सहकारीले रकम फर्काउने, २६ करोड फिर्ता गर्न १ वर्ष लाग्ने
नेपालगञ्ज । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेड सञ्चालक समितिले एक वर्षभित्र सबै बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार बसेको वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले मंगलबार संस्थामा लागेको ताला खोलेर एक लाख रुपैयाँभन्दा थोरै बचतकर्ताको रकम फिर्ता सुरु गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चालक समितिका अध्यक्ष हरदेवबक्स चौधरीले भने, ‘हामी एक लाख रुपैयाँभन्दा कम रकम भएका बचतकर्ताबाट फिर्ता दिन सुरु गर्छौं। सबैको फिर्ता हुँदा एक वर्ष लाग्न सक्छ। रकम दिँदा इमरजेन्सी परेकालाई पनि प्राथमिकतामा राख्छौं।’ वित्तीय संस्थाका ४ कर्मचारीले झन्डै २६ करोड रुपैयाँ अपचलन गरेपछि आइतबारदेखि १५ दिनका लागि संस्था बन्द गरिएको थियो। बचतकर्ताले आइतबार जिल्ला प्रशासन र सोमबार दिनभरि जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएर बचत रकम निकासा र अनियमितता गर्ने कर्मचारीलाई कारबाही गर्न दबाब सिर्जना गरेका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
धुपको धुवाँ चुरोट भन्दा पनि खतरनाक
भारत। धुप हाम्रो घरमा प्रयोग हुने एकदमै महत्वोपूर्ण वस्तु हो। शान्ती र समृद्धिको प्रतिकको रुपमा पनि लिईने धुपको सुगन्धले भित्रैबाट आनन्द महशुस गराउँदछ। तर एक अध्यनबाट वैज्ञानिकहरुले धुपले स्वास्थ्यलाई धेरै नै असार गर्ने बताएका छन्। २०१५ मा स्प्रिङरको जर्नल पर्यावरणीय रसायनशास्त्र पत्रमा प्रकाशित भएको चिनको अध्ययनले धुप र चुरोटको धुवाँको दाँजोमा धुपमा बढी खतरनाक रसायनहरु भएको बताएको थियो। अध्ययनले धुपमा पाइने केही रसायनहरु चुरोटमा पनि पाईने बताएको छ। अध्ययनले धुपको नजिक लामो समय सम्म रहँदा शरीरको डिएनएमा नै परिवर्तन ल्याउने र यसमा विभिन्न प्रकारका विषाक्त पदार्थहरू जस्तै मुटाजेनिक, जेनोटोक्सिक र साइटोटोक्सिक हुने र यसले क्यान्सर र फोक्सोको रोगहरु लाग्ने अनुसन्धानकर्ताहरु बताउँछन्। यस्तै धुपको धुवाँ श्वासप्रश्वास नलीमा जम्मा भई त्यसभागमा जलन हुने अध्यनले बताउँदछ। यसमा साना-साना ६४ भन्दा बढी कणहरु भएको कारण यो स्वास्थ्यको लागि हानिकारक भएको अनुसन्धानकर्ताहरुको भनाई रहेको छ। टाईम्स अफ ईण्डियाको सहयोगमा
भूकम्प गएको ४ वर्षमा बल्ल ५० प्रतिशत निजी आवास पुनर्निर्माण
काठमाडौं । भूकम्पपछि ५० प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन् । ८ लाख १८ हजार ८ सय ५१ जना भूकम्प पीडितहरुको पहिचान भई ९२ प्रतिशतसँग अनुदानको सम्झौता भएका२०७५ सालको फागुनसम्म ५० प्रतिशतको घर निर्माण सम्पन्न भएको जनाइएको छ । आज संघीय संसदमा पेश भएको आर्थिक सर्वेक्षण अनुसार ५६ प्रतिशत क्षतिग्रस्त सार्वजनिक विद्यालय निर्माण भएका छन् भने स्वास्थ्य संस्था ५४ प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भएको छ । २९ प्रतिशत पुरातात्विक सम्पदा निर्माण भए भने खानेपानी आयोजना मध्ये १८ प्रतिशतको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । २०७५ को फागुनसम्म ४ हजार २ सय एक विद्यालयहरुको पुनर्निर्माण कार्य सम्पन्न भएको छ भने २ हजार ६ सय १९ विद्यालयमा कार्य जारी रहेको छ । २०७५/७६ सालमा मात्र ३ सय ८५ विद्यालय निर्माण भए भने २०७४÷७५ मा १ हजार ३ सय ६० विद्यालय निर्माण भएका थिए । २०७५÷७६ सालमा १४ सरकारी भवन पुनर्निर्माण पछि हाल २३२ सरकारी भवन पुनर्निर्माण भएका आर्थिक सर्वेक्षणमा उल्लेख छ । त्यस्तै, पुरातात्विक सम्पदामा ७ सय ५३ क्षति भएकोमा २२१ वटा निर्माण भएका छन् भने ३ सय ८३ वटा सुरक्षा निकायका भवनहरु क्षति भएकोमा हाल १२४ वटालाई पुनर्निर्माण गरिएको छ । २०७२ बैशाख १२ गते शनिबार गरेको भुकम्पले काठमाडौं उपत्यका लगायतका १ सय ३३ सम्पदा क्षेत्र पूर्ण क्षति गरेसँगै ६ सय २० आंशिक क्षति र ७ सय ५३ सांस्कृतिक एवंम पुरातात्विक सम्पदाहरुमा क्षति पुगेकोमा आर्थिक वर्ष २०७५÷ ७६ को फागुनसम्म २ सय २१ पुरातात्विक सम्पदा पुनर्निर्माण कार्य सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
मागको ९० प्रतिशत सिमेण्ट नेपालमै उत्पादन
काठमाडौँ । सरकारले सोमबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा मागको ९० प्रतिशत सिमेण्ट नेपालमा नै उत्पादन भइरहेको जनाइएको छ । सिमेण्ट उद्योगको विकास तथा सञ्चालनमा उल्लेखनीय सफलता प्राप्त भई वार्षिक ४५ लाख टन सिमेण्ट उत्पादन भई मागको ९० प्रतिशत सिमेण्ट स्वदेशमै उत्पादन भई सिमेण्टको आयातमा कमी आएको सर्वेक्षणमा उल्लेख गरिएको छ । सर्वेक्षणअनुसार हालसम्म २० हजार टन दैनिक सिमेण्ट उत्पादन गर्ने क्षमता भएका २६ सिमेण्ट उद्योग स्थापना भई सञ्चालन छन् । यस्तै छ सिमेण्ट उद्योग निर्माणाधीन अवस्थामा छन् । यस्तै सर्वेक्षणमा १०७ अर्ब टन चुनढुङ्गा अन्वेषण गरिएको उल्लेख छ । जम्मा ६४ करोड टन प्रमाणित, ११ करोड टन अर्ध–प्रमाणित र ३२ करोड टन सम्भाव्य गरी कूल १०७ अर्ब टन चुनढुङ्गा अन्वेषण गरिएको सर्वेक्षणमा उल्लेख गरिएको छ । सरकारले उदयपुर, धनकुटा, खोटाङ्, सिन्धुली, मकवानपुर, ललितपुर, धादिङ, स्याङ्जा, अर्घाखाँची, पाल्पा, दाङ, सल्यान, सुर्खेत, बैतडी लगायतका जिल्लामा चुनढुङ्गा अन्वेषण गरेको हो । यस्तै, शीघ्र आर्थिक तथा वित्तीय प्रतिफल प्राप्त हुने खनिज खरी, मार्बल, जेम्स स्टोन, कोइला, क्वार्जाइट, क्यालासाइट र रातोमाटोमा आधारित साना तथा मझौला स्तरका खनिज भण्डारको अन्वेषणदेखि उत्पादनसम्मको कार्यका लागि आव २०७४÷७५ सम्म १२९ उत्खनन र ३६२ खोजतलास कार्यको प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, हेटौँडा, धरान, विराटनगर, सुर्खेत, नेपालगञ्ज, जनकपुर, धनगढी, महेन्द्रनगर, भरतपुर, विदुर, जलेश्वरलगायत शहरको व्यवस्थित शहरी विकास र फोहरमैला व्यवस्थापनका लागि भू–इञ्जिनीयरिङ तथा भू–वातावरणीय अन्वेषणको सर्वेक्षणको कार्य सम्पन्न भएको जनाइएको छ । यसैगरी, चुनढुङ्गा, पत्थर, कोइला, खरी टुर्मालिन, काइनाइटलगायत ११ खनिजमा आधारित जम्मा १३१ खानी सञ्चालनमा छन् । ती खानीमा छ हजार ५०० जनशक्तिले रोजगारी पाएका छन् । खनिजमा आधारित ६७ उद्योगमा करीब रु ४।५ अर्ब वैदेशिक लगानी स्वीकृत भई सोबाट थप करीब आठ हजार छ सय रोजगारी सिर्जना हुने अनुमान गरिएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
बीमाको पहुँच २० प्रतिशत पुग्ने, प्रदेश ३ मा बिमित आकर्षण बढी
काठमाडौ । चालु आर्थिक बर्षको फागुनसम्म बिमक कम्पनीको शाखा संख्या प्रदेश नं ३ मा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम रहेको पाइएको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को आर्थिक सर्वेक्षणमा बीमाको पहुँच करिब १८ प्रतिशत जनतामा पुगेको तथा चालु आर्थिक बर्षको अन्त्यसम्ममा २० प्रतिशत जनतामा पुग्ने उल्लेख गरिएको छ । आर्थिक बर्ष २०७५/७६ को फागुन महिनासम्म भने बीमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग ३ खर्ब १३ अर्ब ८९ करोड रुपैयाँ रहेको पाईन्छ । सो मध्ये जीवन बीमा व्यवसायतर्फ ३ खर्ब १३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । निर्जीवन बीमा व्यवसायतर्फ भने ८३ अर्ब २२ करोड रुपैयाँ रहेको छ । सोही वित्तीय स्रोत तथा उपयोग आर्थिक बर्ष ०७४/०७५ को अवधीको तुलनामा ३०.५ प्रतिशतले बढी हो । बीमा कम्पनीहरुको बीमा शुल्क आम्दानी वृद्धीको क्रममा रहेको छ । आर्थिक बर्ष २०७०/७१ मा बीमा शुल्क ३० अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । यस्तै, आर्थिक बर्ष आर्थिक बर्ष २०७४/७५ मा ७७ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । यो कुल ग्रार्हस्थ्य उत्पादनको२.६ प्रतिशत हो । जीवन तथा निर्जीवन बीमा व्यावसाय गर्ने कम्पनीहरुको लगानीयोग्य रकममापनि क्रमशः वृद्धी हुँदै गएको पाईन्छ । आर्थिक बर्ष २०७५/७६ मा २ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँ पुग्ने अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत आर्थिक सर्वेक्षणमा उल्लेख छ । सो मध्ये जीवनतर्फ ८६.२ प्रतिशत र निर्जीवन तर्फ १३.८ प्रतिशत रहेको छ । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको शाखा १२ सय ९० रहेको छ । त्यस्तै, निर्जीवनतर्फ ७ सय १९ शाखा रहेका छन् । बीमा कम्पनीहरुकै कुल शाखा भने २ हजार ९ वटा रहेका छन् । कृषी तथा पशुपक्षी बीमा शुल्क सरकारले कृषी तथा पशुपक्षी बीमा शुल्कको ७५ प्रतिशत अनुदान दिने व्यवस्था अनुुसार आर्थिक बर्ष २०७४/७५ मा १३ खर्ब २२ अर्ब बिमाङ्कीको ५७ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क रहेको थियो । सो मध्येमा अनुदान बापत ४३ करोड रुपैयाँ वितरण भएको छ । यस्तै, २०७५ फागुनसम्म भने ९ खर्ब ११ अर्ब रुपैयाँ बिमाङ्कीको ४२ करोड रुपैयाँ बीमा शुल्क रहेको थियो । सो मध्येमा ३१ करोड ८२ लाख रुपैयाँ अनुदान वितरण गरिएको छ ।
चालु आर्थिक बर्षमा १ हजार ५७ मुटुको शल्यकृया, १ लाख भन्दा बढीलाई ओपिडी सेवा
काठमाडौं। चालु आर्थिक बर्षमा १०५७ बिरामीको मुटुको शल्यकृया भएको छ। सोमबार संसदमा प्रकाशित आर्थिक सर्वक्षणले आर्थिक बर्ष २०७५/७६ को फागुन महिना सम्मामा १०५७ बिरामीको मुटुको शल्यकृया भएको देखाएको हो। सर्वक्षण अनुसार यसमा १५ बर्ष मुनिका ६०१ बालबालिकाको र ७५ बर्ष भन्दा माथिको ४५६ बिरामीको मुटुको शल्यकृया भएको देखाएको हो। आर्थिक बर्ष २०७५/७६ को फागुनसम्म १ लाख ४ हजार ४ सय ७४ मुटुको बिरामीहरुलाई बहिरङ्ग मार्फत स्वास्थ्य सेवा उपलब्ध गराईएको छ। त्यस्तै ११८८ बिरामीको विभिन्न खाले मुटुको शल्यकृया तथा ५१२९ बिरामीको क्याथल्याब मार्फत उपचार गरिएको छ। यस अवधिमा १२५७ विद्यार्थीको एन्जियोप्लास्टिक र १९३५ बिरामीको क्याथल्याब गरिएको छ। यस्तै ४४३३ विपन्न नागरिकले मुटुको उपचारको लागि औषधी उपचार खर्च पाएका छन्।
बाँकेको कोहलपुरमा आशा लघुवित्तले ८३ जनालाई दियो सीपमूलक तालिम
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले २०७६ जेठ ११, १२ र १३ गते ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय कोहलपुर बाँकेमा आबद्ध सदस्यहरु मध्ये ८३ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ तथा कुसान बनाउने तालिम प्रदान गरेको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नपा वडा नं. ३ का अध्यक्ष माधव रिजालले यस्तो किसिमको कार्यक्रमले महिलाहरु लाई उद्यमशील बन्न थप सहयोग पुग्ने कुरा ब्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शाखा प्रमुख सरस्वती खनाल अधिकारीले कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा बृद्धी भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरिन । तालीम कार्यक्रमको उद्घाटन अनुगमन अधिकृत नबिन थापाले गरेकी थिइन् । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ तथा कुसान बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै १,०३१ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट सञ्चालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।
नेपाल बङ्गलादेश बैंकद्वारा लमजुङको विद्यालयलाई ४ लाख ५० हजार सहयोग
काठमाडौँ । नेपाल बङ्गलादेशल बैंकले जेठ ९ गते लमजुङ बेसिसहर वडा नं ११ चिति, कार्कीडाँडामा रहेको लोकराज आदर्श माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । ४ लाख ५० हजार रुपैयाँ बराबरको बिज्ञान प्रयोगशालाका सामाग्रीहरु र ४ थान कम्प्युटर हस्तान्तरण गरेको हो । बैँकका सहायक महाप्रबन्धकसलोनिका सिँहद्वारा विद्यालयका प्रधानाध्यापक रमेशवावु बिष्टलाई सहयोग सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।