काठमाडौं । खुल्ला मञ्चमा निर्माण गरिएका अनधिकृत सटरहरु भत्काईएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको निर्देशनपछि कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको टोली सटर भत्काएको हो ।
टोलीले खुल्लामञ्चमा निर्माण गरिएका ५१ वटा सटरहरु भत्काउन थालिसकेको छ । मेयर शाक्यको निर्देशनसँगै नगरप्रहरी, नेपाल प्रहरी र डोजर लिएर सटर भत्काएको कार्यान्वयन महाशाखा प्रमुख सापकोटाले बताए ।
काठमाडौं टावरको निर्माण गरिहेको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीका मालिक मनोज भेटवालले नक्कली सम्झौता पत्र बनाएर खुल्ला मञ्चमा ५१ वटा सटरहरु अनधिकृत रुपमा निर्माण गरि बेचेका थिए ।
भिडियोः कविता घिमिरेकोे फेसबुकबाट