
काठमाडौँ । ओम डेभलपमेन्ट बैकले बुटवल स्थित मानव सेवा आश्रमलाई टेलिभिजन सहयोग गरेको छ । बुटवल शाखाको दोश्रो बार्षिकोत्सवका अवसरमा आश्रमलाई ५५ इञ्चको टेलिभिजन सहयोग गरेको हो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई करीब एक लाख बराबरको टिभी हस्तान्तरण गरे । उक्त कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक दुर्गाराम पुरी, शाखा प्रमुख अर्जुन ज्ञवालीको पनि उपस्थिति रहेको थियो ।
त्यस अवसरमा बोल्दै कार्यक्रममका प्रमुख अतिथि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हमालले निजी क्षेत्रको बैकले अनाथको सेवामा गरेको सहयोग सह्रानीय रहेको साथै अनाथको सहयोगका लागि बुटवल उद्योग वाणिज्य संघले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यसअघि बैंकले महेश सन्यास आश्रम देबघाटधाम, मनकामना मन्दिर जिर्णोद्धारका लागी पनि बिभिन्न किसिमका आर्थिक तथा भौतिक सहयोय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।