भूकम्प गएको ४ वर्षमा बल्ल ५० प्रतिशत निजी आवास पुनर्निर्माण

<p>काठमाडौं । भूकम्पपछि ५० प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन् । ८ लाख १८ हजार ८ सय ५१ जना भूकम्प पीडितहरुको पहिचान भई ९२ प्रतिशतसँग अनुदानको सम्झौता भएका२०७५ सालको फागुनसम्म ५० प्रतिशतको घर निर्माण सम्पन्न भएको जनाइएको छ । आज संघीय संसदमा पेश भएको आर्थिक सर्वेक्षण अनुसार ५६ प्रतिशत क्षतिग्रस्त सार्वजनिक विद्यालय निर्माण भएका छन् [&hellip;]</p>


काठमाडौं । भूकम्पपछि ५० प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन् । ८ लाख १८ हजार ८ सय ५१ जना भूकम्प पीडितहरुको पहिचान भई ९२ प्रतिशतसँग अनुदानको सम्झौता भएका२०७५ सालको फागुनसम्म ५० प्रतिशतको घर निर्माण सम्पन्न भएको जनाइएको छ ।

आज संघीय संसदमा पेश भएको आर्थिक सर्वेक्षण अनुसार ५६ प्रतिशत क्षतिग्रस्त सार्वजनिक विद्यालय निर्माण भएका छन् भने स्वास्थ्य संस्था ५४ प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भएको छ । २९ प्रतिशत पुरातात्विक सम्पदा निर्माण भए भने खानेपानी आयोजना मध्ये १८ प्रतिशतको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

२०७५ को फागुनसम्म ४ हजार २ सय एक विद्यालयहरुको पुनर्निर्माण कार्य सम्पन्न भएको छ भने २ हजार ६ सय १९ विद्यालयमा कार्य जारी रहेको छ । २०७५/७६ सालमा मात्र ३ सय ८५ विद्यालय निर्माण भए भने २०७४÷७५ मा १ हजार ३ सय ६० विद्यालय निर्माण भएका थिए ।

२०७५÷७६ सालमा १४ सरकारी भवन पुनर्निर्माण पछि हाल २३२ सरकारी भवन पुनर्निर्माण भएका आर्थिक सर्वेक्षणमा उल्लेख छ । त्यस्तै, पुरातात्विक सम्पदामा ७ सय ५३ क्षति भएकोमा २२१ वटा निर्माण भएका छन् भने ३ सय ८३ वटा सुरक्षा निकायका भवनहरु क्षति भएकोमा हाल १२४ वटालाई पुनर्निर्माण गरिएको छ ।

२०७२ बैशाख १२ गते शनिबार गरेको भुकम्पले काठमाडौं उपत्यका लगायतका १ सय ३३ सम्पदा क्षेत्र पूर्ण क्षति गरेसँगै ६ सय २० आंशिक क्षति र ७ सय ५३ सांस्कृतिक एवंम पुरातात्विक सम्पदाहरुमा क्षति पुगेकोमा आर्थिक वर्ष २०७५÷ ७६ को फागुनसम्म २ सय २१ पुरातात्विक सम्पदा पुनर्निर्माण कार्य सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

Share News