लब्ली प्रोफेसनल युनिभर्सिटीको नेपालमै भर्ना कक्ष, २ नेपाली विद्यार्थीलाई छात्रवृत्ति

<p>काठमाडौं। भारतको ठुलो विश्वोविद्यालयमा गनिने लब्ली प्रोफेसनल युनिभर्सिटीले नेपालमा आफ्नो अधिकारिक भर्ना कक्ष सुरु गरेको छ। एलपियुले बागबजार स्थित रोहनी ईन्टरनेसनल एजुकेसन सर्भिसेशमा आफ्नो कार्यलय संचालनमा ल्याएको हो। विश्वोविद्यालयले रोहिनीलाई आफ्नो अधिकारिक भर्ना एजेन्सीको रुपमा पनि तोकेको छ। ११ बर्ष देखी रोहिनिले नेपाली विद्यार्थीलाई बाहिर अध्ययनमा जान सहयोग पुर्याउँदै आएको छ। उद्घाटनमा ईक्यानका अध्यक्ष बिष्णु हरी पाण्डे, [&hellip;]</p>

काठमाडौं। भारतको ठुलो विश्वोविद्यालयमा गनिने लब्ली प्रोफेसनल युनिभर्सिटीले नेपालमा आफ्नो अधिकारिक भर्ना कक्ष सुरु गरेको छ। एलपियुले बागबजार स्थित रोहनी ईन्टरनेसनल एजुकेसन सर्भिसेशमा आफ्नो कार्यलय संचालनमा ल्याएको हो।

विश्वोविद्यालयले रोहिनीलाई आफ्नो अधिकारिक भर्ना एजेन्सीको रुपमा पनि तोकेको छ। ११ बर्ष देखी रोहिनिले नेपाली विद्यार्थीलाई बाहिर अध्ययनमा जान सहयोग पुर्याउँदै आएको छ।

उद्घाटनमा ईक्यानका अध्यक्ष बिष्णु हरी पाण्डे, काठमाडौं विश्वोविद्यालयका डिन डा. बिपिन अधिकारी, एलपीयुका निर्दशक अमन मित्त्तल र श्याम भण्डारी व्य्वस्थापन को उपस्तिथी रहेको थियो। बर्षनी हजारौंको संख्यामा नेपालबाट भारतमा अध्ययनको लागि भारतमा जाने गरेका छन्।

कार्यक्रममा ईक्यानका अध्यक्ष रहेका बिष्णु हरी पाण्डेले नेपाली विद्यार्थीहरुलाई भारतको उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न अझै सजिलो वातवारण स्रिजना गरिदिएकोमा धन्यवाद ज्ञापन गरे। शिक्षाको लागि राम्रो काउन्सिलिङको एकदमै आवश्यक भएको र त्यसैले सबैलाई विद्यार्थीहरुलाई उच्च काउन्सिलिङ दिन आग्रह गरे।

सन् २००१ बाट संचालनमा आएको लब्ली प्रोफेसनल युनिभर्सिटीले सानो कलेजको रुपमा २४० विद्यार्थी र २२ जना कर्मचारीबाट सुरु गरेको हो। हाल युनिभर्सिटी ३० हजार भन्दा बढी विद्यार्थी र ४००० हजर बढी कर्मचारी रहेका छन्। विश्वविद्यालयले २०० भन्दा बढी संकायहरुमा पूर्ण रुपमा भौतिक पुर्वधार शाहीत आफ्नो सेवा दिईरहेको छ। भारतको पन्जाबको जालान्धरमा करिब ६०० एकड क्षेत्रफलमा फैलिएको यस विश्वोविद्यालयमा डिप्लोमा देखी पिएचडी सम्म अध्यापन गराईन्छ। विश्वोविद्यालयमा संसारका ७० भन्दा बढी देशका विद्यार्थीहरु अध्ययन गरिरहेका छन्। विश्वोविद्यालयको आफ्नै अस्पताल र सपिङ मल पनि रहेको छ। यस्तै विश्वविद्यालय क्षेत्र भित्र बैंकिङ सेवाका साथै सुविधासम्पन्न लाईब्रेरी रहेको छ।

आफ्नो भर्ना कार्यलय खोलेको अवसरमा विश्वोविद्यालयका डिरेकटर अमन मित्तलले नेपालबाट आउने एक छात्रा र एक छात्रलाई पहिलो बर्षको ट्युसन फि मा शतप्रतिसत छात्रवृत्ति दिने घोषणा गरेका छन्। यसको साथै विश्वोविद्यालय अध्ययनको निम्ती जाने हरेक नेपाली विद्यार्थीलाई योग्यताको आधारमा पचास प्रतिसत सम्म छात्रवृत्तिदिने बताएका छन्।

एलपीयुका किन भन्ने प्रश्नको जवाफ दिंदै मित्तलले संसारका उत्कृष्ट कम्पनीहरुमा एलपियुको उत्पादनहरु रहेको दाबी गरे। त्यस्तै नेपालका उत्कृष्ट कम्पनीहरुमा पनि एलपियुका उत्पादन रहेको उनले बताए।

विश्वोविद्यालयमा हाल ८०० बढी नेपाली विद्यार्थीहरु अध्यन गरिरहेका छन्।

Share News