काठमाडौँ । चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद विनोद चौधरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएपछि उनी विहिबार विहान दिल्ली प्रस्थान गरेका हुन् ।
भारतका प्रधानमन्त्रीको सपथ ग्रहण समारोह विहिबार साँझ भारतीय समय अनुसार सात बजे राष्ट्रपति भवनमा आयोजना गरिएको छ । सोही अवसरमा मोदी सरकारका मन्त्रीहरूले पनि सपथ ग्रहण गर्ने कार्यक्रम छ । सांसद चौधरी सपथ ग्रहणपछि शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।