विकासन्युज

नेपाली वस्तुको ब्राण्ड बलियो भए अनलाइन सपिङ्को असर पर्दैन

अमृतमान तुलाधर, ई-कमर्श विज्ञ उपभोक्तासम्म वस्तु प्रवेशलाई तीव्र बनाउन अनलाइन सपिङ प्रविधियुक्त युगमा अत्यधिक प्रयोगमा आएको बजारीकरणका उपकरणको नामले परिचय पाउन सफल हुँदै गएको छ । आजकल नेपालीहरू घरमै बसी-बसी अनलाइन सपिङ मार्फत सामान खरिदमा अभ्यस्त हुन थालिसकेका छन् । यसले समयको बचत त हुन्छ नै, बजार मूल्यभन्दा केही सस्तो दरमा सामग्री उपलब्ध हुने लोभले समेत अनलाइन सपिङतर्फ ग्राहक आकर्षित हुन थालेका छन् । स्थानीय बजारमा मुन्चा, दराज, नेप्वे, सस्तो-डिल लगायतका दर्जनौं कम्पनी मार्फत इलेक्ट्रोनिक्स, गार्मेन्टस, लगायतका विभिन्न विदेशी सामानका खरीदकर्ताको भीड लाग्ने गर्दछ । अनलाईन मार्केटीङले नेपाली बजारमा आयातीत वस्तुले वर्चस्व पाउन पाउन थालेका छन् । किनकि गार्मेन्टस लगायतका उपभोग्य वस्तुका नेपाली लोकप्रिय ब्राण्ड उपलब्ध नभए पछि त्यसको फाइदा विदेशीको पोल्टामा पुग्ने गरेको छ । नेपाली च्याङग्रा पस्मिना, ह्याण्ड मेड कार्पेट जस्ता लोगो विदेशी बजारमा प्रचलित भएपनि स्थानीय बजारमा भने बाक्लो उपस्थिती छैन । यदा कदा फेवारनेपाल पस्मिनाको नामसम्म सुन्न पाइए पनि ती कम्पनीका उत्पादनका गुणस्तर यकिन हुने वैज्ञानिक संयन्त्र उपलब्ध छैन । तर यदि ब्राण्डको बजारमा बलियो उपस्थिति भए अनलाइन सपिङमा नेपाली उत्पादनले प्राथमिकता पाउनेमा विश्वास गर्न सकिन्छ । नेपालमा सञ्चालित उत्पादनशील उद्योगहरूले समेत ब्राण्ड विकासलाई प्राथमिकता दिएको पाईदैन । त्यस कारण मुञ्चा डट कमले पछिल्लो पटक नेपाली निर्यातजन्य उत्पादन अन्तराष्ट्रिय बजार लक्षित माटो डट कमको सुरुवात गरेको छ । यस साइटबाट उच्च गुणस्तरीय र महँगा निर्यात जन्य बस्तुको मात्र बिक्री तथा प्रवर्धन गरिने छ । अनलाइन सपिङबाट उपभोक्ताका लागि खरिद प्रक्रिया सहज भएपनि स्थानीय पसले र उत्पादकहरूको टाउको दुखाई बन्ने गरेको छ । त्यसो त गार्मेन्टस् तथा जुत्ता लगायतका सामाग्री खरिद पछि मन नपरेमा साट फेरको सुविधाले समेत अनलाइनतर्फ ग्राहक संख्या प्रतिदिन वृद्धि हुँदै गएको छ । अर्को तर्फ अनलाइनमा उपलब्ध वस्तुको बजार मूल्य भन्दा सस्तो हुने गर्दछ । यही मूल्य प्रतिस्पर्धाका कारण छिमेकी मुलुक भारतका सयौं अनलाइन कम्पनी सञ्चालन खर्च बटुल्न नसकेर अर्को कम्पनीसँग मर्जर हुन बाध्य भएका थिए । भने त्यहाँको फराकिलो बजार देखेर भित्रिएका बहुराष्ट्रिय कम्पनीहरु सँग मर्जर हुन पुगेका सयौँ उदाहरणहरु छन् । बहुराष्ट्रिय अनलाईन सपीङ्ग एमाजोन लगायतका कम्पनीहरु उच्च बजार हिस्सा बटुल्नका लागि लगानी वृद्धि गर्दै लगेका छन् । त्यसको फलस्वरुप बजार दायरा फराकिलो बनाउने प्रतिस्पर्धामा साना लगानीका कम्पनी बजारमा टिक्न नस्कने अवस्थामा पुगीसकेका छन् । कम्पनीको ब्राण्ड स्थायीत्वलाई उच्च बनाउनका लागि अनलाईन मार्केटिङ कम्पनीहरुले बजार मुल्य भन्दा सस्तो दरमा सामान बच्ने गर्दछन् । तर ती विदेशी कम्पनीसँग गाभिँदा त्यस क्रममा भएको सम्पूर्ण घाटा उठने गर्दछ । यसरी गाभिने दोस्रो कम्पनीका नराम्रो पक्ष मध्ये सम्पूर्ण ग्राहक र प्रसासनको पकड अर्को कम्पनीमा समेटिनुलाई लिन सकिन्छ । छिमेकी मुलुक भारतमा मिन्त्रा जस्ता स्यानो लगानीका कम्पनीहरूको आक्रमक बजारीकरणबाट लोभिएर फिल्पकार्डले उसको सबै सेयर खरीद गरी भारतीय बजारमा प्रवेश गर्न सफल भएको छ । भने फराकिलो बजार हिस्सा बनाउन सफल भएको जबोङ बजारमा टिक्नै नस्कने अवस्थामा पुगीसके पछि बाध्य भएर त्यहि फिल्पकार्डसँग ५० मिलियन अमेरीकी डलरमा बिक्री हुन पुगेका थिए । भने अर्कोतर्फ वालमार्टले फेरी फिल्पकार्डको करीब ८० प्रतिशत सेयर खरीद गरी अत्याधिक सम्भावना भएको सार्क राष्ट्रका बजार प्रवेश गर्न सफल भएको छ । अनलाइन सपिङ कम्पनीका पहिलो रणनीति बजार विकासबाट शुरु हुने गर्दछ । सस्तोमा सामान उपलब्ध गराउने हुँदा पसले र मुख्य उत्पादनकर्ताबीच दुरी उत्पन्न समेत हुने गर्दछ । यसले स्थानीय पसलेको कारोबार नै धराशायी बनाईदिन्छ । भारतीय अर्बपति घरानाका मुकेश अम्बानीको जियो (टेलिकम) लगायतका विभिन्न उत्पादन सोझै उपभोक्ता समक्ष पुर्याउन अनलाईन बजारीकरण आवश्यक भैसकेको छ । भने ई-कमर्श सञ्चालनमा विभिन्न स्थानमा कम्पनीका आउटलेट नराखी आस लाग्दो मुनाफा कमाउन सकिने क्रमलाई पछ्याउँदै अम्बानी समुह अनलाईन बजारीकरण प्रवेश तयारीमा जुटेका छन् । बहुराष्ट्रिय अनलाइन कम्पनीहरु भारतीय बजार प्रवेश पछिको असर त्यहाँका पसलेको बिक्रीमा प्रत्यक्ष असर पर्न थाले पछि ती कम्पनीका व्यवसायीक कार्यमा नियन्त्रण सहित ई-कमर्श वाणिज्य नीति लिइएको छ । भारत सरकारले सन २०१९ फेब्रुअरी १ देखि लागु हुने गरी ई-कमर्स साइट सञ्चालन गर्न कम्पनी मातहतका उत्पादन बिक्रिमा २५ प्रतिशतको सिमा तोकिएको छ । ती कम्पनी प्रत्यक्ष संलग्न भएका उत्पादन त्यहि अनलाइन साइटबाट बिक्रीमा पूर्ण बन्देज लगाईएको छ । त्यस्तै अन्य वस्तु बिक्रीका लागि पनि बेग्लै कम्पनी स्थापना गर्नुपर्ने छ । नेपालमा समेत ई-कमर्श साइटको वर्चस्व विस्तार हुने क्रममा छ । त्यसो त नेपाली अनलाइन सपिङ मध्ये दराज डट कमको बजार हिस्सा उच्च हुँदै गएको छ । तर चिनिया अनलाइन अग्रणी कम्पनी अलिबाबा जर्मन नेतृत्वका रकेट इन्टरनेट मार्फत सञ्चानलमा आएको दराज डट कम को ९५ प्रतिशत शेयर खरिद गरी नेपाली बजार प्रवेश गर्न सफल भएको छ । अबका दिनमा नेपालका साना स्तरमा सञ्चालित अनलाइन साइट मूल्य प्रतिस्पर्धा गर्न नसकी बन्द हुने स्थितिमा पुग्ने निश्चित छ । नेपालमा समेत पसलेहरूको बिक्रीमा प्रत्यक्ष असर पुग्ने क्रम दोहोरिन सक्छ । तर जबसम्म नेपाली बस्तु ब्राण्डको विकास तीव्र हुँदैन स्थानीय बजारमा विदेशी ब्राण्डले मजा लुटिरहन्छ ।

राष्ट्र बैंकमा तीन भीआईपीको ‘टङस्लिप’, गभर्नरले अंक पढ्न जानेनन्, डेपुटीले बैंकर चिनेनन्

काठमाडौं । नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सव समारोहमा गभर्नर, डेपुटी गभर्नर तथा नेपाल बैंकर्स एशोसिएशनका अध्यक्षको टङस्लिप हुँदा भाषणमा गम्भीर त्रुटी गरेका छन् । लिखित मन्तव्य दिएका राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालदेखि मौखिक रुपमै सम्बोधन गरेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले त्यस्तो गल्ती गरेका हुन् । गभर्नर नेपालले भाषणका क्रममा फागुन मसान्तमा नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल निक्षेप ३ खर्ब ९ अर्ब र कर्जा लगानी २ खर्ब ७ अर्ब ४९ करोड रहेको बताएका हुन् । उनको लिखित भाषणमा भने फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप रु. ३००९ अर्ब तथा कर्जा लगानी २७४९ अर्ब लेखिएको थियो । त्यस्तै स्वागत मन्तव्यका क्रममा बोलेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले डेभलपमेन्ट बैंकर्स एशोसिएशनका अध्यक्ष प्रद्युम्न पोखरेल सम्बोधन गरेका छन् जबकी हालसम्म गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले एशोसिएसनको कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् भने एशोसिएशनले यही बैशाख २७ गते १३औं साधारणसभा बोलाएको छ जसमा नयाँ अध्यक्ष तथा पदाधिकारीहरु निर्वाचित हुनेछन् । नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सवलाई ६४ औं साधारणसभा भनेर सम्बोधन गरिदिएका छन् । भीआईपीहरुले बोल्दै गर्दा भएका यस्ता कमजोरीहरुको गल्तीलाई धेरैले त सामान्य रुपमा करेक्सन गरेर बुझ्लान् तर औपचारिक कार्यक्रमहरुमा बोलिएका यस्ता तथ्याङ्कहरुले कहिँकतै ठूलो अर्थ राख्न सक्छ । त्यति मात्रै होइन, यसले सहभागीहरुको वक्ताप्रतिको सम्मानमा समेत कमी ल्याउँछ भलै त्यस्तो भाव व्यवहारमा झल्कियोस् वा नझल्कियोस् ।

राष्ट्र बैंकका कर्मचारीहरुकाे निष्कर्ष : सरकारले स्वायत्तता खाेस्न खाेज्याे, प्रतिराेध गराैं

काठमाडौं । राष्ट्र बैंकको स्वायत्तता हल्लिन थाल्यो, राजनीतिक नेतृत्वले आफ्नो इशारामा केन्द्रीय बैंकलाई चलाउन खोज्यो । हामीले बेलैमा सोचेनौं भने हाम्रो स्वायत्तता जोगिँदैन ।’ यो भनाई नेपाल राष्ट्र बैंक कर्मचारी युनियनका अध्यक्ष रेशमराज रेग्मीको हो । नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले आफ्ना निकायलाई तथ्याङ्क सार्वजनिक गर्न नदिएर निरंकुश शैली अपनाएको र त्यसको प्रभाव राष्ट्र बैंकमा देखिन थालेको भन्दै केन्द्रीय बैंकले आफ्नो स्वायत्तता जोगाउन बेलैमा सोच्नुपर्ने बताए । रेग्मीले मात्रै नभई कार्यक्रममा कर्मचारी संगठनहरुबाट प्रतिनिधित्व गर्ने अधिकांशले राष्ट्र बैंकमा सरकारी छायाँ परेको भन्दै बैंकको स्वायत्ततामा लाग्न आह्वान गरे । नेपाल राष्ट्र बैंक पूर्वकर्मचारी संघका अध्यक्ष, नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्र बैंक शाखाका अध्यक्ष तथा नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष लगायतका वक्ताहरुले पनि राष्ट्र बैंकमा सरकारी हस्तक्षेपको क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै केन्द्रीय बैंकको स्वायत्तता जोगाउन केन्द्रीय बैंक अग्रसर हुनुपर्ने बताए । कार्यक्रममा अध्यक्ष रेग्मीले सरकार र केन्द्रीय बैंकको स्वायत्तता विवाद नेपालमा मात्रै नभएर भारत, अमेरिका लगायतका देशहरुमा समेत रहेको भन्दै केन्द्रीय बैंकले आफ्नो जवाफदेहीतालाई पालना गर्दै हस्तक्षेपको प्रतिरोध गर्नुपर्नेमा जोड दिए । ‘भन्सार विभाग, केन्द्रीय तथ्याङ्क विभाग लगायतका निकायहरुले केही महिनादेखि तथ्याङ्क सार्वजनिक गर्न छाडेका छन्, किनकी उनीहरुलाई माथिबाट संकेत मिलेन रे, भोलि नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले गरेको अनुसन्धानको तथ्याङ्क सार्वजनिक गर्न रोकियो वा तोडमोड गर्न लगाइयो भने त्योबेला हाम्रो विश्वसनीयता कहाँ पुग्छ ?’– रेग्मीले प्रतिप्रश्न गरे । उनले राजनीितिक नेतृत्वले अल्पकालकाे लाभ हेर्ने तर नियामक निकायले दीर्घकाल साेच्नुपर्ने भएकैले संसारमै स्वायत्त स‌ंस्थाकाे अनवश्यकता हुने धारणा राखे । नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष ढुण्डीराज मिश्रले पनि २०५६ सालमा कर्मचारी युनियनकै हैसियतमा आफुहरुले केन्द्रीय बैंकको स्वायत्तताका लागि दबाब दिँदै २०५८ सालमा आएको नेपाल राष्ट्र बैंक ऐनमार्फत् बैंकलाई पूर्ण स्वायत्त बनाएको स्मरण गर्दै केन्द्रीय बैंकमा सरकारी हस्तक्षेप स्वीकार्य नहुने बताए । उनले पनि स्वायत्ततासँगै जवाफदेहीता जोडिए आउने भन्दै केन्द्रीय बैंक जवाफदेहीतामा चुक्न नहुने धारणा राखे । केन्द्रीय बैंक र नेपाल सरकार अन्तर्गतकै केन्द्रीय तथ्याङ्क विभाग, भन्सार विभाग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र लगायतले नेपालको आयात, निर्यात लगायतका वृहत् अर्थशास्त्रीय तथ्याङ्कहरु सार्वजनिक गर्ने र सबैको तथ्याङ्क फरक पर्दा तथ्याङ्कको विश्वसनीयता कम हुने भन्दै अर्थ मन्त्रालयको निर्देशनमा सरकारअन्तर्गतका निकायहरुले तथ्याङ्क प्रकाशन गर्नै बन्द गरेका छन् । मौद्रिक क्षेत्रको स्वायत्त निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकको अधिकार क्षेत्रभित्र पर्ने ब्याजदर, मुद्रास्फीति जस्ता सूचकहरुको नियन्त्रणका सम्बन्धमा पनि सरकारी निकायबाट हस्तक्षेप हुन थालिएको भन्दै नेपाल राष्ट्र बैंकको अनुसन्धानहरुमा समेत सरकारी हस्तक्षेपको आशंका गर्न थालिएको हो । यद्यपि सो सम्बन्धमा वार्षिकोत्सव समारोहमा बोल्ने गभर्नर, डेपुटी गभर्नर, पूर्व–गभर्नर लगायतले भने यसबारे केही बोलेनन् ।

मेलिना राई र कुलेन्द्र वि.कको नयाँ गीत ‘दश तले घर’ सार्वजनिक

काठमाडौं । गायिका मेलिना राई र गायक कुलेन्द्र वि. कको नयाँ गीत सार्वजनिक भएको छ । लोकप्रिय सर्जक मुकुन्द पौडेलको शब्दमा र चर्चित गायक कुलेन्द्र वि.कको संगीतमा सो लोकगीत बजार ल्याएको हो । अभिनयमा सुनिल लामिछाने र अन्जली अधिकारीलाई देख्न सकिन्छ । कुलेन्द्र वि.कको ‘सालको पातको टपरी हुने’ पछिको यो लोकगति बजारमा ल्याएका मेलिना राईको ‘पान खायो मायाले’ पछिको अर्काे नयाँ गति रहेको हो । गीतको शब्दमा नेपाली समाजको चर्चा तथा परिचर्चा गरेका पाइनछ । स्मृति तिमिल्सिनाले निर्देशन गरेको सो म्युजिक भिडियोलाई क्यामेरामा कैद् सुरेश श्रेष्ठ गरेका हुन् । गोरखा म्युजिक प्रा.लिबाट साे गीत उत्पादन गरिएको हो । म्युजिक भिडियो हेर्न तल क्लिव गर्नुहोस् । https://www.youtube.com/watch?v=ivuyw5vG_zI  

विद्या सुन्दरले भत्काए खुल्ला मञ्चका सटर(भिडियोसहित)

काठमाडौं । खुल्ला मञ्चमा निर्माण गरिएका अनधिकृत सटरहरु भत्काईएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको निर्देशनपछि कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको टोली सटर भत्काएको हो । टोलीले खुल्लामञ्चमा निर्माण गरिएका ५१ वटा सटरहरु भत्काउन थालिसकेको छ । मेयर शाक्यको निर्देशनसँगै नगरप्रहरी, नेपाल प्रहरी र डोजर लिएर सटर भत्काएको  कार्यान्वयन महाशाखा प्रमुख सापकोटाले बताए ।  https://bikashnewscdn.prixacdn.net/uploads/2019/04/59341535_598960433937085_5747266725720621056_n.mp4 काठमाडौं टावरको निर्माण गरिहेको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीका मालिक मनोज भेटवालले नक्कली सम्झौता पत्र बनाएर खुल्ला मञ्चमा ५१ वटा सटरहरु अनधिकृत रुपमा निर्माण गरि बेचेका थिए । भिडियोः कविता घिमिरेकोे फेसबुकबाट 

साउथ एशियाका केन्द्रीय बैंकहरु मध्ये नेपाल राष्ट्र बैंकको भूमिका उत्कृष्ट छ- ज्ञानेन्द्र ढुंगाना

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपाल राष्ट्र बैंकको सुपरिवेक्षकिय भूमिका दक्षिण एशिया मै उत्कृट भएको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकउत्सवको अवसरमा विकासन्युजको नियमियत स्तम्भ ‘विकास वहस’ मा कुरा गर्दै उनले राष्ट्र बैंकले पुलिसको मात्र भूमिका नखेलेको, बैंक तथा वित्तीय संस्थाहरुको लागि असल अभिभावकको भूमिका पनि खेलेको बताए । पछिल्लो समय नेपाल राष्ट्र बैंक पार्टिसिपेटरी एप्रोचमा चलेको, बैंकर्सहरुको सुझावहरुलाई केन्द्रीय बैंकले ग्राहण गरेको, राष्ट्र बैंककै सल्लाह र सुझावमा नेपाल बैंकर्स संघले निक्षेपमा दिने व्याजदरको सीमा तोकेको उनले बताए । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका ढुंगानाले आगामी आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिन सक्ने बताएका छन् । सेयर बजारमा हल्ला फैलाएर लाभ लिन खोज्नेहरुले नविल बैंक र नेपाल बंगलादेश बैंकबीच मर्जको हल्ला चलाएको उनले बताए । बंगलादेश बैंकले प्रतिआना ७८ लाखका दरले १२१ आना जग्गा किन्दा कुनै गडबढी नभएको तर बैंकका एक सञ्चालक दलालको प्रभावमा परेको र विवादस्पद समाचार प्रकाशमा आएको बताएका छन् ।

नेपालमा ५ लाख कम्पनी, फर्म, सहकारी र गैरसरकारी संस्था दर्ता, १६ जना बराबर १ संस्था

काठमाडौं । नेपालमा ४ लाख ५४ हजार कम्पनी, फर्म, सहकारी र गैरसरकारी संस्था दर्ता भएका छन् । नेपालमा सक्रिय जनसंख्या ७५ लाख ६८ हजार १८६ छ । नेपालको सक्रिय जनसंख्या र संघसंस्था दर्ता संख्यालाई तुलना गर्दा १६ जना व्यक्ति बराबर १ संस्था दर्ता भएको देखिन्छ । कम्पनी रजिष्ट्रारको कार्यालय, सहकारी विभाग, केन्द्रीय तथ्याङक विभाग, गैरसरकारी संस्था महासंघ र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको तथ्याङ्कले ४ लाख ५४ हजार संघसंस्था दर्ता भएको देखाउँछ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार हाल नेपालको कूल जनसंख्या २ करोड ९५ लाख ७ हजार १८२ रहेको छ । जस मध्ये १८ वर्ष मुनिका १ करोड २१ लाख ८० हजार २२६ जना र ६० वर्षभन्दा माथिका १७ लाख ९८ हजार ७७० जना रहेका छन् । ८० लाख नेपालीहरु विदेशमा भएको अनुमान छ । नेपालको जनसंख्या मध्ये १८ वर्षदेखि ६० वर्षसम्मका सक्रिय जनसंख्या ७५ लाख ६८ हजार १८६ मात्रै रहेका छन् । वृद्धबृद्धा र बालबालिकाहरुको संख्या १ करोड ९७ लाख ७८ हजार ९९६ जना रहेको छ । कुन कार्यालयमा कति संस्था दर्ता ? कम्पनी रजिष्ट्रारको कार्यालयमा निजी, सार्वजनिक, मुनाफा वितरण नगर्ने र विदेशी गरी २ लाख १२ हजार ७९१ कम्पनी दर्ता भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार निजी, साझेदारी र एजेन्सी गरी १ लाख ५६ हजार ९७९ फर्म दर्ता भएका छन् । कम्पनी रजिष्ट्रार कार्यालयमाबाट दर्ता भएका ४७२ वटा खारेजी भएका छन् भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता भएका ३ हजार ९० वटा फर्म खारेजी भएका छन् । कुन प्रदेशमा कति ? कम्पनीहरु मध्ये अहिलेसम्म सबैभन्दा धेरै प्रदेश नम्बर ३ मा दर्ता भएका छन् । प्रदेश नम्बर ३ मा निजी १८ हजार १४३, सार्वजनिक २४७, मुनाफा वितरण नगर्ने ६२९ र विदेशी ९२ वटा कम्पनी दर्ता भएका छन । प्रदेश नम्बर १ मा निजी ६६४, सार्वजनिक ३६ र मुनाफा वितरण नगर्ने ५० वटा कम्पनी दर्ता भएका छन् । प्रदेश नम्बर २ मा निजी ८ हजार ८५३, सार्वजनिक ३४, मुनाफा वितरण नगर्ने १०४ र विदेशी २ वटा कम्पनी दर्ता भएका छन् । गण्डकी प्रदेशमा निजी २ हजार ७६६, सार्वजनिक २३ र मुनाफा वितरण नगर्ने ३० वटा कम्पनी दर्ता भएका छन् । प्रदेश नम्बर ५ मा निजी १७ हजार ९९, सार्वजनिक १०८, मुनाफा वितरण नगर्ने ८८ र विदेशी १ वटा कम्पनी दर्ता भएका छन । कर्णाली प्रदेशमा निजी ८७५, पब्लिक ४ र मुनाफा वितरण नगर्ने २१ वटा कम्पनी दर्ता भएका छन् । सुदूरपश्चिम प्रदेशमा निजी ८६६, सार्वजनिक १ र मुनाफा वितरण नगर्ने १२ वटा कम्पनी दर्ता भएका छन् । बढ्दैछ फर्म दर्ता संख्या २०७४ को तुलनामा २०७५ मा नयाँ फर्म दर्ताको संख्यामा वृद्धि भएको छ । ०७४ मा नयाँ १६ हजार ९३७ वटा फर्म दर्ता भएको थिए भने ०७५ मा २९ हजार ६६७ वटा नयाँ फर्म दर्ता भएका छन् । २०७४ को तुलनामा २०७५ मा १२ हजार ७३० वटा नयाँ फर्म दर्ता भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । सहकारी विभागको तथ्याङ्क अनुसार नेपालमा हाल ३४ हजार ५१२ सहकारी दर्ता भएका छन् । यता, गैरसरकारी संस्था महासंघले दिएको जानकारी अनुसार नेपालमा हाल ४९ हजार ९४१ वटा गैसस दर्ता भएका छन् ।

तेजेन्द्र र वर्ता गन्धर्वको स्वरमा, गोकर्णको पहिलो गीत सार्वजनिक

काठमाडाैं। गोकर्ण रुपाखेती(शर्मा) को पहिलो गीत ‘म त गीत गाउँछु हजुर’ सार्वजनिक भएको छ । नेपालको वर्तमान परिस्थितिलाई औल्याउँदै रुपाखेतीको उक्त गीत सार्वजनिक गरेका हुन् । रियालिटी शो भ्वाईस अफ नेपालका तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्वको स्वर रहेको उक्त गीतलाई संगीतकार नवीन कार्कीले संगीत भरेका छन् । साईराम पिक्चर्सले बजारमा ल्याएको सो गीतमा समाजदेखि देशको गतिविधिलाई प्रष्ट पार्दै उक्त गीतमा गोकर्ण रुपाखेती(शर्मा), आरतीमणि, हरिराम कार्की, राजन थापा, रामचन्द्र घिमिरे, जनु कार्की, लक्ष्मण पौडेल, अप्सरा पौडेल, नविन कार्की, तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्व लगायको अभिनय रहेको छ । भने माधव खरेलको निर्देशन राजन खरेलको सम्पादन र छायांकन रहेको उक्त भिडियोको निर्माण व्यवस्थापन राजन थापाले गरेका हुन् । कमला जोशीको कन्सेप्ट रहेकोे उक्त गीतको भिडियोको पोष्ट प्रोडक्सन पिम नेपाल, काठमाडाैंले गरेको हो ।