विकासन्युज

मोटरसाईकलको मूल्य घट्ने तर टायरको मूल्य बढ्ने, महँगा गाडी आयात बढ्ने

काठमाडौं । अटोमोवाईल क्षेत्रमा बजेटको प्रभाव मिश्रित पर्ने भएको छ । १५० देखि १५५ सीसीसम्मका मोटरसाईलकको भन्सार दर घटेको छ । ठूला सवारीको टाइरमा भन्सार दर बढेको छ । परिणाम नयाँ मोटरसाईकल किन्नेले केही सस्तोमा पाउने छन् भने ट्रक, ट्याक्टर, हेभी इक्वीप्टमेन्टमा प्रयोग हुने टायरको मूल्य बढ्ने छ । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेट राम्रो भएको नाडा अटोमोवाईल एसोशियसनका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए । ‘यसपाली राम्रा मान्छेले बजेट बनाएछन् । समस्या पनि बुझेको देखियो र समाधान पनि खोजेको देखियो’ दाहालले विकासन्युजसँग भने–अटोमोवाइल क्षेत्रका लागि पनि बजेट राम्रो छ । सबै पाटा छोएको छ ।’ नयाँ बजेटले १५५ सीसीसम्मका बाइकमा ४० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ । यसअघि १५० सीसीसम्मको मोटरसाइकलमा ४० प्रतिशत अन्तःशुल्क लगाएकोमा थियो । बजेटले ठूला सवारीसाधनमा प्रयोग हुने टायरमा ५ प्रतिशत भन्सार वृद्धि गरेको छ । यसअघि लाग्दै आएको १५ प्रतिशत भन्सारदरलाई बढाएर २० प्रतिशत पुर्याइएको छ । यसको असर ढुवानी व्यवसायी र निर्माण व्यवसायीले बढी मूल्य तिर्नुपर्छ । बजेटमा ठूला सवारीमा लाग्ने टायर तथा रबरको नयाँ न्यूमाटिक (वायुपूरित वा हावाभरिएका) टायरहरु निर्माण कार्य, खानी वा उद्योग संचालन निमित्तका गाडीहरु र यन्त्रहरुमा प्रयोग गरिने रबका टायरमा भन्सार दर ५ प्रतिशतले वृद्धि गरिएको उल्लेख गरिएको छ । बैदेशिक व्यापार घाटा डरलाग्दो रुपमा बढेको बेलामा नेपालमा महँगा गाडीहरुको आयात पनि बढेको छ । यस्तो बेलामा अर्थमन्त्रीले १५०० सीसीभन्दा माथिका हुलुका सावारीमा भन्सार तथा अन्तशुल्क वृद्धि गर्न सक्ने अनुमान गरिएको थियो । तर सरकारलाई राजश्व बढाउनु पर्ने चुनौतिले गर्दा यस्ता सवारी आयातलाई निरन्तरता दिने सरकारी नीति देखिएको छ । पछिल्लो समय नेपालको सडकमा ५० लाख भन्दा बढी मूल्य पर्ने महँगा गाडीको संख्या बढ्दै गएको छ । सरकारको नीतिमा रहेको स्थीरताले यस्तो गाडी आयात झनै बढ्ने देखिन्छ ।  नेपाली समाजमा महँगा गाडी चड्ने संस्कार मौलाएको छ । खासगरी व्यवसायी, राजनीतिकर्मी, उच्च तहका प्रशासक तथा व्यवस्थापकहरु १ करोडभन्दा बढी मूल्य पर्ने गाडीका सवार गर्ने संस्कार बढ्दै गएको छ ।

रङ्गशाला भत्काउनेलाई कारवाही

काठमाडौं । प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको निर्माणाधीन रङ्गशालाको कम्पाउन्ड भत्काउनेलाई कारवाही गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा मानव सेवा आश्रमममा आयोजित उक्त कार्यक्रममा बोल्दै मन्त्री लामाले पवित्र उद्देश्यसहित निर्माण प्रारम्भ भएको रङ्गशाला भत्काउने व्यक्ति सच्चा देशभक्त हुन नसक्ने धारणा व्यक्त गरे । त्यसैगरी , उक्त घटनाले एउटा ऊर्जाशील व्यक्तित्वको मन दुखाएर विकास रोक्न नहुने सन्देश समेत दिएको मन्त्री लामाले बताएका छन् । गणतन्त्र दिवसको रुपमा तीन दिनसम्म चलेको उक्त कार्यक्रमको तेस्रो दिन आश्रमका १५० आश्रितलाई फलफूल वितरण गर्नुका साथै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले गणतन्त्र प्राप्तिमा योगदान दिनेहरुको कदरगर्नूपर्ने समेत बताए । रासस

मोदीको सपथ ग्रहणमा भाग लिन चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी दिल्ली प्रस्थान

काठमाडौँ । चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद विनोद चौधरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएपछि उनी विहिबार विहान दिल्ली प्रस्थान गरेका हुन् । भारतका प्रधानमन्त्रीको सपथ ग्रहण समारोह विहिबार साँझ भारतीय समय अनुसार सात बजे राष्ट्रपति भवनमा आयोजना गरिएको छ । सोही अवसरमा मोदी सरकारका मन्त्रीहरूले पनि सपथ ग्रहण गर्ने कार्यक्रम छ । सांसद चौधरी सपथ ग्रहणपछि शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य डेढ/डेढ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । हिजो राती १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलकोे मूल्य वृद्धि गरेको हो । निगमले तीन वटै पेट्रोलियम पदार्थको मूल्यमा प्रति लिटरमा एक रुपैयाँ ५० पैसाले बढाएको हो । सरकारले आगामी आर्थिक विधेयक २०७६ मा प्रेटोलियम पदार्थमा पूर्वाधार विकास कर भन्सार विन्दुमै लगाउने व्यवस्था गरेसँगै प्रटोलियम पदार्थको मूल्य बढेको हो । सरकारले यस अघि पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य ९७ रुपैयाँ थियो । नयाँ मूल्य अनुसार काठमाडौंकोथानकोट डिपोको १५ कि.मि. परिसरसम्म एक सय ११ रुपैयाँमा उपभोक्ताले प्रतिलिटर पेट्रोल पाउने छन् भने डिजेल र मट्टितेलका लागि ९८ रुपैयाँ ५० पैसा तिर्नुपर्ने निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।

गोर्खा इको प्यानलका प्रडक्टले बन्याे प्रधानमन्त्री कार्यालयकाे एक्सन रूम, यस्ता छन् भित्री सुविधा

काठमाडौं । प्रधानमन्त्री कार्यालयले स्वदेशी निर्माण सामाग्रीको प्रयोग गरी एक्सन रुम निर्माण सम्पन्न गरेको छ । विकास आयोजनाको अनुगमन तथा मुख्यमन्त्रीहरुसँग विभिन्न विषयमा छलफलका लागि प्रधानमन्त्रीले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएका छन् । स्वेदशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गरी प्रत्येक वर्ष वढ्दो व्यापार घाटालाई न्युनीकरणमा सहयोग पु¥याउन साँंकेतिक रुपमा स्वदेशी निर्माण समाग्रीको प्रयोग गरिएको बताइएको छ । गोर्खा इको प्यानलको प्रयोग गरी निर्माण गरिएको उक्त एक्सन रुमको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका थिए । गोर्खा इको प्यानल नेपालमै पहिलोपल्ट उत्पादित एक मात्र कम्पनी हो, जसले आईएसओ मान्यता प्राप्त गरेको छ । स्थायी आरसीसी पिलर, विम र ढलान भएको संरचनामा गोर्खा इको प्यानलको प्रयोग गरी उक्त कन्फरेन्स हल बनाइएको हो । धानमन्त्रीको कार्यालय सिंहदरवार परिसरभित्र उक्त हल बनाइएको हो । गोर्खा इको प्यानल हेर्दा चिटिक्क पर्ने, ध्वनि प्रतिरोधात्मक क्षमता भएको, बलियो, हलुका, चाँंडो जडान गर्न मिल्ने, भकम्प प्रतिरोधी भएको कारणले प्रयोग गरिएको बताइएको छ । एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स मार्फत एकै पटक छलफल गर्न र राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमन पनि गर्न सकिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गोर्खा इको प्यानल स्थायी तथा अस्थायी निर्माण संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा इटाको विकल्पको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । यसका उत्पादनहरु देशभरि विक्रीवितरण भइरहेका छन् । निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाारालाई आत्मसाथ गरी बनाइएका यसका उत्पादनहरु उर्जा किफायती तथा वातावणमैत्री छन् ।

बैंकमा सुन राख्दा ब्याज पाइने, ब्याजदर र प्रक्रियाबारे माेडालिटी बन्दै

काठमाडौं । अब बैंकमा सुनचाँदीलगायतका बहुमूल्य धातु निक्षेपको रुपमा राखेमा ब्याज पाइने भएको छ । बजारमा लगानी योग्य पुँजी अभाव भएका बेला सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले यस्ता बहुमूल्य धातुलाई निक्षेपको रुपमा जम्मा गर्ने व्यवस्था गर्न लागेको हो । मौद्रिक उपकरणका रुपमा प्रयोग गरिने यस्ता डेरिभेटिभ वस्तुको उपयोग गर्न लागिएको हो । बैंक तथा वित्तीय संस्थाले यस्ता बहुमूल्य धातु निक्षेपको रुपमा स्वीकार गर्दा ‘हेयर कट’ (मूल्य समायोजन) गरी कमोडिटी डेरिभेटिभलाई निक्षेप डेरिभेटिभमा गर्ने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘यस विषयमा मोडालिटी बन्दैछ, उनले भने ‘सुनचाँदीजस्ता बहुमूल्य धातुलाई मौद्रिक उपकरणका रुपमा प्रयोग गर्ने सरकारी तयारी हो । यस्ता धातु कमोडिटी वस्तु भएपनि यसको खासै उपयोग हुन नसक्दा बैंंकमा शुल्क तिरेर सुरक्षित गर्नु पर्ने अवस्था थियो । अबको यो नयाँ व्यवस्थाले शुल्क तिर्नुको सट्टा ब्याज आउने भएको छ ।

नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता जेठ २० गतेदेखि, साकुरा नेपालले दियाे ९० हजार

बिदुर । आगामी जेठ २० गतेदेखि २९ गतेसम्म संचालन हुने देश्राे नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताका लागि साकुरा नेपाल कन्सल्टेन्सीले म्यान अफ दि म्याचकाे प्रायाेजन गरेकाे छ। कन्सल्टेन्सीका प्रवन्ध निर्देशक अनुजकुमार श्रेष्ठले बिहीवार बिहान प्रतियोगिताका आर्थिक संयोजक एवं नुवाकोट जिल्ला फूटवल संघका अध्यक्ष दीपकलाल चित्रकारलाई रु ९०,००० हस्तान्तरण गरेका छन्। प्रतियोगिताको प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ बन्ने खेलाडीहरुलाई उपलब्ध गराईने रु दस हजार नगद पुरस्कार रकमको व्यवस्था साकुरा नेपाल कन्सल्टेन्सीले गरेको हाे। गत वर्ष सम्पन्न प्रथम नुवाकोट गाेल्डकपमा पनि साकुराले नै याे बिधाकाे प्रायाेजन गरेकाे थियाे। जिल्ला खेलकुद बिकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको आयोजना तथा बिदुर नगरपालिकाको संरक्षकत्वमा बट्टार खेलमैदानमा संचालन हुने नुवाकोट गोल्डकप फुटबलमा ‘ए’ डिभिजन क्लवहरु नेपाल अार्मी, नेपाल प्रहरी, मनाङ मर्स्याङ्दी लगायत विभागीय टिमहरु र नुवाकोटको स्थानीय टिम सहित १० टिमको सहभागिता रहने बताईएको छ ।

एनआईबिएल एस क्यापिटलले ५० करोडको खुलामुखी योजना ल्याउने

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपाल कै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” नामक सामूहिक लगानी कोष सञ्चालन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष नियमावली, २०६७ र सामूहिक लगानी कोष निर्देशिका, २०६९ लागू भएपछि नेपाल मै पहिलो पटक जारी हुन लागेको यो खुलामुखी योजनाको कोष प्रबद्र्धकमा नेपाल इन्भेष्टमेण्ट बैंक लि. रहेको छ । योजना ब्यबस्थापकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको जनाइएको छ । खुलामूखी योजना बमोजिम जम्मा रु. ५० करोड रुपैयाँ बरावरको ५ करोड इकाईको लागी नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएकोमा पहिलो चरणमा रु.१२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २५ लाख इकाई सर्वसाधारणहरुमा जारी गरिने तथा बीज पूँजीको रुपमा रकम रु.७ करोड ५० लाख रुपैयाँ बराबरको ७५ लाख इकाई नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडले खरिद गर्नेछ । खुलामुखी योजनको लागि आवेदकहरुले आवेदन गर्दा न्यूनतम् १०० र बढीमा २ लाख ५० हजार इकाईका लागि प्रति इकाई रु.१० का दरले भुक्तानी गरी आवेदनदिन सक्ने एस क्यापिटल लिमिटेडले जनाएको छ । खुलामुखी योजनाको जेठ १९ गतेदेखि बिक्री खुल्ला गरिने योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । योजनाले नेपाल स्टक एक्सजेञ्ज लिमिटेडमा सूचिकृत धितोपत्रहरुका साथै मुद्दती निक्षेपमा लगानी गर्नेछ । हाल जारी भएका इकाईहरु बाँडफाँट भएको मितिले ३ महिनापछि मात्र खरिद बिक्रीका लागि खुल्ला हुने जनाएको छ ।