काठमाडौं । एक नम्बर प्रदेशको स्थायी राजधानी बिराटनगर नै कायम हुने भएको छ । नेकपा संसदिय दलको बैठकले बिराटनगरलाई प्रदेशको स्थायी राजधानी तोक्ने निर्णय गरेको हो । प्रदेश राजधानी बिराटनगर तोकिए पनि मन्त्रिपरिषद र संसद भवन भने इटहरीमा निर्माण गर्ने निर्णय नेकपा संसदिय दलले गरेको हो ।
प्रदेश नम्बर १ को संसदमा दुई तिहाई बहुमत रहेको नेकपाको निर्णयलाई संसदले समेत पारित गर्नेछ । एक नम्बर प्रदेशको नामका बिषयमा भने अझै पनि विवाद नै कायम रहेको छ ।