काठमाडौं । सोल्टी होटलमा जारी लगानी सम्मेलन २०१९ मा प्रतिवद्धता आउन सुरु भएको छ । सम्मेलनमा गैर आवासिय नेपाली संघ र सरकारबीच १० अर्बको प्रतिवद्धता पत्रमा हस्ताक्षर हुँदैछ ।
पुर्वाधार,कृषि, जलविद्युत, शेयरबजार, पर्यटन लगायत क्षेत्रमा लगानी हुने गरी प्रतिवद्धता आउन लागेको लगानी बोर्डले जनाएको छ । प्रतिवद्धता पत्रमा सरकार र संघका अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका छन्।