विकासन्युज

गण्डकी विकास बैंकद्वारा विपन्न बालबलिकालाई सहयोग हस्तान्तरण

काठमाडौँ । गण्डकी विकास बैंक लि. बैशाख १५ गते चितवनको भरतपुर २६ ज्योतिनगर स्थीत विअपी बाल शिक्षा केन्द्रमा अध्ययनरत विअपि अर्थात विपन्न, असहाय तथा पिछडिएका बालबालिकाहरुका लागी १०० थान कपी तथा १०० थान लुगा धुने साबुन सहयोग गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वरीराज अधिकारीले संस्थामा हाल ३५ जना विअपि बालबालिकाहरु अध्ययनरत रहेको जानकारी दिँदै उक्त सहयोगको लागी चनौली शाखा तथा बैंक परिवारलाई धन्यवाद दिए । सहयोग बैंकका चितवन सव क्लष्टर प्रमखु सुरज शर्मा र चनौली शाखा प्रमुख ज्ञानेन्द्रप्रसाद मैनालीले हस्तान्तरण गरे । बैंकका तर्फबाट सव क्लष्टर प्रमुख शर्माले सो सहयोग हस्तान्तरण गर्दै उक्त सहयोगबाट त्यस संस्थामा अध्ययनरत बालबालिकाहरुको पठनपाठन तथा सरसफाइमा सहयोग पुग्ने बैंकले अपेक्षा राखेको बताए ।

कंगारु एजुकेशनको वार्षिकोत्सवका अवसरमा २० जनाले गरे रक्तदान

काठमाडौँ । अष्ट्रेलिया, न्युजिल्याण्ड, युरोप, अमेरिका, क्यानडा लगायतका देशमा वैदशिक शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई उचित परामर्श दिदैँ आएको कंगारु एजुकेशन फाउण्डेशन १२ औँ वर्षमा प्रवेश गरेको छ । १२ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कंगारुको केन्द्रीय कार्यालय पुतलीसडक काठमाण्डौको प्राङगणमा रक्तदान कार्यक्रम गरेको बताइएको छ । संस्थाका कर्मचारी विद्यार्थीहरु र शुभेच्छुकहरु सहित गरी २० जनाले रक्तदान गरेको कंगारु एजुकेशन फाउण्डेशन संस्थापक एवम प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए । वार्षिकोत्सव कै अवसरमा संस्थाले काठमाण्डौँ गहनापोखरी नक्साल स्थित हार्ट बिट संस्थाका ३० जना विद्यार्थीलाई स्कुल ब्याग तथा स्टेशनरी सामाग्री वितरण गरेको बताइएको छ । कंगारुको “भविष्य उज्जवल छ” अभियान अन्तर्गत यो शैक्षिक सामाग्री वितरण गरिएको र भविष्यमा पनि यस किसिमका सामाजिक कार्यहरु नियमित गर्दै जाने संस्थाका कार्यकारी प्रमुख महेश बाबु तिमल्सिनाले बताए ।

ग्लोबल आइएमईका शाखारहित बैंकिङ सेवा १३१ वटा पुगे, ५ वटा थपिए

काठमाडौँ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । अर्घाखाँचीजिल्लाको भुमिका स्थाननगरपालिका -१०, धनचौरमा १२७औँ, कास्की जिल्लाको रुपागाउँपालिका- ६, रुपाकोटमा १२८औँ, सुनसरी जिल्लाको कोशीगाउँपालिका– ३, जमुवामा १२९औँ, लमजुङ्ग जिल्लाको राईनास नगरपालिका-५, सातबिसेमा १३०औँ र सोही जिल्लाकै राईनास नगरपालिका-६, धमिलिकुवामा १३१औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । यी पाँचै वटा शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उपस्थितिमा उद्घाटन भएको हो । शाखारहित बैंकिङ्ग सेवाबाट देशकाविभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने छन् । निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मागर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम/सिडिएमए/यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नु पर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको जनाएको छ ।

जि टिभिमा पहिलो पटक ‘कड्के कमाल के’ को गीत प्रसारण, ५ कराेड बढी लगानीमा निर्माण

काठमाडौं । कमल खत्री र सुमन गुरुङको आवाजमा रहेको गीत ‘झुमा झुमा’ लाई इडियाको टेलिभिजन च्यानलले इतिहासमा पहिलो पटक नेपाली गीत प्रसारण गरेको हो । ५ कराेड बढी लगानीमा निर्माण भएकाे साे गीत ‘कड्के कमाल के’ को जि टिभिबाट प्रसारण पहिलाे पटक प्रसारण भएकाे हाे ।  राजपाल यादव, आर्यन अधिकारी, निता ढुंगाना, दाँया शंकर पाण्डे, विजय पटकार, रामचन्द्र अधिकारी, प्रकाश घिमिरे, राणाजङ्ग बहादुर आदिको अभिनय रहेको छ । चलचित्र ‘कड्के कमाल के’ को यो गीत जि टिभिले आफ्नो ८ वटा टेलिभिजन च्यानल र आफ्नो युट्युवर जि म्युजिकबाट प्रसारण गरको हो । चलचित्र आगामी जेष्ठ १० गते नेपाल र भारतमा एक साथ प्रदर्शन हुने भएको छ । नेपाल र भारतका अधिकाशं ठाँउमा छायान्कन गरिएको यस चलचित्र कड्के कमालके को गीत ‘झुमा झुमा’ को छायान्कन मुस्ताङमा गरिएको हो। चलचित्रको बाँकी ४ गीत भने हिन्दीमा नै रहेको छ । राजपाल ,आर्यन, निता, एन्जल आदीको प्रमुख अभिनय रहेको यो गीत कमल खत्रीको आफ्नै संगीतमा रहेको छ भने चलचित्रलाई लक्ष्मण सिंहले निर्देशन गरेका हुन र एतबारी सिंह ले यसमा चलचित्र निर्माणका लागि ५ करोड भन्दा बढी लगानी गरेका छन ।

अजोड इन्स्योरेन्स र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबीच सम्झौता

काठमाडौँ । अजोड इन्स्योरेन्स लि. र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक महेशराज खरेल र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका प्रशासन शाखा प्रमुख ज्ञानहरी देवकोटाले हस्ताक्षर गरेका हुन् । सहमतिसंगै युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका कर्मचारी तथा स्वरोजगारदाताले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा उपभोग गर्न सक्नेछन् ।

डिवि गुरुङ्को नयाँ गीत ‘फिदिम बजारमा’ सार्वजनिक

काठमाडौं । डि.वि गुरु गुरुङको नयाँ गीत ‘फिदिम बजारमा’ सार्वजनिक भएको छ । सुमन सर्पितको लयमा रहेको गीतमा डि.वि गुरुङको शब्द, स्वर तथा संगीत रहेको छ । त्यस्तै अभिनयमा दिपेन्द्र सिंह दर्नाल र स्मृति गुरुङलाई देख्न सकिन्छ । विनोद सेरि विनोद सेरेङ्गको निर्देशनमा रहेको उक्त म्युजिक भिडियो सुवास लिम्बुले खिचेका थिए । २०७६ साललाई मध्यनजर गरि गुरुङले पूर्वी क्षेत्रमा प्रचलित लाृेक गीत बजारमा सार्वजनिक गरेका हुन् ।

नेपाल एग्रो र नेपाल एसविआई मर्चेण्टबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल एग्रोे लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच मंगलबार शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि दुई पक्षीय सम्झौता भएको छ । उक्त कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत छविराज पन्त र नेपाल एग्रोे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले हस्ताक्षर गरेका छन् । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर दाखिल खारेज लगायत सोसँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, हात्तिसार, काठमाडौँ मार्फत हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फक्सवागनका नयाँ कार किन्दा १० लाख छुट, अरु अफर यस्ता छन्

काठमाडौं । फक्सवागनका नयाँ कार किन्दा १० लाख छुट पाइने भएको छ । पूजा इन्टरनेशनल प्रालिले नेपालमा फक्सवागनका गाडी बिक्री शुरुवात गरेको १० वर्ष पूरा भएको अवसरमा विभिन्न अफर सार्वजनिक गर्दैै १० लाख छुट दिने घोषणा गरेको हो । सन् १९६०-७० को दशकमा नेपालीहरुले फक्सवागनको विटल कार तथा भ्यानहरु रुचाएका थिए । पछि नेपाली बजारमा नयाँ गाडी आउन बन्द भएकोमा पूजा इन्टरनेशनल नेपालले २००९ बाट नेपालमा पुनः फक्सवागनका गाडीहरु बिक्री वितरण शुरु गरेको थियो । पूजा इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत विबेक विजुक्छेले कम्पनीले बिक्री पछिको सेवामा केन्द्रीत हुँदै १० वटा शहरहरुमा प्रशिक्षित मेकानिक्सहरु सहितको सर्भिस सेन्टर संचालनमा रहेको बताए । उनले नेपाली बजारमा फक्सवागनका गाडीको मर्मत संभार खर्च अन्य गाडीको तुलनामा कम रहेको बताए । कम्पनीले भारतबाट जर्मनी प्रविधिमा उत्पादन भएको पोलो र भेन्टो गाडी र त्यसको पार्टस् पुर्जाहरु नेपाली बजारमा ल्याएर बिक्री वितरण गरिरहेको छ । कारोबार शुरु गरेको १० वर्ष पूरा भएको अवसरमा पूजा इन्टरनेशनलले सुरुवाति १०० जना ग्राहकहरुलाई पोलो कार २५ लाख ९० हजार रुपैयाँमा दिने भएको छ । जर्मनीबाट आयात हुने गाडीमा १० लाख रुपैयाँसम्म नगद छुट दिने, तुरुन्त फाईनान्सको सुविधा, फ्रि एक्सेसेरिज, पहिलो वर्षको लागि फ्रि रोड ट्याक्स, एक्सचेञ्ज बोनस, लोएल्टी बोनस, १० बर्षको फ्रि सर्भिसिङ, २ वर्षको निःशुल्क रोड एसिस्टेन्स र चित्त बुझेमा मात्र सर्भिस चार्ज तिरे पुग्ने सुविधा ल्याएको छ ।