
काठमाडौँ । गण्डकी विकास बैंक लि. बैशाख १५ गते चितवनको भरतपुर २६ ज्योतिनगर स्थीत विअपी बाल शिक्षा केन्द्रमा अध्ययनरत विअपि अर्थात विपन्न, असहाय तथा पिछडिएका बालबालिकाहरुका लागी १०० थान कपी तथा १०० थान लुगा धुने साबुन सहयोग गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वरीराज अधिकारीले संस्थामा हाल ३५ जना विअपि बालबालिकाहरु अध्ययनरत रहेको जानकारी दिँदै उक्त सहयोगको लागी चनौली शाखा तथा बैंक परिवारलाई धन्यवाद दिए । सहयोग बैंकका चितवन सव क्लष्टर प्रमखु सुरज शर्मा र चनौली शाखा प्रमुख ज्ञानेन्द्रप्रसाद मैनालीले हस्तान्तरण गरे ।
बैंकका तर्फबाट सव क्लष्टर प्रमुख शर्माले सो सहयोग हस्तान्तरण गर्दै उक्त सहयोगबाट त्यस संस्थामा अध्ययनरत बालबालिकाहरुको पठनपाठन तथा सरसफाइमा सहयोग पुग्ने बैंकले अपेक्षा राखेको बताए ।