नाले एक्सल वा सिएसबीमा यो पढ्न सकिने खालको हुनुपर्छ । ओपन डाटा कै लागि भनेर आर्थिक बुझाउनु पर्दैन । तर, डाटाको लागि यसमा प्रयोग हुने अन्य सेवा शुल्क भने बुझाउनु पर्छ । सरकारबाट मान्यता प्राप्त गरेका निकायले तथ्याङ्क गणना गरे पश्चात त्यस्ता गणना ओपन डाटामा समावेश गर्न सकिन्छ । संकलित तथ्याङ्क लाईसेन्स प्राप्त संस्थाले बिक्री वितरण गर्न सक्छन् । त्यस्ता संस्थाबाट खरिद बिक्री गरिसकेको तथ्याङ्क अन्य लाईसेन्स नभएका संस्था वा व्यक्तीले बिक्री गर्न पाउँदैनन् । कतिपय आवस्थामा तथ्याङ्क सार्वजनिक गर्दा प्राथमिक स्रोतको नाम उल्लेख गर्नै पर्ने हुन्छ । ओपन डाटाका फाईदाहरु: ओपन डाटा बैज्ञानिक प्रणाली भएकाले यसले समयको बचमा सघाउ पुर्याउँदछ । यो प्रणाली सरकारी, नीजि तथा सार्वजनिक क्षेत्रमा सोही कारण उपयोगी हुँदै आएको पाईन्छ । आईआईडिएसले प्राथमिक स्रोतबाट संकलन भएका तथ्याङ्क संकलन गरेको लगभग २ बर्ष पुगेको छ । विगत १ बर्षदेखी भने यसको सक्रियतामा वृद्धी भएको पाईन्छ । हालसम्म ओपन डाटाको रुपमा पिडिएफ मात्र उपलब्ध हुँदै आएको पाईन्छ । आईआईडीएसले यसमा सहजता प्रदान गर्न तथ्याङ्क तथा चार्ट एकै स्थानमा उपलब्ध गराउन लागि परेको छ । नेपा स्टाट मार्फत हाल सम्म १४ हजार ७ सय ३ तथ्याङ्क वेवमा राखिएका छन् । ई.सं १९६८ देखी हालसम्मका सम्पूर्ण कृषी तथ्याङ्क उपलब्ध रहेको रिसर्च सहायक हेमराज जोशीले जनाए ।
नेपाल-भारत हस्तकला प्रदर्शनी शनिबारदेखि, हस्तकला व्यापार बढाउने लक्ष्य
काठमाडौँ । साउथ एसिया फाउण्डेसनको पहलमा शनिवारदेखि ४ दिने नेपाल–भारत हस्तकला प्रदर्शनी हुने भएको छ । शनिबार प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा भारतीय राजदुत एसएच मन्जीव सिंह पुरीको पनि उपस्थिति रहनेछ । नेपाल र भारतको हस्तकलाको दुइपक्षीय सम्बन्ध विस्तार तथा कालीगढको अनुभव साटासाट गर्न प्रदर्शनीले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । ठमेल स्थित छाया सेन्टरको कोर्ट यार्डमा आयोजना हुने उक्त प्रदर्शनीमा नेपाल र भारतको हस्तलाको विषेशता तथा संस्कृतीका बारेमा बृहत रुपमा जानकारी दिइने आयोजकले जनाएका छन् । नेपाल–भारत हस्तकला प्रदर्शनीलाई भारत सरकारको टेक्सटायल मन्त्रालयको प्रयोजन गरेको छ । त्यसैगरी काउन्सिल अफ हेण्डीक्राफ्ट डेभलपमेन्ट कर्पोरेसन र भारत सरकारको डेभलपमेन्ट कमिसनर तथा साउथ एशिया फाउण्डेसनको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीलाई भारतीय राजदुतावास, नेपाली दुतावास नयाँ दिल्ली तथा विपि कोइराला भारत नेपाल फाउण्डेसनको समेत सहयोग रहेको छ । प्रदर्शनीमा नेपाल र भारतका गरी करिव २० जातीका ८० भन्दा धेरै कालीगडको सहभागिता रहनेछ । त्यसमा नेपालका विभिन्न क्षेत्रवाट ३० कालिगढ सहभागी हुने बताइएको छ ।