राउण्ड टेबल अध्यक्षमा जयन्त अग्रवाल निर्वाचित

<p>काठमाडौँ । राउण्ड टेबल नेपालका पूर्व अध्यक्ष जयन्त अग्रवाल एसिया प्यासिफिक क्षेत्रको आगामी कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् । अन्तराष्ट्रिय राउण्ड टेबल एसिया प्यासिफिक क्षेत्रकोे काठमाडौँमा सम्पन्न बैठकबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनी हेमन्त गोल्छा, मनोज केडिया, अमित बेगानी र आकाश गोल्छा पछि एसिया प्यासिफिक क्षेत्रको अध्यक्षमा निर्वाचित भएका हुन् । [&hellip;]</p>


काठमाडौँ । राउण्ड टेबल नेपालका पूर्व अध्यक्ष जयन्त अग्रवाल एसिया प्यासिफिक क्षेत्रको आगामी कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् । अन्तराष्ट्रिय राउण्ड टेबल एसिया प्यासिफिक क्षेत्रकोे काठमाडौँमा सम्पन्न बैठकबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनी हेमन्त गोल्छा, मनोज केडिया, अमित बेगानी र आकाश गोल्छा पछि एसिया प्यासिफिक क्षेत्रको अध्यक्षमा निर्वाचित भएका हुन् ।
एसिया प्यासिफिकको वार्षिक साधारण सभामा नेपाल सहित १२ देशका १०० टेबलर्सहरुको सहभगिता रहेको थियो । एसिया प्यासिफिक क्षेत्रको अन्तराष्ट्रिय राउण्ड टेबलमा नेपाल, भारत, श्रीलङ्का, फिलिपिन्स, अष्ट्रेलिया, हङकङ, सिङ्गापुर, मलेसिया र न्यूजिल्यान्ड सहित १० देश सदस्य रहेका छन् ।

Share News