च्वाडी पब्लिक माविका भूतपूर्व विद्यार्थीहरुको भेटघाट कार्यक्रम सम्पन्न

<p>नुवाकोट । च्वाडी पब्लिक मावि माझीटारमा अध्ययन गरी विभिन्न पेशा व्यवसायमा सकृय भूतपूर्व विद्यार्थीहरुको भेटघाट कार्यक्रम देवीघाट, नुवाकोटमा सम्पन्न भएको छ । भेटघाट कार्यक्रममा च्वाडी माविका शिक्षकहरु लवबहादुर डंगोल, रामप्रसाद जोशी, शिवकुमार मिश्र, निर्मल केसी र राजु श्रेष्ठलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा देवीघाट जेष्ठ नागरिक संरक्षण प्रतिष्ठानको लागि ११ हजार रुपैयाँ बराबरको खाद्य [&hellip;]</p>


नुवाकोट । च्वाडी पब्लिक मावि माझीटारमा अध्ययन गरी विभिन्न पेशा व्यवसायमा सकृय भूतपूर्व विद्यार्थीहरुको भेटघाट कार्यक्रम देवीघाट, नुवाकोटमा सम्पन्न भएको छ ।

भेटघाट कार्यक्रममा च्वाडी माविका शिक्षकहरु लवबहादुर डंगोल, रामप्रसाद जोशी, शिवकुमार मिश्र, निर्मल केसी र राजु श्रेष्ठलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा देवीघाट जेष्ठ नागरिक संरक्षण प्रतिष्ठानको लागि ११ हजार रुपैयाँ बराबरको खाद्य सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।

जेहन्दार एवं गरिव असहाय विद्यार्थीहरुको लागि छात्रवृत्ति र सामाजिक सेवाको कार्यक्रम संचालन गर्ने उदेश्यले ‘च्वाडी पब्लिक पूर्व विद्यार्थी समाज २०४८’ नामक संस्था दर्ता गरिएको अध्यक्ष शिव प्रसाद आचार्यले जानकारी दिए ।

कार्यक्रममा पूर्व विद्यार्थीहरु शम्भु नेपाल, राजेन्द्र थपलिया, प्रकाश अधिकारी, लिलादेवी गजुरेलले आफ्नो बाल्यकालको सस्मरण सहित मन्तव्य व्यक्त गर्दै सामाजिक सेवामा विद्यार्थीहरुको भूमिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा देवीघाट बृद्धाश्रमका अध्यक्ष बिष्णु नेपालले समाज परिवर्तनको लागि युवा विद्यार्थीहरुको गहन भूमिका रहने बताए । च्वाडी माविका तत्कालीन प्रधानाध्यापक लवबहादुर डंगोलले आफुले अक्षर सिकाएको विद्यार्थीहरुबाट सम्मानित हुन पाउँदा खुशी भएको बताए ।

गत सालबाट अक्षयकोष निर्माणका लागि शुरु गरिएको अभियानमा अहिलेसम्म ५ लाख १५ हजार ७ सय ५ रुपैयाँ जम्मा गर्न सफल भएको र २०७७ सालदेखि अक्षयकोषबाट प्राप्त प्रतिफलले असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने र केही रकम सामाजिक सेवामा खर्च गरिने जानकारी संस्थाका सचिव अनुजकुमार श्रेष्ठले बताए ।

अक्षयकोषमा आगामी वर्ष सम्म दस लाख पुर्‍याउने योजना रहेकोले च्वाडी माविमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरु तथा सम्पूर्ण नागरिक समाजलाई सहयोग गर्न र सहभागी हुन सचिव श्रेष्ठले आह्वान गरे ।

Share News