मोटरसाईकलको मूल्य घट्ने तर टायरको मूल्य बढ्ने, महँगा गाडी आयात बढ्ने

<p>काठमाडौं । अटोमोवाईल क्षेत्रमा बजेटको प्रभाव मिश्रित पर्ने भएको छ । १५० देखि १५५ सीसीसम्मका मोटरसाईलकको भन्सार दर घटेको छ । ठूला सवारीको टाइरमा भन्सार दर बढेको छ । परिणाम नयाँ मोटरसाईकल किन्नेले केही सस्तोमा पाउने छन् भने ट्रक, ट्याक्टर, हेभी इक्वीप्टमेन्टमा प्रयोग हुने टायरको मूल्य बढ्ने छ । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि [&hellip;]</p>

काठमाडौं । अटोमोवाईल क्षेत्रमा बजेटको प्रभाव मिश्रित पर्ने भएको छ । १५० देखि १५५ सीसीसम्मका मोटरसाईलकको भन्सार दर घटेको छ । ठूला सवारीको टाइरमा भन्सार दर बढेको छ । परिणाम नयाँ मोटरसाईकल किन्नेले केही सस्तोमा पाउने छन् भने ट्रक, ट्याक्टर, हेभी इक्वीप्टमेन्टमा प्रयोग हुने टायरको मूल्य बढ्ने छ ।

सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेट राम्रो भएको नाडा अटोमोवाईल एसोशियसनका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए । ‘यसपाली राम्रा मान्छेले बजेट बनाएछन् । समस्या पनि बुझेको देखियो र समाधान पनि खोजेको देखियो’ दाहालले विकासन्युजसँग भने–अटोमोवाइल क्षेत्रका लागि पनि बजेट राम्रो छ । सबै पाटा छोएको छ ।’

नयाँ बजेटले १५५ सीसीसम्मका बाइकमा ४० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ । यसअघि १५० सीसीसम्मको मोटरसाइकलमा ४० प्रतिशत अन्तःशुल्क लगाएकोमा थियो ।

बजेटले ठूला सवारीसाधनमा प्रयोग हुने टायरमा ५ प्रतिशत भन्सार वृद्धि गरेको छ । यसअघि लाग्दै आएको १५ प्रतिशत भन्सारदरलाई बढाएर २० प्रतिशत पुर्याइएको छ । यसको असर ढुवानी व्यवसायी र निर्माण व्यवसायीले बढी मूल्य तिर्नुपर्छ ।

बजेटमा ठूला सवारीमा लाग्ने टायर तथा रबरको नयाँ न्यूमाटिक (वायुपूरित वा हावाभरिएका) टायरहरु निर्माण कार्य, खानी वा उद्योग संचालन निमित्तका गाडीहरु र यन्त्रहरुमा प्रयोग गरिने रबका टायरमा भन्सार दर ५ प्रतिशतले वृद्धि गरिएको उल्लेख गरिएको छ ।

बैदेशिक व्यापार घाटा डरलाग्दो रुपमा बढेको बेलामा नेपालमा महँगा गाडीहरुको आयात पनि बढेको छ । यस्तो बेलामा अर्थमन्त्रीले १५०० सीसीभन्दा माथिका हुलुका सावारीमा भन्सार तथा अन्तशुल्क वृद्धि गर्न सक्ने अनुमान गरिएको थियो । तर सरकारलाई राजश्व बढाउनु पर्ने चुनौतिले गर्दा यस्ता सवारी आयातलाई निरन्तरता दिने सरकारी नीति देखिएको छ ।

पछिल्लो समय नेपालको सडकमा ५० लाख भन्दा बढी मूल्य पर्ने महँगा गाडीको संख्या बढ्दै गएको छ । सरकारको नीतिमा रहेको स्थीरताले यस्तो गाडी आयात झनै बढ्ने देखिन्छ ।  नेपाली समाजमा महँगा गाडी चड्ने संस्कार मौलाएको छ । खासगरी व्यवसायी, राजनीतिकर्मी, उच्च तहका प्रशासक तथा व्यवस्थापकहरु १ करोडभन्दा बढी मूल्य पर्ने गाडीका सवार गर्ने संस्कार बढ्दै गएको छ ।

Share News