पेट्रोल, डिजेल र मट्टितेलको मूल्य डेढ/डेढ रुपैयाँले बढ्यो

<p>काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । हिजो राती १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलकोे मूल्य वृद्धि गरेको हो । निगमले तीन वटै पेट्रोलियम पदार्थको मूल्यमा प्रति लिटरमा एक रुपैयाँ ५० पैसाले बढाएको हो । सरकारले आगामी आर्थिक विधेयक २०७६ मा प्रेटोलियम पदार्थमा पूर्वाधार विकास कर भन्सार [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । हिजो राती १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलकोे मूल्य वृद्धि गरेको हो । निगमले तीन वटै पेट्रोलियम पदार्थको मूल्यमा प्रति लिटरमा एक रुपैयाँ ५० पैसाले बढाएको हो ।

सरकारले आगामी आर्थिक विधेयक २०७६ मा प्रेटोलियम पदार्थमा पूर्वाधार विकास कर भन्सार विन्दुमै लगाउने व्यवस्था गरेसँगै प्रटोलियम पदार्थको मूल्य बढेको हो ।

सरकारले यस अघि पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य ९७ रुपैयाँ थियो । नयाँ मूल्य अनुसार काठमाडौंकोथानकोट डिपोको १५ कि.मि. परिसरसम्म एक सय ११ रुपैयाँमा उपभोक्ताले प्रतिलिटर पेट्रोल पाउने छन् भने डिजेल र मट्टितेलका लागि ९८ रुपैयाँ ५० पैसा तिर्नुपर्ने निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।

Share News