लगानी प्रवद्र्धनका लागि नेपाली-चिनियाँ उद्योगीबीच समझदारी पत्रमा हस्ताक्षर

<p>काठमाडौँ । नेपाल चाइना चेम्बर अफ अफ कमर्श एण्ड इण्डट्रिजका संघका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा चीन भ्रमणमा रहेको प्रतिनिधि मण्डलले द्विपाक्षीय आर्थिक व्यापारिक, लगानी तथा पर्यटन प्रवद्र्धनका लागि संघ र बेजिङ स्थित आइना ओभरसिज डेभलपिङ एशोशियशनसँग समझदारी पत्रमा हस्ताक्षर सम्पन्न गरेको छ । सम्पन्न सहमति पत्र अनुसार दुबै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवम् [&hellip;]</p>


काठमाडौँ । नेपाल चाइना चेम्बर अफ अफ कमर्श एण्ड इण्डट्रिजका संघका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा चीन भ्रमणमा रहेको प्रतिनिधि मण्डलले द्विपाक्षीय आर्थिक व्यापारिक, लगानी तथा पर्यटन प्रवद्र्धनका लागि संघ र बेजिङ स्थित आइना ओभरसिज डेभलपिङ एशोशियशनसँग समझदारी पत्रमा हस्ताक्षर सम्पन्न गरेको छ ।

सम्पन्न सहमति पत्र अनुसार दुबै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवम् विविधिकरणका लागि एक आपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाहरुको आदान प्रदान गर्नेछन् ।

व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान मार्फत व्यापारिक सम्बन्धको विकास गरी विद्यमान व्यापारिक कठिनाइहरुलाई आपसी समझदारीमा समाधान गर्नेछ । साथै आर्थिक, व्यापारिक तथा पर्यटन सम्बन्ध विस्तारका लागि दुवै मुलुकहरुमा हुने गोष्ठी, सभा, सेमिनारहरु आदि कार्यक्रमहरुमा सहभागि हुन एक आपसमा सहयोग गुर्ने समेत उल्लेख छ ।

सो अवसरमा संघका अध्यक्ष श्रेष्ठले संघको दुई पक्षीय आर्थिक तथा लगानी प्रर्बधन, पर्यटन, कृषिको बिकास गर्ने उद्देश्यले भएको र हालसम ३१ वटा चीनीया व्यवसायी संघ संस्था संघ सकझदारी पत्रमा हस्ताक्षर गरी सहकार्य गर्दै आएको कुरा व्यक्त गरे ।

समझदारी पत्रमा संघका तर्फबाट उपाध्यक्ष त्रिभुवनधर तुलाधर तथा चाइनाको तर्फकाट एशोसियशनका महासचिव ही जीनबाईले हस्ताक्षर गरेका छन् ।

Share News