सांसदलाई ६ करोड, राष्ट्रिय सभाका सदस्यको पनि भूमिका
काठमाडौं । स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमले निरन्तरता पाएको छ । चालु आर्थिक बर्षमा प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड विनियोजन गरिएको त्यस्तो रकम अब ६ करोड पुगेको छ । त्यसका लागि सरकारले ९ अर्ब ९० करोड रुपैंयाँ विनियोजन गरेको छ । अब कार्यबिधी संसोधन गरेर राष्ट्रिय सभाका सदस्यहरुको समेत भूमिका थपिनेछ । एक भन्दा बढी निर्वाचन क्षेत्र भएका क्षेत्रहरुमा संयुक्त रुपमा कार्यक्रम ल्याउन सक्ने व्यवस्था पनि गरिएको छ ।
गरिव तथा दलित बालबालिकाका लागि १ अर्ब ६४ करोड रुपैयाँ विनियोजन
काठमाडौं । गरिव,दलित तथा कर्णाली क्षेत्रका बालबालिकाका लागि १ अर्ब ६४ करोड रुपैयाँ विनियोजना गरिएको घोषणा भएको छ । आगामी आर्थिक वर्ष २०७६।७७ सालको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले गरिब, दलित तथा कर्णाली क्षेत्रका बालबालिकाका लागि १ अर्ब ६४ करोड रुपैयाँ विनियोजनमा गरेका छन् । उक्त रकम विनियोजनमा गरिब, दलित एवं कणाली बालबालिकालाई मध्यनजर गरि छुट्याएको अर्थमन्त्री डा. खतिवडा बताए । उक्त क्षेत्रको प्रभाव साढे ३ लाख जना बालबालिका रहेको दलित बालबालिकाका लागि पहुँच पराउँने अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए । चालु आर्थिक वर्ष २०७५।७६ मा माहिला, बालबालिका तथा जेष्ठ नागरिक क्षेत्रका लागि १ अर्ब ८८ करोड १२ लाख घोषणा गरेको थियो ।
सरकारले लियो ‘बिग मर्जर’को बाटो, ठूला बैंक र बीमा कम्पनीलाई मर्जरमा लगिने
काठमाडौं । सरकारले ठूला बैंक तथा वित्तीय संस्था र बीमा एक आपसमा मर्जरमा जाने नीति लिएको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा अर्थमन्त्री युवराज खतिवडाले त्यस्तो नीति लिएका हुन् । ‘बैंक तथा वित्तीय संस्थाहरुको मर्जर प्रक्रियालाई निरन्तरता दिइनेछ, ठूला बैंक तथा वित्तीय संस्थाहरु समेत एक आपसमा मर्जमा जान प्रोत्साहन गरिनेछ, यस्तो व्यवस्था बीमा कम्पनीका हकमा समेत लागु हुनेछ’ बजेट बक्तव्यमार्फत् खतिवडाले भने ।
‘एक विद्यालय एक प्रशिक्षक’लाई ५ अर्ब बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत “एक विद्यालय एक प्रशिक्षक” लाई ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा नयाँ बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
रेल, पानी जहाज र सडकमा १ खर्ब ६३ अर्ब ५२ करोड
काठमाडौं । सरकारले रेल, पानी जहाज र सडक पूर्वाधारको विकासका लागि १ खर्ब ६३ करोड ५२ करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदको संयुक्त सदनमा पेश गरेको बजेत अनुसार सरकारले रेलमार्ग, पानी जहाज र सडक पूर्वाधारका लागि सो मात्रामा बजेट विनियोजन गरेको हो । जसमा रेल, मोनो रेल र मेट्रो रेलका लागि रेल, पानी जहाज, सडक पूर्वाधारका लागि ७ अर्ब ७० करोड रुपैंयाँ उपलब्ध गराएको छ ।
फास्ट ट्रयाकलाई १५ अर्ब, हुलाकीलाई १३ अर्ब ६३ करोड, पुष्पलाललाई १२ अर्ब
काठमाडौं । सरकारले राष्ट्रिय गौरवको फास्ट ट्रयाककका लागि १५ अर्ब १ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै पूर्व पश्चिम राजमार्गको स्तरोन्नतिका लागि १९ अर्ब १८ करोड रुपैंयाँ विनियोजन गरेको छ । त्यस्तै, पुष्पलाल(मध्य पहाडी) राजमार्गमा ४३५ किलोमिटर सडक कालोपत्रे गर्नका लागि १२ अर्ब २० करोड विनियोजन गरेको छ । हुलाकी राजमार्गको ३५० किलोमिटर कालोपत्रे गर्नका लागि १३ अर्ब ६३ करोड विनियोजन गरेको छ । भित्रि मधेश र चुरे पहाडको बीचमा निर्माण हुने मदन भण्डारी मार्गका लागि ४ अर्ब ८२ करोड रकम विनियोजन गरिएको छ । त्यस्तै, मेची, कोशी, कालिगण्डकी र कर्णाली करिडोरका लागि ५ अर्ब ६ करोड विनियोजन गरिएको छ ।
सडक कर थपियो, पेट्रोल र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ पूर्वाधार कर
काठमाडौं । सरकारले सडक शूल्क वृद्धि गरेको छ । साथै, अलग्गै पेट्रोल र डिजेजमा प्रतिलिटर १ रुपैयाँ थप कर लिने भएको छ । सडकको खाल्टा पूर्न र धुलो नउड्ने सडक बनाउने भन्दै सरकारले कर वृद्धि र पेट्रोलियम पदार्थमा मूल्य बढाउने निर्णय लिएको हो । यसअघि बुढीगण्डकी जलविद्युत परियाेजना निर्माण गर्ने भन्दै सरकारले पेट्रोलियम पदार्थ प्रतिलिटर ५ रूपैयाँ असुल गर्दै अाएकाे छ । सरकारले पेट्राेलियम पदार्थमा मात्र पूर्वाधार कर प्रतिलिटर ६ रूपैयाँ लिन थालेकाे छ । सरकारले व्यातायात व्यवस्था मा १ अर्ब ५३ कराेड बजेट विनियाेजन गरेकाे छ ।
सरकारको योजना : नयाँ बानेश्वरमा अन्डरपास, माइतीघरमा फ्लाइओभर
काठमाडौं । सरकारले काठमाडौंको नयाँबानेश्वर र माइतघरमा फलाइओभर निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेट वक्तव्यमा अर्थमन्त्री युवराज खतिवडाले त्यस्तो योजना सुनाएका हुन् । त्यसका लागि यसै आर्थिक वर्षमा सम्भाव्यता अध्ययन सुरु गर्ने बताएका छन् । यी स्थानहरुमा हाल पैदलयात्री र सवारी साधनकाे ट्राफिक उच्च छ । सरकारले यातायात, रेल र जल यातायात पूर्वाधारमा कुल १ खर्ब ६३ अर्ब ५८ करोड विनियाेजन गरेकाे छ ।