इप्पान प्रतिनिधि मण्डलले गर्यो बंगलादेश भ्रमण, ‘जलविद्युतमा लगानी गर्न तयार’

<p>काठमाडौँ । नेपाल र बंगलादेशबीच विद्युत ब्यापार बिस्तार गर्ने मूल उद्देश्यले बंगलादेशका निजी बिद्युत ब्यवसायीको निमन्त्रणामा, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को १४ सदस्यीय प्रतिनिधि मण्डलले बैशाख १५ देखि १८ गतेसम्म बंगलादेशको भ्रमण सम्पन्न गरेको छ । प्रतिनिधि मण्डलको नेतृत्व इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले गरेका थिए । भ्रमणका क्रममा नेपाली प्रतिनिधि मण्डलले बंगलादेशको उर्जा राज्य [&hellip;]</p>


काठमाडौँ । नेपाल र बंगलादेशबीच विद्युत ब्यापार बिस्तार गर्ने मूल उद्देश्यले बंगलादेशका निजी बिद्युत ब्यवसायीको निमन्त्रणामा, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को १४ सदस्यीय प्रतिनिधि मण्डलले बैशाख १५ देखि १८ गतेसम्म बंगलादेशको भ्रमण सम्पन्न गरेको छ । प्रतिनिधि मण्डलको नेतृत्व इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले गरेका थिए ।

भ्रमणका क्रममा नेपाली प्रतिनिधि मण्डलले बंगलादेशको उर्जा राज्य मन्त्री, बंगालादेश पावर डेभलेपमेन्ट बोर्डका अध्यक्ष, बंगलादेश उर्जा नियमन आयोगका अध्यक्ष, सरकारी स्वामित्वमा रहेको पूर्वाधार विकास कम्पनी (इड्कोल), निजी उर्जा उत्पादक कम्पनीहरु, तथा पूर्वाधार क्षेत्रमा परामर्श दिइरहेका विभिन्न कम्पनीहरुसंग भेट गरी बंगलादेशको हालको विद्युत उत्पादनको अवस्था, माग प्रक्षेपण, प्रसारण लाइनको अवस्था, लगानीका अवसर र चुनौतीहरुबारे विचार गरेको जनाएको छ ।

भ्रमणमा क्रममा भारतले छिमेकी राष्ट्रहरुबीच विद्युत आदान–प्रदानको लागि अङ्गिकार गरेको उदार नीतिहरुले गर्दा नेपाल र बंगलादेशबीच विद्युत ब्यापार बिस्तार गर्ने वातावरण बनेको अध्यक्ष गुरागाईँले बताए । छलफलका क्रममा नेपालमा जलविद्युतमा लगानी गर्न लगानीकर्ताहरुले चासो देखाएको अध्यक्ष गुरागाईँले बताए ।

नेपाली प्रतिनिधिमण्डलको बंगलादेशको भ्रमण सफल पार्न सहयोग गर्ने बंगलादेशका उर्जा राज्य मन्त्री, ढाका स्थित नेपाली दूतावास, काठमाडौं स्थित बंगलादेशका राजदूत, बंगलादेशका सरकारी तथा निजी संघ संस्था तथा अन्य सबैलाई इप्पान हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

Share News