विकासन्युज

एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर, अन्तर्राष्ट्रिय आगमन कलमा २ रुपैयाँ बोनस

काठमाडौँ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टि कार्यक्रम अन्तर्गत आकर्षक अफर ‘कल आयो पैसा पायो’ यो वर्ष पनि ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुन सुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढी कुरा गर्दा प्रत्येक मिनेट रु २ बोनस स्वरुप प्राप्त गर्ने छन् । यो अफर वैशाख १६ गतेदेखि लागु भई तीन महिनासम्म जारी रहनेछ । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाई र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेट पश्चात १० मिनेटसम्म प्रत्येक मिनेटको रु २ को दरले बोनस पाउनेछन् । यसको अर्थ अन्र्तराष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु १८ सम्म बोनस प्राप्त गर्ने छन् । यसरी प्राप्त बोनस ७ दिनका लागि मान्य हुनेछ । ग्राहकले उक्तबोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ माएसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् । बोनसका साथै, अन्र्तराष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पूरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन् । यो योजनाअवधिभर प्रत्येक हप्ता १० जनाग्राहकले १-१ थान स्मार्टफोन पाउने छन् । एक हप्ताको समयावधिमाग्राहकले पाएको बोनस, अन्र्तराष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट गरिनेछ । आफ्ना परिवारका सदस्य, आफन्त र साथीभाई विदेशमा रहेका र उनीहरुसँग सम्पर्कमा रहिरहनु पर्ने ग्राहकका लागि थप मुल्य प्रदान गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो योजनाले ग्राहकलाई विदेशमा रहेका साथीभाई तथा परिवारका सदस्यसँग सम्पर्कमा रहँदै, एनसेलको नेटवर्कमा रहका अन्य आफन्तजन तथा साथीभाईसँग थप सम्पर्कमा रहन मद्दत गर्ने एनसेलले जनाएको छ ।

ओम डेभलपमेन्ट बैंकद्वारा मानव सेवा आश्रमलाई टेलिभिजन सहयोग 

काठमाडौँ । ओम डेभलपमेन्ट बैकले बुटवल स्थित मानव सेवा आश्रमलाई टेलिभिजन सहयोग गरेको छ । बुटवल शाखाको दोश्रो बार्षिकोत्सवका अवसरमा आश्रमलाई ५५ इञ्चको टेलिभिजन सहयोग गरेको हो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई करीब एक लाख बराबरको टिभी हस्तान्तरण गरे । उक्त कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक दुर्गाराम पुरी, शाखा प्रमुख अर्जुन ज्ञवालीको पनि उपस्थिति रहेको थियो । त्यस अवसरमा बोल्दै कार्यक्रममका प्रमुख अतिथि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हमालले निजी क्षेत्रको बैकले अनाथको सेवामा गरेको सहयोग सह्रानीय रहेको साथै अनाथको सहयोगका लागि बुटवल उद्योग वाणिज्य संघले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । यसअघि बैंकले महेश सन्यास आश्रम देबघाटधाम, मनकामना मन्दिर जिर्णोद्धारका लागी पनि बिभिन्न किसिमका आर्थिक तथा भौतिक सहयोय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।

नेपाल एग्रो लघुवित्तको आईपीओ मंगलबार बाँडफाँड हुँदै, कहाँ र कति बजे ?

काठमाडौं । नेपाल एग्रो लघुवित्तले वैशाख ८ गतेदेखि ११ गतेसम्म निष्काशन गरेको साधारण सेयर(आईपीओ)  मंगलबार बाँडफाँड हुने भएको छ । उक्त आईपीओको बाँडफाँड बिहान ९ बजे हात्तिसारस्थित सेयर निष्काशन तथा बिक्री प्रबन्धक, नेपाल एसबिआई मर्चेन्टको कार्यालयमा हुने छ । लघुवित्तले जम्मा १ करोड ६१ लाख ७७ हजार ८०० रुपैंया बराबरको १ लाख ६१ हजार ७७८ कित्ता सेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर १ लाख ५१ हजार २०० कित्ता शेयर मात्र सर्वसाधारणका लागि खुला भएको छ । उक्त आईपीओमा कूल ६४ करोड २ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । बिक्री प्रबन्धकका अनुसार ३ लाख १५ हजार ३६० जना आवेदकले ६४ लाख २ हजार ३९० कित्ताको सेयर माग गरेका छन् । जुन संस्थाको मागभन्दा ४२.३४ गुणा बढी हो । उक्त सेयरमा न्युनतम १० देखि अधिकतम ८०० कित्तासम्म भर्न पाइने व्यवस्था रहेको थियो ।

एटीएम सेवाको प्रयोग र विश्वासनीयता कति ?

नेपालमा बैंकिङ सेवा शुरु भएको ८ दशक भएको पूरा भएको छ । विक्रम सम्वत् १९९४ कात्तिक ३० गते नेपाल बैंक लिमिटेडले स्थापनासँगै बैंकिङ सेवा शुरु भएको हो । २०१३ वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो । राष्ट्र बैंकको स्थापना हुनु अघि नेपाल बैंकले नै केन्द्रीय बैंकको पनि काम गर्ने गरेको थियो । बैंकिङ सेवा शुरु भएको लामो समयपछि अर्थात सन् १९९४ बाट मात्र नेपालमा अटोमेटेड टेलर मेशिन(एटीएम) प्रविधिको शुरुवात भएको पाइन्छ । यसपछि नेपालमा विस्तारै प्रविधि भित्रन थाल्यो । चेकबाट रकमको कारोबार गर्न बैंकमा धाउनै पर्ने बाध्यताबाट बिस्तारै उन्मुक्ति मिल्दै गएको छ । प्रबिधिको माध्यमबाट पैसाको कारोबार हुने क्रम बढ्दै गएको छ । रकम भुक्तानी प्रणालीलाई सरल र सहज ढंगले विकास गराउँदै एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता प्रविधि भित्रिएका छन् । तर, यसको पहुँच सबै वर्ग र क्षेत्रमा पुग्न सकेको छैन । प्रबिधिको प्रयोगले बैंकिङ रकम भुक्तानीलाई सहज बनाएको छ, पैसा साट्न बैंकमा लाइन लाग्नु पर्ने झन्झटबाट उन्मुक्ति मिलेको छ । कही जाँदा नगद बोकेर हिड्नु पर्दा सुरक्षा चुनौतिपनि हुने गरेको थियो, त्यसमा पनि सहजता मिलेको छ । बैंकिङ समय बाहेक पनि एटीएमबाट पैसा निकाल्न सकिन्छ । आपतकालीन अवस्थामा यो सेवा निकै फाइदा पुर्याउने गरेको छ । पछिल्लो चरणमा होटल खाजा खाँदा होस् या सपिङमा जाँदा होस् नगर बोकेर हिड्नु पर्दैन । आफ्नो एकाउन्टमा ब्लालेन्स छ भने एटीएम बोकेर हिडे पुग्छ । एटीएमबाटै भुक्तानी गर्न सकिने गरी प्रविधिको विकास भइसकेको छ । एटीएम प्रयोगले ग्राहकलाई परिरहेको मर्का बैंक तथा वित्तीय संस्थाहरुले एटीएम सेवा उपलब्ध गराएर ग्राहकहरुलाई सुबिधा दिएका छन् । तर, ग्राहकले एटीएम लिएको बैंक तथा वित्तीय संस्थाको एटीएम सेवा सबै ठाउँमा नहुन सक्छ । त्यस्तो बेला अर्कै बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेका एटीएम बुथबाट पनि पैसा निकाल्नु पर्ने हुन्छ । तर, अर्कै बैंकको एटीएमबाट पैसा निकाल्दा एक पटकको कारोबारमा न्यूनतम ५० रुपैयाँ पैसा काटिन्छ । यसले ग्राहकहरुलाई मर्कामा पारिरहेको छ । सबै बैंक र वित्तीय संस्थाले यसरी ग्राहकलाई मर्कामा पारेका छैनन् । केहीले पैसा नकाटिने गरी सेवा पनि दिएका छन् । पैसा काटेर मर्कामा पार्ने क्रम बैंक तथा वित्तीय संस्थाले बन्द गर्नु पर्छ । साँच्चै सेवा दिने हो भने जुन सुकै बैंक तथा वित्तीय संस्थाको एटीएम कार्डबाट जुनसुकै एटीएम बुथबाट पैसा निकाल्दा कुनैपनि शुल्क लाग्नु हुन्न । प्रयोग गर्ने बिधि फरक फरक नेपालका बैंक तथा वित्तीय संस्थाले दिइरहेको एटीएम सेवाको प्रयोग गर्ने विधि एकै खालको छैन । भाषाको कारणले पनि ग्राहकहरुलाई अप्ठ्यारो भइरहेको छ । अंग्रेजी भाषा र त्यसमाथि टेक्निकल वर्ड नबुझ्दा सहजरुपमा एटीएमबाट सेवा लिन समस्या हुने गर्छ । त्यसकारण बैंकका कर्मचारीहरुको सहयोग लिनु पर्ने हुन्छ । प्रयोग गर्न नजान्दा कहिले काँही एटीएम कार्ड मेशिन मै अड्कने गर्छ भने कहिले काँही पिन कोड थिचेर रकम तय गरिसकेपछि पनि मेशिनबाट पैसा निस्कदैन, तर मोबाइलमा पैसा खाताबाट काटिएको म्यासेज आउँछ । आफ्नो खाताबाट कटेको पैसा पुनः खातामा फर्काउन सम्बन्धित बैंकमा निवेदन दिनु पर्ने हुन्छ । यसले गर्दा ग्राहकले एटीएम कार्ड प्रयोग गर्न झन्झट मानिरहेको पाइन्छ । आफुलाई चाहिएको बेला, आपत परेको बेला एटीएमबाट पैसा निकाल्न जाँदा त्यहाँ पैसा सकिएको हुन्छ । यसकारण पनि सेवाग्राहीले नयाँ प्रविधिको प्रयोग पूर्ण रुपमा गर्न पाइरहेका छैनन् । अहिलेको युवा पुस्ता कार्ड प्रयोगका लागि अभ्यस्त भएपछि पाका उमेरका व्यक्तिहरु भने कार्ड प्रयोग गर्न अल्मलिने गरेका छन् । एकातिर बैंक तथा वित्तीय संस्थाहरु सूचना प्रविधिको प्रयोग गरी डिजिटाइजेशनमा जाने योजना बनाइरहेका छन् भने सेवाग्राही चाँही सहजरुपमा सेवा लिन सक्ने अवस्थामा देखिदैनन् । एटीएमका जोखिम एटीएम प्रयोगका फाइदा धेरै छन् । फाइदासँग जोखिम पनि रहेको छ । आधुनिक उपकरण प्रयोग गरेर नेपालमा एटीएम प्रयोगकर्ताको डाटा चोरेर विदेश पठाउने र उतैबाट पैसा चोरी गर्ने गिरोह पनि सक्रिय रहने गरेको छ । अन्तर्राष्ट्रिय ह्याकरको गिरोह नेपालमा पनि सक्रिय हुन थालेपछि प्रहरीले सबै एटीएम प्रयोगकर्तालाई सुरक्षा अपनाउन आग्रह समेत गर्ने गरेको छ । बैंक तथा वित्तीय संस्थाले विभिन्न स्थानमा ग्राहकको सहजताका लागि एटीएम मेशिन सञ्चालनमा ल्याएका छन् । ती एटीएम बुथहरुमा सुरक्षाको अभाव हुने गरेको छ । बेला बेलामा एटीएम फुटाएर रकम चोरी भएका घटना सार्वजनिक हुने गरेका छन् । सुरक्षित कसरी हुने ? आफूले प्रयोग गर्ने एटीएम बुथहरुमा कुनै अस्वभाविक उपकरण छ कि छैन हेर्ने, आफूले पैसा निकालेपछि थाहा पाउने मोवाइल एलर्ट राख्ने र आफ्नो कार्ड अरुलाई देखाउनु हुँदैछ । एटीएम ह्याकर नेपालमा मात्र होइन, भारत र युरोपतिर पनि सक्रिय रहेको छ । ह्याकरको निशानामा परेपछि भारतमा ३२ लाख भन्दा बढी एटीएम कार्ड रद्द गरिएको थियो । अमेरिकामा समेत यस्ता घटना हुने गरेका छन् । कति छन् बैंक खाता र इलेक्ट्रोनिक प्रविधि प्रयोगकर्ता ? नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बचत खाता प्रयोगकर्ताको संख्या २ करोड ५६ लाख ५८ हजार ३ सय ८७ रहेको छ । मोवाइल बैंकिङका प्रयोगकर्ता ६३ लाख ९४ हजार ९ सय १६ छन् भने इन्टरनेट बैंकिङ सुबिधा लिनेको संख्या ८ लाख ५६ हजार ६ सय ९५ छ । त्यसैगरी डेबिट कार्ड प्रयोगकर्ता ५९ लाख ६२ हजार ८ सय ३८, क्रेडिट कार्ड प्रयोगकर्ता १ लाख ५ सय २७ र प्रिपेड कार्ड प्रयोगकर्ताको संख्या ६४ हजार ४ सय ८४ रहेको छ ।

‘छ माया छपक्कै’को औपचारिक घोषणा, दशैंमा प्रदर्शन हुने

काठमाडौं । दिपकराज र दिपाश्रीको चलचित्र ‘छ माया छपक्कै’ को औपचारिक घोषणा भएको छ । दुईवटा फिल्मको निर्देशक बनिसकेका दिपेन्द्र लामाले सो फिल्मको निर्देशन गर्ने भएका छन् । चलचित्रको सहनिर्देशन दिपाश्री निरौलाले गर्ने पत्रकार सम्मेलन गर्दै निर्माण समुहले जनाएका हुन् । आमा सरस्वती मुजिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतिमा निर्माण हुन लागेको सो चलचित्रको निर्माता रोहित अधिकारी रहेका छन् भने सह निर्माताका रुपमा केदार घिमिरे र जितु नेपाल रहेका छन् । ‘छ एकान छ’बाट चलचित्र निर्माणमा लागेको यो समुहले नयाँ समुहसँगको पहिलो सहकार्यका उक्त समुहले विना लगानी ५० प्रतिशत मुनाफा लिने सर्तमा यो चलचित्रमा काम गर्न लागेको हो । बैशाखको अन्तिम सातादेखि छायाकंन रहेको फिल्ममा अभिनेत्री केकी अधिकारीको र दिपकराज जोडीको रुपमा रहेका छन्र । चलचित्रको छायाकंन हरि हुमागाई, नृत्य कविराज गहतराज, पटकथा दीपकराज गिरी रहेको सो चलचित्रमा संगीत दिपक शर्माको रहेको छ भने त्यस्तै सह–निर्मातामा सुमन गिरी ‘भान्जा’ ताराचन्द्र बजगाई ‘निशान’, दिपेन्द्र खनिया, केशव न्यौपाने, सुरज बम ठकुरी, रविन डाँगी रहेका छन् ।

नबिल बैंक र पीडीसीएनबीच सम्झौता, बास्केट बल लिगको बैंकिङ साझेदार बन्यो

काठमाडौँ । नबिल बैंक र पीडीसीएनबीच भएको सम्झौता भएको छ । सम्झौतासँगै बास्केट बल खेलमा युवाहरुको सकृयता प्रबर्धन गर्नको लागि नबिल बैंक नेपाल बास्केट बल लिगको बैंकिङ साझेदार बनेको छ । सोमबार काठमाडौंको महाराजगन्ज स्थित नेपाल पुलिसको प्रशिक्षणालयमा आयोजित एक कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका कप्तानसदिना श्रेष्ठ रसधिश प्रधानको उपस्थितिमा नबिल बैंकका प्रमुख कार्यकारी अधिक्रित अनिलकेशरी शाह र पीडीसीएनका अध्यक्ष अरुण कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल बास्केटबल लिग बैशाख १५, २०७६ बाट शुरु भएर साउन ६, २०७६ मा समापन हुनेछ । पीडीसीएनका अध्यक्ष कार्कीका अनुसार यो प्रतियोगिता ५५ दिनसम्म चल्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने बिजयी टोलीले क्रमशः रु २ लाख रु १ लाख र रु ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

लगानी प्रवद्र्धनका लागि नेपाली-चिनियाँ उद्योगीबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल चाइना चेम्बर अफ अफ कमर्श एण्ड इण्डट्रिजका संघका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा चीन भ्रमणमा रहेको प्रतिनिधि मण्डलले द्विपाक्षीय आर्थिक व्यापारिक, लगानी तथा पर्यटन प्रवद्र्धनका लागि संघ र बेजिङ स्थित आइना ओभरसिज डेभलपिङ एशोशियशनसँग समझदारी पत्रमा हस्ताक्षर सम्पन्न गरेको छ । सम्पन्न सहमति पत्र अनुसार दुबै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवम् विविधिकरणका लागि एक आपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाहरुको आदान प्रदान गर्नेछन् । व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान मार्फत व्यापारिक सम्बन्धको विकास गरी विद्यमान व्यापारिक कठिनाइहरुलाई आपसी समझदारीमा समाधान गर्नेछ । साथै आर्थिक, व्यापारिक तथा पर्यटन सम्बन्ध विस्तारका लागि दुवै मुलुकहरुमा हुने गोष्ठी, सभा, सेमिनारहरु आदि कार्यक्रमहरुमा सहभागि हुन एक आपसमा सहयोग गुर्ने समेत उल्लेख छ । सो अवसरमा संघका अध्यक्ष श्रेष्ठले संघको दुई पक्षीय आर्थिक तथा लगानी प्रर्बधन, पर्यटन, कृषिको बिकास गर्ने उद्देश्यले भएको र हालसम ३१ वटा चीनीया व्यवसायी संघ संस्था संघ सकझदारी पत्रमा हस्ताक्षर गरी सहकार्य गर्दै आएको कुरा व्यक्त गरे । समझदारी पत्रमा संघका तर्फबाट उपाध्यक्ष त्रिभुवनधर तुलाधर तथा चाइनाको तर्फकाट एशोसियशनका महासचिव ही जीनबाईले हस्ताक्षर गरेका छन् ।

कुलेश्वर र कोटेश्वरमा एनआईसी एशिया बैंकको शाखा बिस्तार

काठमाडौँ । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र २ नयाँशाखा कार्यालयहरुको सोमबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका वडा नं १४, मेट्रो हल, कुलेश्वर स्थित कुलेश्वर शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केÞÞ सीबाट तथा काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर स्थित कोटेश्वर शाखाको प्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख राजेश रावलबाट उद्घाटन भएको हो ।