विकासन्युज

यूनाइटेड सिमेन्ट्सको सामाजिक कार्य, ललितपुरको लेलेमा विधार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्स प्रालिले ललितपुर, लेले स्थितसरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम, स्कूल ब्याग लगायतको शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । हरेक बालबालिकाले व्यवस्थित रुपमा शिक्षा प्राप्त गर्नु उनीहरुको अधिकारको विषय हो र यो किसिमको सामाजिक सहयोगले उनीहरुको शैक्षिक स्तरमा टेवा पुर्याउने यूनाइटेड सिमेन्ट्सले जनाएको छ । बैशाख २० गते गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा गोदावरी नगरपालिका वडा नं. ५ का अध्यक्ष मिलन सिलवाल, महानगरीय प्रहरी प्रभाग चापागाउका प्रमुख राजकुमार खिउजु, यूनाइटेड सिमेन्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत माधवराज तिमिल्सिना, प्रबन्धक हरीकुमार उप्रेती तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्कल महत लगायतका स्थानीय अभिभावकको उपस्थितिमा सो शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । अघिल्लो महिनामा मात्रै यूनाइटेड सिमेन्ट्सले धुनिवेशी नगरपालिकामा निःशुल्क स्वास्थ शिविर आयोजना गरेको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौँ । जुम्ला जिल्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टरको शुरु भएको छ । बैशाख १९ गतेका दिन कृषि विकास बैंक लि.का संचालक समिति अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिति क्षेत्रबहादुर सेजुवालले औपचारिक उदघाटन गरे । कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय, नेपालगंजका निर्देशक रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय रहेका थिए ।

हिमालयन बैंकसहित चार कम्पनीको करोडौँ कित्ता बाेनस सेयर सूचिकृत

काठमाडौं । आइतबार मात्रै विभिन्न चार कम्पनीको कूल एक करोड १५ लाख ९७ हजार ६० कित्ता बोनस सेयर सूचिकृत भएको छ । सो दिन हिमालयन बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, मिसन डेभलपमेन्ट बैंक र सोल्टी होटलको गरी सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । सो मध्ये सबैभन्दा बढी सोल्टी होटलको बोनस सेयर नेप्सेमा थपिएको छ । होटलको ६६ लाख ६१ हजार १६३ कित्ता सेयर थपिएको हो । त्यस्तै, हिमालयन बैंकको ४० लाख ५७ हजार २६५ कित्ता, मिसन डेभलपमेन्ट बैंकको ५ लाख ७१ हजार २०८ कित्ता र साल्ट ट्रेडिङ कर्पोरेसनको ३ लाख ७ हजार ४२४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।

घोराहीमा पञ्चकन्याले दियो विशेष प्लम्बिङ तालिम

काठमाडौँ । पञ्चकन्या ग्रुपद्वारा सेकीसुई, जापान र स्टारलाईन ईन्टरप्राइजेज, भारतको सहकार्यमा दाङको घोराहीमा प्लम्बिङ तालिम सम्पन्न भएको छ । बैशाख १९ र २० गते सञ्चालन भएको उक्त तालिममा ७२ जनाको सहभागिता रहेको थियो । पञ्चकन्या ग्रुपले यसअघि प्रारम्भिक प्लम्बिङ तालिम दिएको र सेकीसुइ तथा स्टारलाईन ईन्टरप्राइजेज, भारतका दक्ष, अनुभवी प्रशिक्षकद्वारा विशेष तालिम दिइएको हो ।

ग्लोबल आइएमईले गर्यो निःशुल्क आँखा शिविर, औषधी र चश्मा वितरण

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैशाख १४ गते सुनसरी जिल्ला, कोशी गाउँपालिका वडा नं. ३, जमुवा चोकमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । ग्लोबल आइएमई बैंकको इटहरी शाखाको आयोजना र बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा जाँच शिविर सम्पन्न भएको हो । बैंकको तर्फबाट आँखाका रोगीहरुलाई निःशुल्क औषधि तथा दृिष्ट दोष भएका बिरामीहरुलाई निःशुल्क चश्मा समेत बितरण गरिएको छ । उक्त शिविरमा मोतीबिन्दु भएका आँखाका बिरामीहरुको बिराटनगर आँखा अस्पताल, बिराटनगरमा निःशुल्क शल्यक्रिया पनि गरिएको छ । निम्न आयस्तर भएका तथा अति पिछडिएका बिरामीहरुलाई लक्षित गरी उक्त आँखा शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ ।

१६ अंकले घट्यो नेप्से, दुई समूह बाहेक सबै राताम्मे

काठमाडौं । आइतबारको नेप्से परिसूचक १६.७१ अंकले घटेको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको सो दिनको नेप्से बजार बन्द हुँदा १२७७.६८ अंकमा अडिएको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२९ प्रतिशतको गिरावट हो । गत बिहीबारको तुलनामा आइतबारको कारोबार रकममा भने केही सुधार देखिएको छ । आइतबार कूल १७५ कम्पनीको ६५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन गत बिहीबारको तुलनामा ६ करोड २५ लाख रुपैयाँ बढी हो । सो दिन कूल ५८ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको थियो । त्यस्तै, कारोबारमा आएका दुई समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह १२७.०२ अंकले घटेको छ । त्यस्तै, फाइनान्स समूह २.४ अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् । उत्पादनमूलक र अन्य समूहको सूचक भने क्रमशः २०.८ र १.१२ अंकले उकालो लागेको छन् । सो दिन नेपाल बैंककोे सबैभन्दा बढी सेयर किनबेच भएको छ । बैंकको ६ करोड २८ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । मल्टी प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात १० प्रतिशत कमाएका छन् । त्यस्तै, कमाउने मध्ये बाँकी कम्पनीका लगानीकर्ताले सामान्य ५ प्रतिशत भन्दा कम कमाएका छन् । सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनी, एनआईबीएल समृद्धि फण्ड १ र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ७ प्रतिशत बढी गुमाएका छन् ।

लेजर थेरापीले उठ्न नसक्ने मानिसलाई ७-८ दिनमा उठेर हिंड्ने बनाउँछ : डा. सुशिला वैद्य शाक्य

लेजर थेरापी विशेषज्ञ तथा महिला क्यान्सर रोग विशेषज्ञ डा। डा. वैद्यको राजधानी स्थित जावलाखेलमा लेजर थेरापी क्लिनिक नामक आफ्नै क्लिनिकमा रहेको छ। सुशीला शाक्य बैद्यले आज भन्दा १८ बर्ष देखी नेपालमा लेजर थेरापी भित्राउनुभएको हो। ३० हजार भन्दा बढी मानिसको उहाँले लेजर थेरापी मार्फत उपचार गरिसक्नुभएको छ। नेपालमा लेजर थेरापी भित्राउने उहाँ पहिलो व्यक्ती हुनुहुन्छ। लेजर भनेको एक प्रकारको विकिरण हो जसको मद्दतले गरिने उपचारलाई नै ‘लेजर थेरापी’ भनिन्छ। बिग्रेको कोषिकाहरूलाई पुनर्जीवन दिन लेजर थेरापी उपचार पद्धतिको प्रयोग गरिन्छ। प्रस्तुत छ डा. सुशिलासँग  बिकाशन्युजको लागि डोमी शेर्पा ले ‘लेजर थेरापी’ उपचार प्रविधीको बारेमा गरिएको अन्तर्वाता :  के हो लेजर थेरापी ? यसको सुरुवात कसरी कहाँबाट भएको हो ? विभिन्न किसिमका रोगहरु जस्तै भित्री–बाहिरी अंगको घाउ, दाग, नचल्ने अंगहरु, जोर्नीको दुखाई जस्ता शरीरका विभिन्न किसिमका रोगलाई बाहिर विकिरणको प्रभावबाट उपचार गर्ने प्रविधिलाई लेजर थेरापी भनिन्छ। यसको सिद्धान्त धेरै बर्ष पहिले अल्बर्ट आईन्स्टाईनले शुरु गर्नुभएको हो। यसलाई रिसर्च गरेर उपचारको रुपमा प्रयोग गर्न सकिन्छ भनेर विभिन्न वैज्ञानिकहरुले पत्ता लगाएपछी यसको सुरुवात ४० बर्ष अगाडि अमेरिका र रुसमा भएको हो । विकसित मुलुकहरुमा मात्र यो सेवा उपलब्ध छ । यसको शिक्षा हाँसिल गर्ने ठाउँ भने अहिलेसम्म रुस(मस्को) र क्यानडामा मात्र रहेको छ। यसबाट कुनकुन रोगको उपचार हुन्छ ? कुन रोगमा बढी प्रभावकारी हुन्छ ? निको नभएका, दुखेका तथा सुन्निएका घाउहरु, मस्तिष्क पक्षघात, नाक, कान, घाँटीका रोगहरु, माईग्रेन, अनुहारको दाग, चाँयापोतो, ढाडको नशा च्यापिएका, घुँडा दुख्ने समस्या भएका, बाथ रोगका कारण मांसपेशीमा दुखाई भएका, हाडजोर्नी छालामा विभिन्न किसिमका घाउ र अन्य धेरै रोगहरुको यसबाट उपचार गर्न सकिन्छ। तर, बिशेष गरेर यसको असर लामो समयसम्म शरीरमा रहेका रोगहरुमा प्रभावकारी देखिन्छ । साथै पक्षघात भएका बिरामीलाई पनि यसले लाभ दिन्छ । लेजर विकिरणको पहिलो काम भनेको नै सुन्निएको घटाउने र रक्त कोषिका चाहिने ठाउँसम्म पुर्याउने हो हाडजोर्नीको दुखाईमा लेजर विकिरण बढी प्रभावकारी देखिन्छ किनभने लेजर विकिरणको पहिलो काम भनेको नै सुन्निएको घटाउने र रक्त कोषिका चाहिने ठाउँसम्म पुर्याउने हो र निष्क्रिय भएर बसेका कोषिकालाई सकृया बनाउनु हो। यसले ४.६ सेन्टिमिटर भित्र गएर कोषिकाहरुलाई छालाको बाहिरीबाट विकिरण दिएर निको गर्दछ। नेपालमा यसको सुरुवात कहिले भएको हो ? मानिसहरुले कसरी यसको बारेमा थाहा पाए ? यसको सुरुवात नेपालमा १८ बर्ष अगाडि २००१ सालमा पहिलो पटक भएको हो । मस्कोमा २००१ सालमा शिक्षा हासिल गरेर फर्केपछी सानो एउटा मेसिनको सहायताले मैले यसको सेवा शुरु गरेको हुँं । सुरुवातको २-३ बर्ष मानिसहरुलाई यसको बारेमा जानकारी नभएका कारण एकदमै गाह्रो भयो । यसमा मैले प्रचारको अभाव देखेँ, जसकारण आफैँ लेखहरु लेख्न थालेँ, यसैक्रममा लेजर थेरापीले एकजना खुट्टा काट्नु पर्ने व्यक्तीले खुट्टा काट्नु नपरेको लेख पत्रपत्रिका छापिएपछि मानिसहरुले बिस्तारै यसको बारेमा थाहा पाएका हुन् । बिस्तारै मानिसहरुले आफु निको भएपछी अरुलाई बताउँदै गए र जनमानसमा यसले बिस्तारै आफ्नो स्थान बनाउँदै गए र मानिसहरुमा प्रभाव पर्दै गयो । नेपालमा यो प्रविधि भित्राउने विचार कसरी आयो ? लेजर थेरापीको बारेमा पहिलो पटक मस्कोमा हुँदा थाहा पाएको हुँ । त्यसअघि म यसको उपचारको बारेमा अनभिज्ञ थिए । मस्कोमा रहने क्रममा मैले आफ्नो आँखा अगाडि लेजर थेरापीको उपचारले हिड्नै नसक्ने रोगीहरु हिडेको देखेँ, जसले मलाई नेपालमा पनि यो प्रविधि लैजानुपर्छ भन्ने सोच आयो । त्यसपछी मैले त्यहाँ यो बिषय पढेँ र नेपाल आउँदा एउटा लेजर मेसिन सहित यसको प्रयोगले धेरैलाई सेवा पुरयाउँछु भन्ने सोच राखेँ । मैले आफ्नो आँखा अगाडि लेजर थेरापीको उपचारले हिड्नै नसक्ने रोगीहरु हिडेको देखेँ, जसले मलाई नेपालमा पनि यो प्रविधि लैजानुपर्छ भन्ने सोच आयो । मस्कोबाट फर्केर सबैभन्दा पहिला मेडिकेयर अस्पतमा क्लिनिक शुरु गरे । त्यसपछि बिस्तारै मैैले आफ्नै क्लिनिक शुरु गरे । यी २ ठाउँमा काम गर्दै जाने क्रममा न्यूरोडमा पनि सेवा शुरु गरेँ । मैले यी ३ ठाउँमा काम गर्नाको कारण बिरामी हिड्न नसक्ने कारण धेरै टाढा जान सक्दैन थिए र धेरै मानिस यस उपचार पद्धतिको बारेमा जानकार थिएनन् । यसरी काम गर्दै जादाँ उपचार गर्नेको संख्या बढ्दै गयो । मेरुदण्डमा समस्या भएका कारण हिड्न नसक्ने बिरामीका लागी हिडडुलमा सहजता प्रदान गरेको छ । त्यस्तै, खुट्टै काटेर फाल्नु पर्ने अवस्थमा पुगेका बिरामीका लागि समेत नकाटी ठीक बनाएको उदाहरण पनि छन् । त्यस्तै मैले स्वास्थ सम्बन्धी विभिन्न लेख रचना मार्फत सचेतना जगाउन थालेँ । सुरुवाती ५ वर्षपश्चात यही क्षेत्रमा व्यस्तता अनुभव गर्न थालेँ । त्यससमयमा म प्रसुती सेवा र क्यान्सर रोगको उपचारमा समेत सक्रिय भएँ । अन्य उपचार विधिभन्दा यो किन फरक र बिशेष छ ? यो निकै मै सजिलो उपचार पद्धति हो । दैनिक काममा कुनै पनि अवरोध नपुर्याइ दिनको केही समय छुट्टाएर लेजर बिकिरण लिएर जान सकिन्छ । त्यस्तै कुनैपनि उपचार विधिले काम नगरेको अवस्थामा यो विधि अपनाउन सकिन्छ किनभने यो एक प्रकारको फिजियो थेरापी अन्र्तगत नै पर्दछ र यो फिजियोथेरापीको सबैभन्दा पछिल्लो टेक्नोलोजीमा समेत पदर्छ । कुनै पनि असर बिना यो थेरापीबाट शरीरका विभिन्न ४०० भन्दा बढी रोगको उपचार गर्न सकिन्छ । वर्षौँसम्म पनि उपचार गर्दा ठीक नभएका रोगहरुको उपचार लेजर थेरापीले २० दिनमा ठीक गराएका धेरै उदाहरणहरु छन् । त्यस्तै यसको कुनैपनि नकरात्मक असर छैन र यो २०० प्रतिसत बढी प्रभावकारी रहेको छ । अन्य फिजियोथेरापीमा दुखेका अँगहरु चलाईदिने गर्दा बिरामीहरु जान मन्दैनन् तर यहाँ लेजर थेरापीमा घाऊलाई छुनैपर्दैन । यसले सिधा आफ्नो विकिरणको मद्दतले घाऊलाई सुकाएर दुखाई कम गराउँछ। हिँड्न नसक्ने अवस्थामा आएका बिरामी तीन–चार दिनमा हिँड्नसक्ने हुन्छन्, यसले कुनैपनि प्रकारको शारिरिक दुखाई निम्ताउदैन, रोग लिएर आएका ८० प्रतिशत बिरामीहरु उपचार पछि पूर्ण निको हुन्छन् । वर्षौँसम्म पनि उपचार गर्दा ठीक नभएका रोगहरुको उपचार लेजर थेरापीले २० दिनमा ठीक गराएका धेरै उदाहरणहरु छन् । यसको कुनैपनि नकरात्मक असर छैन । कति समयसम्म उपचार गरिरहनु पर्छ ? खर्च कति लाग्छ ? यसमा कुनैपनि बिरामी पहिलोपटक आउँदा मैले सम्पूर्ण रिपोर्ट आउन भन्छु । चेकअप गरिसकेपछी कति पुरानो रोग र कुन अवस्थामा छ भन्ने कुराले उसको उपचार कति समय रहन्छ भन्ने निर्धारण गर्छ । यहाँ आउने रोगीहरुलाई पहिलो २० दिनको समय हामीले छुटाएका छौं । यस समयमा उपचारको ५ दिनमै यसले आफ्नो प्रभाव देखाउन थाल्दछ । तर, त्यसलाई राम्रोसँग पूर्ण रुपमा निको हुने गरी २० दिनको उपचार एकदमै प्रभावकारी हुन्छ । त्यसपछी बिरामीलाई १ महिनाको लागि आराम गराइन्छ । १ दिनको उपचारको लागि ६०० रुपैयाँ शुल्क लिने गरेका छौं।

जुत्ताचप्पल मेला गर्न नपाइने, ‘स्वदेशी उत्पादन प्रबद्र्धनका लागि औद्योगिक प्रदर्शनी गरिने’

काठमाडौँ । स्वदेशी जुत्ता उद्योगीहरुले भृकुटी मण्डपमा सधैँभरी सञ्चालन हुने विभिन्न नामका मेला बन्द गर्ने भएका छन् । यस्ता मेलाले स्वदेशी जुत्ताचप्पलको लोकप्रियतामा कमी आउने उनीहरुले बताएका छन् । सधैँभरी हुने मेलाले खुद्रा बिक्रेताहरुमा निरासा पैदा हुन थालेको र स्वदेशी जुत्ताचप्पल खरिद गर्ने उपभोक्ताहरुबाट समेत नकारात्मक टिप्पणी आउन थालेको जनाइएको छ । आगामी दिनमा जटिल समस्या आउन सक्ने भन्दै आइतबारदेखि नै जुत्ताचप्पल सेल मेला बन्द गर्न पत्रकार सम्मेलनमा मार्फत आग्रह गरिएको छ । भृकुटी मण्डप र कुनैपनि सार्वजनिक खुला स्थानमा सेलमेला आयोजना नगरी स्वदेशी उत्पादन प्रद्र्धनका लागि राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्ने व्यवसायी बीच सहमति बनेको पत्रकार सम्मेलनमा बताइयो । फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालको अध्यक्ष कृष्णकुमार फुयालले अब सस्तोमा जुत्ताचप्पल भृकुटी मण्डपमा आउनु नपर्ने बताए । उनले अब विक्रेताहरुले जिल्ला जिल्लामा नै सस्तो मूल्यमा जुत्ताचप्पल विक्री गर्ने बताए । भृकुटी मण्डपको मेलाले सस्तो जुत्ताचप्पल भृकुटी मण्डपमा मात्रै पाइन्छ भन्ने छापको पनि अब अन्त्य हुने बताए । शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले सरकारले तयारी सामानमा १० प्रतिशत भन्सार लिने तर कच्चा पदार्थमा २० प्रतिशत भन्सारले गर्दा जुत्ता उत्पादकहरु मारमा परेको बताए । उनले विदेशबाट आउने जुत्ताहरु न्यून मूल्य देखाएर आएको कारणले पनि नेपाली व्यवसायीहरु मारमा परेको बताए । सम्राज सुजका निर्देशक प्रमोद महतले विदेशमा न्यून गुणस्तर भएर विक्री प्रतिवन्ध लगाएको जुत्ता नेपालमा आएर विक्री भैरहेको बताए । उनले अब ५० प्रतिशत नेपाली जुत्ता पसलमा विक्रीका लागि राख्न पर्ने बताए ।