
काठमाडौं । नेपाली यूवा उद्यमी मञ्चले लिडर परियोजना संगको सहकार्यमा पाँचौ पटक व्यवसायिक योजना विकास सम्बन्धी कार्याशाला आयोजना गरेको छ ।
वेष्टर्न युनिर्भसिटी अन्तरगत आइभी विजनेश स्कुलका विद्यार्थीहरुद्वारा व्यवसायिक तालिम मार्फत आर्थिक विकासलाई बढावा दिने उद्देश्यका साथ विद्यार्थीहरु कै नेतृत्व र सकृयतामा कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा ४० जना युवाहरुको सहभागिता रहेको थियो ।
विश्वको उत्कृष्ट व्यवसायिक संस्था आइभीद्वारा विकास गरिएको पाठ्यक्रम तथा केश विधिमा आधारित प्रशिक्षण शैलीसंग खारिएका प्रशिक्षकहरुद्वारा कार्याशालामा सहजिकरण गरिएको थियो ।
दुई सातासम्म संचालित कार्याशालाको अन्तिम दिन सहभागीहरुले आ–आफ्नो व्यवसायिक योजना नेपालमा खारिएका दक्ष व्यवसायीहरु तथा उद्योग व्यवसाय सम्बन्धी विभिन्न संस्थाका प्रतिनिधिहरु माझ प्रस्तुत गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा सन २००३, सेप्टेम्बर २६ मा यो संस्थाको औपचारिक रुपमा शुरुवात गरिएको हो । कार्यक्रमको उद्देश्यलाई आत्मसाथ गर्दै यो कार्यशालाको आयोजना माछापुच्छ्रे वैक, सिइसीआई र मिडभ्याली कलेज रहेका छन् ।