फास्ट ट्रयाकलाई १५ अर्ब, हुलाकीलाई १३ अर्ब ६३ करोड, पुष्पलाललाई १२ अर्ब

<p>काठमाडौं । सरकारले राष्ट्रिय गौरवको फास्ट ट्रयाककका लागि १५ अर्ब १ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै पूर्व पश्चिम राजमार्गको स्तरोन्नतिका लागि १९ अर्ब १८ करोड रुपैंयाँ विनियोजन गरेको छ । त्यस्तै, पुष्पलाल(मध्य पहाडी) राजमार्गमा ४३५ किलोमिटर सडक कालोपत्रे गर्नका लागि १२ अर्ब २० करोड विनियोजन गरेको छ । हुलाकी राजमार्गको ३५० किलोमिटर कालोपत्रे [&hellip;]</p>

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको फास्ट ट्रयाककका लागि १५ अर्ब १ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै पूर्व पश्चिम राजमार्गको स्तरोन्नतिका लागि १९ अर्ब १८ करोड रुपैंयाँ विनियोजन गरेको छ ।

त्यस्तै, पुष्पलाल(मध्य पहाडी) राजमार्गमा ४३५ किलोमिटर सडक कालोपत्रे गर्नका लागि १२ अर्ब २० करोड विनियोजन गरेको छ । हुलाकी राजमार्गको ३५० किलोमिटर कालोपत्रे गर्नका लागि १३ अर्ब ६३ करोड विनियोजन गरेको छ ।

भित्रि मधेश र चुरे पहाडको बीचमा निर्माण हुने मदन भण्डारी मार्गका लागि ४ अर्ब ८२ करोड रकम विनियोजन गरिएको छ । त्यस्तै, मेची, कोशी, कालिगण्डकी र कर्णाली करिडोरका लागि ५ अर्ब ६ करोड विनियोजन गरिएको छ ।

Share News