फक्सवागनका नयाँ कार किन्दा १० लाख छुट, अरु अफर यस्ता छन्

<p>काठमाडौं । फक्सवागनका नयाँ कार किन्दा १० लाख छुट पाइने भएको छ । पूजा इन्टरनेशनल प्रालिले नेपालमा फक्सवागनका गाडी बिक्री शुरुवात गरेको १० वर्ष पूरा भएको अवसरमा विभिन्न अफर सार्वजनिक गर्दैै १० लाख छुट दिने घोषणा गरेको हो । सन् १९६०-७० को दशकमा नेपालीहरुले फक्सवागनको विटल कार तथा भ्यानहरु रुचाएका थिए । पछि नेपाली बजारमा [&hellip;]</p>

काठमाडौं । फक्सवागनका नयाँ कार किन्दा १० लाख छुट पाइने भएको छ । पूजा इन्टरनेशनल प्रालिले नेपालमा फक्सवागनका गाडी बिक्री शुरुवात गरेको १० वर्ष पूरा भएको अवसरमा विभिन्न अफर सार्वजनिक गर्दैै १० लाख छुट दिने घोषणा गरेको हो ।

सन् १९६०-७० को दशकमा नेपालीहरुले फक्सवागनको विटल कार तथा भ्यानहरु रुचाएका थिए । पछि नेपाली बजारमा नयाँ गाडी आउन बन्द भएकोमा पूजा इन्टरनेशनल नेपालले २००९ बाट नेपालमा पुनः फक्सवागनका गाडीहरु बिक्री वितरण शुरु गरेको थियो ।

पूजा इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत विबेक विजुक्छेले कम्पनीले बिक्री पछिको सेवामा केन्द्रीत हुँदै १० वटा शहरहरुमा प्रशिक्षित मेकानिक्सहरु सहितको सर्भिस सेन्टर संचालनमा रहेको बताए । उनले नेपाली बजारमा फक्सवागनका गाडीको मर्मत संभार खर्च अन्य गाडीको तुलनामा कम रहेको बताए । कम्पनीले भारतबाट जर्मनी प्रविधिमा उत्पादन भएको पोलो र भेन्टो गाडी र त्यसको पार्टस् पुर्जाहरु नेपाली बजारमा ल्याएर बिक्री वितरण गरिरहेको छ ।

कारोबार शुरु गरेको १० वर्ष पूरा भएको अवसरमा पूजा इन्टरनेशनलले सुरुवाति १०० जना ग्राहकहरुलाई पोलो कार २५ लाख ९० हजार रुपैयाँमा दिने भएको छ । जर्मनीबाट आयात हुने गाडीमा १० लाख रुपैयाँसम्म नगद छुट दिने, तुरुन्त फाईनान्सको सुविधा, फ्रि एक्सेसेरिज, पहिलो वर्षको लागि फ्रि रोड ट्याक्स, एक्सचेञ्ज बोनस, लोएल्टी बोनस, १० बर्षको फ्रि सर्भिसिङ, २ वर्षको निःशुल्क रोड एसिस्टेन्स र चित्त बुझेमा मात्र सर्भिस चार्ज तिरे पुग्ने सुविधा ल्याएको छ ।

Share News