‘हुन्डाई फेस्टिभ डिलाइट २०७५’ मा भावना केसीले जितिन् ‘हुन्डाई आई २० एक्टिभ’
काठमाडौँ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७५’ का विजेताहरुको नाम घोषणा गरेको छ । सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको निःशुल्क बिमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्कि ड्र मार्फत १०० जना भाग्यमानी विजेताहरुलाई १०-१० ग्राम सुन र बम्पर लक्की ड्रबाट २ जनालाई हुन्डाई आई२० एक्टिभ र हुन्डाई क्रेटा जित्ने अवसर पाएका थिए । हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरका विजेताको घोषणा लक्की ड्र मार्फत आइतबार सार्वजनिक गरिएको हो । सो कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल र मिस नेपाल श्रृंखला खतिवडा थिए । हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरको पहिला बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर ९०६ का हाउजिङ्ग एण्ड इन्स्योरेन्स डिपार्टमेन्ट, वेलफेयर प्लानिङ्ग डिरेक्टोरेट भावना केसी काठमाण्डौंले हुन्डाई आई २० एक्टिभ जितिन् । साथै हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १६२२ का बद्री कुमार खड्का, दाङले हुन्डाई क्रेटा जिते । योजना २१ भदौदेखि ३० कात्तिक २०७५ सम्म लागु गरिएको थियो ।
प्रकाश सपुतकाे नयाँ गीत सार्वजनिक, दिनमै एक लाख भ्यूज
काठमाडौँ । युवा गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको रमाइलो लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ बजारमा आएको छ । प्रकाश सुपतको आफ्नै शब्द तथा लय रहेको गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटिएका छन् । गीतमा प्रकाश र सुनिता स्वयमले अभिनय गरेका छन् । सार्वजनिक भएको २४ घण्टा नबित्दै एक लाख भन्दा बढी दर्शकले युट्युवमा यो गीत हेरिसकेका छन् । पहिलो दिन नै गीत भाइरल बनेपछि निर्माण टिम उत्साहित बनेको छ । ‘बोल माया….’, दोहोरी ब्याटलजस्ता दर्जनौं सिर्जनात्मक गीतबाट चर्चामा रहेका सपुतले यस गीतलाई पनि दर्शकहरुले अत्याधिक मन पराउने विश्वास लिएका छन् । यसैगरी, ‘पानको मिसी’, ‘क्यारम माया’लाई जस्ता दर्जन गीतबाट चर्चामा रहेकी गायिका अधिकारीले पनि दर्शकहरुको माया पाउने आशा गरेकी छिन् । भाका नेपाल र साइन मिडिया प्रालिको संयुक्त प्रस्तुति रहेको गीतमा प्रकाश भट्टले निर्देशकीय जादु देखाएका छन् । विष्णु शर्माको सम्पादन, राजेश घिमिरेको छायाँकन रहेको गीतमा अहिलेका चर्चित संगीतकार आशिष अविरलले संगीत संयोजन गरेका छन् । भिडियाे हेर्न तल क्विलक गर्नुहाेस् ।
रोडिज् सँगै यामाहा एफजी राइडरहरु लागे लोमान्थाङ
काठमाडौँ । ‘यामाहा एफजी राइड वीथ रोडिज् टु लोमान्थाङ’को औपचारिक सुरुवात काठमाडौंस्थित यामाहाको कर्पोरेट कार्यालयबाट भएको छ । नेपालमै पहिलो पटक भएको यो रोमाञ्चक मोटरसाइकल यात्रामा १३ जना एफजी राइडरले आफ्ना यामाहा एफजीमा विश्वकै कठोर भौगोलिक क्षेत्र र अग्ला हिमाली सडकबाट परिचित अपर मुस्ताङसम्म नौ दिन यात्रा गरेर १३ सय किलोमिटर पार गर्ने छन् । उनीहरुको हौसला बढाउन ‘द हिमालयन रोडिज्’का जजद्वय रेमनदास श्रेष्ठ र दिया मास्के र दोस्रो सिजनका विजेता आयुष श्रेष्ठ पनि यात्रामा सहभागी हुनु भएका छन् । यामाहाको साहसिक यात्राको ‘फ्ल्याग अफ’ एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सिईओ चिरञ्जीवी शाहले गरेका हुन् । ‘यामाहाले विगत पनि नियमित रुपमा राइड आउटको आयोजना गर्दै आएको छ । तर राइड वीथ रोडिज् हालसम्मकै ठूलो राइड आउट हुनेछ । यामाहाका राइडरहरुसँग बलियो सम्बन्ध गाँस्नु हाम्रो एउटै मात्र चाहना हो,’ ‘फ्ल्याग अफ’ सेरेमनीमा राइडरहरुलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने ।’ ‘यामाहाका मोटरसाइकलले सुरक्षा र कम्फोर्टमा कुनै सम्झौता नगरी राइडिङ थ्रिलको अनुभूति दिलाउँछ । हामीलाई आशा छ, यो यात्राले सहभागी एफजी राइडरलाई लाईफ टाइम एक्सपिरियन्स दिनेछ र आफूहरुबीच पनि अद्वितीय भातृत्वको विकास गराउनेछ ।’ उनले अगाडि भने । त्यसैगरी, सिईओ चिरञ्जीवी शाहले सबै राइड र टिमको सुरक्षित यात्राको कामना गरे । यामाहा द हिमालयन रोडिज् सिजन २ को मुख्य प्रायोजक हो ।
आँचल शर्मा र सागर लम्साल (बले) को ‘मायाँ पिरती’ सार्वजनिक (भिडियाे सहित)
काठमाडौं । आँचल शर्मा र सागर लम्सालको नयाँ गीत ‘मायाँ पिरती’ सार्वजनिक भएको छ । तिलक बस्नेत र मोलिशा आलेमगरको स्वरमा रहेको ‘मायाँ पिरती’ को संगीत तथा रचना तिलक बस्नेत कै रहेको छ । म्युजिक भिडियोको साथमा चर्चित टेलि शिरियल भद्रगोलका पात्र सागर लम्साल (बले) र नायिका आँचल शर्मा तथा सुनिल तामाङ्गको अभिनय रहेको छ । भिडियोको ग्राफी अर्जुन तिवारीले गरेका हुन् , भने भिडियो इडिट्ट सुप्रिम पराजुलीको रहेको थियो । नेपालको म्युजिक क्षेत्र तथा पुराएको प्रभावको सकारात्मक रहेको जनाएका छन् ।
कैलालीको बौनियामा आशा लघुवित्तद्वारा सीपमूलक तालिम संचालन
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले बैशाख २०, २१ र २२ गते लुगा धुने साबुन तथा सर्फ बनाउने तालिम सञ्चालन गरेको छ । संस्थाले शाखा कार्यालय बौनिया कैलालीमा आबद्ध सदस्यहरु मध्ये ६२ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै बर्दगोरीया गा.पा. वडा नं. १ का अध्यक्ष जयरुप खतिवडाले यस्तो किसिमको कार्यक्रमले महिलाहरु लाई उद्यमशिल बन्न थप सहयोग पुग्ने कुरा ब्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शाखा प्रमुख अम्मरबहादुर ओलीले यस कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा बृद्धी भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने साबुन तथा सर्फ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ६३४ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।
साञ्जेन रसुवागढीसहित ६ कम्पनीका शेयरहरु कतिमा हुँदैछन् काराेबार, मूल्य कति पुग्ला ?
काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासनको प्रक्रिया सकिएर ५ ओटा कम्पनीका शेयरहरु कारोबारका लागि सूचीकरण प्रक्रियामा छन् भने एउटाको शेयर नेप्सेमा आइतबार सुचीकरण भई सोमबारदेखि कारोबार सुरु हुनेछ । आइतबार नेप्सेमा सूचीकरण भएको स्पर्श लघुवित्तको शेयर हो । उक्त लघुवित्तको ८ लाख २९ हजार ६३० कित्ता शेयर सूचीकरण भएसँगै सोमबार नेप्सेले ओपन रेञ्ज दिई कारोबार सुरु गर्नेछ । अन्य ५ ओटा कम्पनीहरु साञ्जेन जलविद्युत् कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था, गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर बाँडफाँड भई सूचीकरणको प्रक्रियामा छन् । गुराँस लघुवित्तको भने शुक्रबारमात्रै आबेदनको लागि अन्तिम दिन तोकिएको थियो । यो शेयरको आईपीओ आवेदन बन्द भई बाँडफाँडको प्रक्रियामा छ । कसले कति पाउँदैछन् ओपनरेञ्ज ? नेप्सेमा सूचीकरण भई सोमबारदेखि कारोबार खुला हुने स्पर्श लघुवित्तलाई नेप्सेले १००.३९ रुपैंयादेखि ३०१.१७ रुपैंयासम्म ओपनरेञ्ज दिने सम्भावना छ । त्यस्तै साञ्जेनले ९६.३२ रुपैंयादेखि २८८.९६ रुपैंया, रसुवागढीले ९७.२९ रुपैंयादेखि २९१.८७ रुपैंयासम्म ओपनरेञ्ज पाउनेछ । नेपाल एग्रोले भने न्यूनतम कारोबार रेञ्ज नै १०३.४८ रुपैंया पाउनेछ भने माथिल्लो कारोबार सीमा ३१०.४४ रुपैंया पाउनेछ । गणपति माइक्रोफाइनान्सको भने कारोबार सीमा सबैभन्दा कम ७७.७३ रुपैंयादेखि २३३.१९ रुपैंयासम्म पाउनेछ । गुराँस लघुवित्तको पहिलो कारोबार भने ९२.७२ रुपैंयादेखि २७८.१६ रुपैंयासम्म हुनेछ । धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीले प्रारम्भिक सार्वजनिक निष्कासनपछि दोस्रो बजारमा सूचीकरण हुने कम्पनीको कारोबार सीमा धितोपत्र बजारले तोक्ने व्यवस्था गरेको छ । यहाँ धितोपत्र बजार भन्नाले नेपाल स्टक एक्सचेञ्जलाई जनाउँछ । नेप्सेले कारोबार सीमा निर्धारण गर्दा पछिल्लो वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणमा उल्लेखित सम्बन्धित कम्पनीको नेटवर्थलाई न्यूनतम कारोबार सीमा र त्यसको तीन गुणा माथि अधिकतम कारोबार सीमा निर्धारण गर्ने व्यवस्था छ । साञ्जेन र रसुवागढीको शेयर निष्कासन प्रक्रिया अघिल्लो वर्षदेखि नै सुरु भएकोले आर्थिक वर्ष २०७३/७४ को नेटवर्थको आधारमा तथा अन्य लघुवित्तहरुको आर्थिक वर्ष २०७४÷७५ को नेटवर्थका आधारमा त्यसरी ओपनरेञ्ज निर्धारण गरिनेछ । कति पुग्ला मूल्य ? धितोपत्र बजारमा पहिलो कारोबारको मूल्य निर्धारण गर्न बजार सक्षम भए पनि त्यसपछिको मूल्य भने बजारको माग तथा आपुर्तिले निर्धारण गर्छ, त्यसमा कुनैपनि कम्पनीको आधारभूत वित्तीय सूचकहरु तथा कम्पनीको सम्भावनाले पनि मूलयलाई प्रभावित पारिरहेकै हुन्छ । लघुवित्त कम्पनीका शेयरहरु कम परिमाणमा निष्कासन हुने भएकोले यसको मूल्यमा धेरै बढोत्तरी भएको पाइन्छ भने धेरै परिमाणमा आपुर्ति हुने शेयर कम मूल्यमा पनि पाइन्छ । त्यसैले कुन स्क्रिपको मूल्य कति पुग्छ भन्ने भविष्यवाणी गर्नु उपयुक्त हुँदैन । यद्यपि उल्लेखित सबै शेयरहरुको पहिलो कारोबार अधिकतम सीमामा हुन भने सक्छ । कहिले हुन्छ काराेबार ? आईपीओ निष्कासन तथा बाँडफाँडपछि धितोपत्र कारोबार तथा निष्कासन नियमावली तथा केन्द्रीय डिपोजिटरी सेवा नियमावलीबमोजिम सेन्ट्रल डिपोजिटरी सिस्टम (सीडीएस) र धितोपत्र बजार (नेप्से)सँग विभिन्न प्रकारका सम्झौताहरु गर्नुपर्ने भएकोले धितोपत्र बाँडफाँडपछि पनि सम्झौता हुन समय लाग्छ । नियमावलीले शेयरको सार्वजनिक निष्कासन गरेका कम्पनीहरुले नेप्से तथा सीडीएससीसँग सूचीकरण सम्झौता गर्नुपर्छ । सीडीएससी र नेप्से एक अर्काका परिपूरक कम्पनी रहेको भए पनि सूचीकरणका लागि छुट्टाछुट्टै रुपमा दुवै कम्पनीसँग सम्झौता गर्नुपर्छ, त्यसपछि मात्रै शेयरको सूचीकरण हुन्छ । स्पर्श लघुवित्तले यो प्रक्रिया पुरा गरेको छ भने बाँकी प्रक्रियामै रहेकाे धिताेपत्र निष्काशन तथा बिक्री प्रबन्धकहरुले जनाएका छन् ।
एक नम्बर प्रदेशको राजधानी बिराटनगर, मन्त्रिपरिषद र संसद भवन इटहरीमा
काठमाडौं । एक नम्बर प्रदेशको स्थायी राजधानी बिराटनगर नै कायम हुने भएको छ । नेकपा संसदिय दलको बैठकले बिराटनगरलाई प्रदेशको स्थायी राजधानी तोक्ने निर्णय गरेको हो । प्रदेश राजधानी बिराटनगर तोकिए पनि मन्त्रिपरिषद र संसद भवन भने इटहरीमा निर्माण गर्ने निर्णय नेकपा संसदिय दलले गरेको हो । प्रदेश नम्बर १ को संसदमा दुई तिहाई बहुमत रहेको नेकपाको निर्णयलाई संसदले समेत पारित गर्नेछ । एक नम्बर प्रदेशको नामका बिषयमा भने अझै पनि विवाद नै कायम रहेको छ ।
आईएमएस् ग्रुप २७औं वर्षमा, ४ सय कर्मचारीको ट्यालेन्ट शो
काठमाडौँ । आईएमएस् ग्रुप स्थापनाको २७औं वर्षमा प्रवेश गरेको छ । सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्स तथा अन्य अन्तर्राष्ट्रिय ब्राण्डहरुका नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता, आईएमएस् ग्रुप अन्तर्गत बीस भन्दा बढी कम्पनीहरु रहेका छन् । आईएमएस् ग्रुपले वैशाख २० गते राजधानीको होटल अन्नपूर्णमा २७ औं वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रम ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, कम्पनीका डिरेक्टर विमल सावर्थिया, ग्रुपका प्रेसिडेण्ट सिइओ डिकेश मलहोत्रा, मलहोत्रा तथा सावर्थिया परिवार, अन्य अथिति लगायत ४ सय भन्दा बढी कर्मचारी सहभागिता थियो । कार्यक्रममा ग्रुपका कर्मचारीद्वारा ट्यालेन्ट शो, मनोरञ्जनात्मक खेल, हाजिरी जवाफ प्रतियोगिता प्रदर्शन गरिएको थियो भने विजयी कर्मचारीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । त्यसैगरी, केही कर्मचारीहरुले विभिन्न विधा अन्तर्गत उत्कृष्ट एवम् उल्लेखनीय कार्य सम्पादन गरे बापत पुरस्कृत पनि गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै दीपक मलहोत्राले ग्रुप सबै कर्मचारीहरुले लगनशीलता एवम् इमानदारिताका साथ आफ्नो कार्य गरेकोले नै ग्रुपले २७औं बसन्त सफलताका साथ प्रवेश गरेको बताए ।