ललितपुरको कुमारीपाटीमा डब्लु के डिजाइनको नयाँ स्टोर

<p>काठमाडौँ । विश्व चर्चित अन्र्तराट्रिय ब्राण्ड डब्लु के डिजाइनको दोस्रो नयाँ स्टोर ललितपुरको कुमारीपाटीमा खुलेको छ । नेपाली राट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काद्वारा एक समारोहका बिच स्टोरको उद्घाटन गरिएको छ । युवापुस्ताहरु प्रति लक्षित विभिन्न आधुनिक इलेक्ट्रोनिक्स ग्याजेट तथा एसोसिरिजहरु स्टोरमा राखिएको छ भने प्रयोगकर्ताहरुको मन जित्न सफल हुने कम्पनीको दावी छ । दक्षिण [&hellip;]</p>


काठमाडौँ । विश्व चर्चित अन्र्तराट्रिय ब्राण्ड डब्लु के डिजाइनको दोस्रो नयाँ स्टोर ललितपुरको कुमारीपाटीमा खुलेको छ । नेपाली राट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काद्वारा एक समारोहका बिच स्टोरको उद्घाटन गरिएको छ ।

युवापुस्ताहरु प्रति लक्षित विभिन्न आधुनिक इलेक्ट्रोनिक्स ग्याजेट तथा एसोसिरिजहरु स्टोरमा राखिएको छ भने प्रयोगकर्ताहरुको मन जित्न सफल हुने कम्पनीको दावी छ ।

दक्षिण पुर्वी एशिया सहित अन्य ६० भन्दा बढी मुलुकहरुमा बजार रहेको कम्पनीको नेपालको आधिकारिक बिक्रेता टेकम्याक्स इन्टरनेशनल हो । कम्पनीका उत्पादनहरु अनलाइनमा दराज मार्फत पनि खरिद गर्न सकिने छ ।

सुरुवाती मूल्य रु. २ सयदेखि ६० हजारसम्म सुलभ मूल्यमा उपलब्ध कम्पनीका विभिन्न सामानमा ६ महिनाको रिप्लेसमेन्ट वारेण्टीपनि दिइएको छ । कम्पनीले चाँडै नै काठमाडौँमा बानेश्वर, बौद्ध, न्यूरोड, पोखरा, नारायणघाटको सिजी मल लगायत देशभरीमा आधिकारिक आउटलेटहरु स्थापना गरिने बताएको छ ।

Share News